कृष्ण सारू मगर
बहराईन, २८ असोज – बहराईनबाट क्यानसर पिडित मगरलाई ७७ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।
हाल भरतपुरको विपी कोईराला मेमोरियल क्यानसर अस्पतालको सैयामा जीवन र मृतु संग लड्डै उपचार गरेकी जिल्ला माडी न.पा. – ११ चितवान बस्ने वर्ष ४० कलामती पुन मगरलाई क्यानसर रोगले ग्रसित भै परिवारको आर्थिक अवस्था निकै दयनिय रहेको छ । माडी नगरपालिका कार्यलय बाट मिति २९ भदौ २०७२ का दिन दर्ता नं-३७७ को सिफारिस अनुसार बिरामीलाई बचाउन आर्थिक सह्योगका लागि कलामती पुन मगरका पति प्रत बहादुर मगरले आफ्नो धर्म पत्नीलाई बचाउन अनुरोध अनुसार बहराईनको योङजिन कंपनीमा कार्यरत समाजसेवी भविन्द्र पुन मगरको संयोजकत्वमा आर्थिक संकलन अभियान सुरू भएको थियो ।
सोही अनुरूप क्यानसर रोग बाट ग्रसित मगरलाई बचाउन आफ्नो ईक्षा र गक्ष्य अनुसार सहयोग संकलन अभियानमा रहेका राज कुमार लामा, तिलक भण्डारी, चन्द्र बहादुर तामाङ, भलाराज तामाङ, मंगल बहादुर पुन, कृष्ण बहादुर पुन, अशोक लामा, जीत भण्डारी साथै, बास्मा कम्पनीमा कार्यरत लिल श्रेष्ठ, भिरगी सहानी, दुर्गाबहादुर गिरी र अब्दुल रहमानको विशेष सह्योगमा ने.रु ७७,००० (सतहत्तर हजार) लाई क्यानसर रोग बाट ग्रसित मगरलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै पूर्व सोही कंपनीमा कार्यरत विरामीका पति प्रतबहादुर मगरको नाउँमा रकम पठाएको संयोजक पुन मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन ।