नेपालको संविधान २०७२ असोज ३ गते घोषण भए पश्च्यात छिमेकी मित्र राष्ट्र भारत सरकारको तर्फबाट अघोषित रुपबाट नाकाबन्दी साथै देशको विभिन्न भागहरुमा भै रहेका संर्घष र आन्दोलन प्रति पार्टीको गम्भीर ध्यानआर्कषण भएको छ ।
छिमेकी राष्ट्र भारतबाट अघोषित रुपबाट नाकाबन्दी गरी देशको अर्थतन्त्र लगायत नेपाली जनताको जनजिवनमा प्रत्यक्ष रुपले दैनिक उपभोग्य बस्तुहरुको अभाव सिर्जना भै राखेको हुदा नेपाल र भारत बिच उच्चस्तरीय राजनिति संम्वादबाट निकास खोज्न सरकारको ध्यानआर्कषण गराउदछौं ।
देशको विभिन्न भागमा भै रहेको निकै लामो समय देखीको संर्घष र आन्दोलनले दिन प्रतिदिन जनताको जिवन कष्टकर बन्दै गै रहेको र सर्घष, आन्दोलन पक्षको जायज माग र नेपाल सरकारले विगतमा गरेका सम्झौताहरुलाई कार्यान्यन गरी वार्ता द्वारा समस्याको समाधन गर्न जोडदार माग गर्दछ साथै सरकारबाट घोषित दंगा क्षेत्र कफ्र्यू तथा सेना परिचालन फिर्ता गरी आन्दोलनरत पक्षलाई वार्ताको लागी सहज परिस्थिति सिर्जना गर्न समेत माग गर्दछौं ।
मिती — २०७२ असोज ११ गते
चन्द्र बहादुर श्रीस महासचिव