राज्यसत्ता
हङ्कङ्, असोज १० – नेपाल आदिबासी जनजाती महासंघ हङकङका बर्तमान अध्यक्ष एम.बी थापा (दर्लामी) मगरलाइ असोज ८ तदनुसार २५ सेप्टेम्बरका दिन हङ्कङ् सरकारले प्रशन्सापत्र तथा पदक बाट सम्मानित गरेको छ ।
HKSAR,Home Affairs का Secretary Mr Lau Kong Wah ले एक कार्क्रम बिच एम.बि. थापा दर्लामी मगरलाइ उक्त पदकले सम्मान गरेका थिए ।
समाजसेवामा महत्त्वपुर्ण योगदान पुर्याए वापत, त्यस्को उच्च मुल्यांकन गर्दै हङकङ सरकार, “होम अफेयर्स ब्यूरो” बाट प्रत्येक बर्ष सम्मान गर्दै आईरहने कार्यक्रममा यो बर्ष थापा मगरलाइ सम्मान गरिएको हो । यो भन्दा पहिला हङ्कङ् मै समाजसेवाका साथै नेपालपोष्टका सम्पादक कुल प्रशाद गुरूङ्लाइ सम्मान गरिएको थियो । यो बर्ष थापा मगर सहित पाकिस्थान र भारतका समाजसेबिलाइ पनि प्रशन्सापत्र तथा पदक बाट सरकारले सम्मान गरेको छ ।
को हुन एम.बि थापा?
स्याङ्जा,पिउधामा जन्मेका उनि सानै देखि भारतमा बसेर स्नात्कोत्तर सम्मको अध्यान पुरा गरि रूपनदेहीको तिलोत्तमा नगरपालीका स्थित जोगीकोटीका स्थाइ बासिन्दा हुन । मगर लगभग २० बर्ष देखि हङ्कङ्मा कार्यरत छन ।
मगरको समाजसेवामा प्रबेश लुम्बिनी मञ्च हङ्कङ्को अध्यक्ष हुदै मगर संघ हङ्कङ्को अध्यक्ष र अहिले दोष्रो अवधिकालागी नेपाली आदिबासी जनजाति महासंघका अध्यक्ष छन । उनि नेपाली समाजमा मात्रै नभै हङ्कङ्को स्थानिय चिनिया समाजमा पनि उत्तिकै लोकप्रिय र चिरपरिचितका साथ दर्जनौ संघसस्थामा आबद्द रहेका छन ।
उनिले नेपाली आदिबासी जनजाति महासंघको मातहात बाट स्वदेश तथा बिदेशको नेपाली हकहितको लागी आवाज बुल्न्द गर्दै आइरहेका छन । उनको नेतृत्वमा हङ्कङ् नेपाली महाबाणिज्यदुतको लागी एकैजातिको मात्रै नभएर समाबेशी र जनजातिमूलको पनि नियूक्तिका लागी लामो समय देखि नेपालीमूलका हङ्कङेलीलाइ आन्दोलित र सुसूचित गराउदै आइरहेका छन् एम.बिले ।