नेपाल मगर संघ, साउदीको दोस्रो महाधिवेशन सम्पन्न अध्यक्षमा रूद्र सारू मगर

Read Time:7 Minute, 14 Second

रूद्र सारू मगर

साउदी अरब , असोज १० – मुस्लिम धर्मालम्विहरुको दोश्रो महान चाड बक्रैईद को अवसर पारेर नेपाल मगर संघ, साउदी अरबले २३ सेप्टेम्बर २०१५ बुधबारको दिन आफ्न्नो दोश्रो अधिवेशन भब्यताका साथ सम्पन्न गरेको छ ।

(नेपाली दूतावासका दृतिय सचीव कुलबहादुर थापा मगरको नव विवाहित दम्पतीलाई प्रमुख अतिथि कमला थापा मगर र सभापति प्रेम सिंजाली मगरको हातबाट मायाको चिनो प्रदान गरिदै)

संस्थाका प्रमुख सल्लाहकार तथा संस्थापक प्रेम थापा (सिंजाली मगर) को सभापतित्व र आदिवासी जनजाति महिला महासंघ बेलायतका अध्यक्ष श्रीमती कमला थापा मगरको प्रमुख अतिथि साथै नेपाली दूतावास, रियादका दृतिय सचीव कुलबहादुर थापा मगरको बिशेष अतिथी एवं नेपाली दूतावास, दमाम क्षेत्रका श्रम सहचारी हरि घिमिरे र आदिवासी जनजाति महासंघ, साउदी अरबका अध्यक्ष हुम सुनारी मगरको विषेश उपस्थितिमा महाधिवेशन सम्पन्न भएको छ ।

अधिबेसनको सुरूवात राष्ट्रिय गान देखि धुन मग्न आवाजमा कार्यक्रम हल गुन्जायमान अबस्थामा परिणत भएको थियो भने नेपालका प्रथम सहिद स्व. लखन थापा मगरको नाममा दिव प्रज्वलन गरि विभिन्न ज्ञात तथा अज्ञात सहिदहरूको सम्झनामा १ मिनेट मौन धाराण गरेर कार्यक्रम अगाडि बढेको थियो ।

(प्रमुख अतिथि कमला थापा मगर शुभकामना मन्तब्य दिदै)

कार्यक्रम संचालन संघकै निबर्तमान महासचिव रूद्र सारू मगरले गरेका थिए भने संघकै कोषाध्यक्ष खिम गर्बुजा मगरले स्वागत मन्तब्य दिएका थिए । उनले सबै अथिति पाहुना हरूलाई स्वागत गर्दै मगरहरू राष्ट्कै तेश्रो जनसंख्यामा रहे पनि मगरहरू आर्थिक शैक्षिक र कुतनिति हिसावले राजनैतिकमा सबै बर्ग जातजातिहरूको तुलनामा अझै पछि परेको र अब सबै तहतप्का बाट अगाडि बद्नु पर्ने जरूरी रहेको खुलासा गरेका थिए ।

त्यसैगरी नेपाली दूतावास बाट पाल्नु भएका बिशेष अतिथि कुलबहादुर थापा मगरले सबै मगरहरु शैक्षिक, नैतिक, बौद्धिक र राजनैतिक हिसाबले एकजुट भएर अघि बढे मात्र मगर समुदायको आर्थिक बिकास हुने र शैक्षिक बिकासले नै मगरहरुमा ठूलो भुमिका खेल्न सक्ने कुरामा जोड दिदै नेपालको अहिले सम्मको परिवेशमा जति पनि राजनैतिक सफलता हासिल गरेको छ त्यो सबै मगरहरुको योगदान रहेको र जयसथिती मल्लले जातभात छुत्याउने देखि लिएर पृथ्वीनारायण साहाले नेपाल एकीकरण गर्ने सम्मको भुमिकामा पनि मगरहरुको नै योगदान रहेको कुरामा स्पस्ट पारेका थिए । राजदुतावास दमाम क्षेत्रमा कार्यरत श्रम सहचारी हरि घिमिरेले मगर संघ, साउदी अरबको महाधिवेशनलाई सफल पार्न उपस्थित सम्पुर्ण पाहुना महानुभावहरु लाई शुभकामना दिदै आफ्नो कार्य क्षेत्रमा भईपरी आउने समस्या हरुको समाधान गर्न सदैव तयार रहेको कुरामा बिश्वास दिलाएका थिए ।

(नेपाली दूतावासका दृतिय सचीव कुलबहादुर थापा मगर शुभकामना मन्तब्य दिदै )

त्यसै गरि मनतब्यकै क्रममा आदिवासी जनजाती महासंघ, साउदी अरबका अध्यक्ष हुम सुनारी मगरले पनि नेपालको राजनैतिक बिकासमा अहिलेसम्म ठूलो योगदान र बलिदान मगरहरुकै बहुल्यता रहेको पुष्ठि गरेका थिए । त्यसै गरि आमन्त्रित सुरिलो स्वरका धनी गायक अतिथी मोरङका फणीन्द्र खत्रीले फेवातालमा साईली भन्ने बोलको गित गाएर उपस्थित दर्शक तथा अतिथिहरुलाई समेत उठेर नाँच्न बाध्य तुल्याएका थिए ।

त्यसैगरी प्रमुख अतिथि जनजाति महिला महासंघ बेलायतका अध्यक्ष श्रीमती कमला थापा मगरले नेपालको विभिन्न कलखण्दमा उपेक्षित मगर समुदायहरु हरेक क्षेत्रमा नेपालको साशक बर्गदेखि अपहेलित हुनु पर्ने र नेपाली नागरिक हरुलाईनै बिदेशी नागरिक घोषित गरेको कुरामा प्रष्ट पार्नुका साथै यसको विरुद्धमा संगठानिक रुपले सबै संघ संगठन हरुले जुझारु रुपमा आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।

(कार्यक्रम सन्चालन गर्दै नवनिर्बाचित अध्यक्ष रूद्र सारू मगर)

त्यसैगरी नेपाली दूतावासका दृतिय सचीव  कुलबहादुर थापा मगरको नव विवाहित दम्पतीलाई सफल जिबनको शुभकामना साथ प्रमुख अतिथि कमला थापा मगर र सभापति प्रेम सिंजाली मगरको हातबाट मायाको चिनो प्रदान गरिएको थियो । भने संस्थाका सकृय सदस्य तथा खेलकुद क्षेत्रमा बिशेष योगदान पुर्याउने खेलाडी सदस्य साथिहरुलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति प्रेम सिंजाली मगरले आमन्त्रित सबै अतिथि महानुभाव हरुलाई आफ्नो हरचुनौति पारगर्दै ब्यस्त समयको बावजुद पनि मगर संघ लाई माया गरेर उपस्थिति जनाई अधिवेशनलाई सफल पारिदिनु हुने उपस्थित सम्पुर्ण दर्शक, पत्रकार, बुद्धिजिवि महानुभावहरु लाई सम्मानजनक बिशेष धन्यवाद दिदै नव निर्वाचित कार्य समितिलाई सफल कार्यकालको शुभकामना प्रकट गर्दै प्रमुख अतिथि लाई मायाको चिनो प्रदान गरि नेपाल मगर संघ, साउदी अरबको दोश्रो महाधिवेशन सब्य र भब्य रुपमा सफल भएको घोषणा  गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %