सयौंको सहभागितामा जनमुक्तिको प्रवास समिती साउदी गठन

Read Time:8 Minute, 9 Second

विश्वको सबै राष्ट्रहरूमा यस पार्टीको प्रवास समिती निर्माणको संयोजक (कमाण्ड) साउदीले समात्ने । 

बबिन थापामगर

साउदी, २६ सेप्टेम्बर – साउदीमा सयौं नेपालीहरूको सहभागिताका बिच जनमुक्तिको प्रवास समिति साउदी गठन भएको छ ।

२५ बर्षदेखि सशस्त्रको माध्यमबाट नभई शास्त्रको माध्यमबाट गणतन्त्र, पहिचान सहितको सङ्घीयता, धर्मनिरपेक्षता, स्वशासन, स्वायत्तता र जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशिताको मुद्धालाई उठान गरि मूलुकको समृद्धि, सुशासन र राष्ट्रिय एकताको लागि निरन्तर आन्दोलित एकमात्र राष्ट्रिय दल सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टीको प्रवास समिति साउदी अरेवीया सयौंको सहभागितामा गठन भएको हो ।

बृहत भेलाले चिरपरिचित व्यक्तित्व हुम सुनारी मगरलाई सर्बसहमतिले अध्यक्षमा चयन गरेको छ । स्मरण रहोस्, वहाँ एक वरिष्ट समाजसेवी, नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेवीयाका अध्यक्ष र २३ राष्ट्रमा स्थापित आदिवासी जनजाति महासंघहरूको साझा मञ्च अन्तर्राष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिको संस्थापक संयोजक पनि हुन् ।

पार्टीको प्रवास समिति, साउदी गठन समारोहमा पार्टीका सङ्घीय परिषद सदस्य तथा नेपाल आदिवासी जनजाति महिला महासंघ, बेलायतका अध्यक्ष कमला थापामगर प्रमुख अतिथिको रूपमा सहभागी  भएका थिए । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा रहनुहुने विशिष्ट व्यक्तित्वहरू लगायत लगभग ५ सय जना प्रवासी नेपालीहरूको ऐतिहासिक उपस्थितिमा पार्टीको प्रवास समिति गठन हुन सफल भएको छ ।

नवगठित सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टी प्रवास समिति साउदी अरेवीयाले निकट भबिष्य मै साउदीब्यापी पार्टी विस्तार गर्ने लक्ष्य राखेको छ । यो पार्टीलाई यथास्थितिवादी दलहरू, मेडिया र केहि निरङ्कुशवादी चिन्तनले ग्रसित मानिसहरूले जातीय पार्टीको ट्याग लगाइएको प्रति गम्भीर आपत्ति जनाउँदै सङ्घीय गणतान्त्रिक नेपालको संविधान २०७२ मा यस पार्टीले उठाएका प्रमुख मुद्धाहरू आंशिकरूपमा भएपनि समेटिएकोले  सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टी जातीय अथवा क्षेत्रीय दल नभएको कुरा साउदीमा रहेका ६ लाख प्रवासी नेपाली दाजुभाईहरूमा पुर्याउने पार्टीको प्रवास समिति साउदीको प्रमुख लक्ष्य रहेको छ ।

  

यस पार्टीको प्रवास समितिहरू विश्वको विभिन्न देशहरूमा पनि निकट भविष्यमै गठन हुने भएको छ । त्यसको लागि साउदीका पार्टी अध्यक्ष हुम सुनारी मगरले विश्वका विभिन्न देशहरूमा रहनुहुने राष्ट्रवादी प्रवासी नेपालीहरूसँग परामर्श गरिरहनु भएको छ । विश्वको २० देखि ३० राष्ट्रहरूमा यस पार्टीको प्रवास समिति छिट्टै गठन हुने संकेत आइसकेको छ । देश विदेशमा रहेका अग्रगामी, पहिचान सहितको सङ्घीयतावादी र सच्चा राष्ट्रवादी  सम्पूर्ण नेपालीहरूलाई पार्टीमा गोलबन्द हुन पनि पार्टीको प्रवास समिति साउदी अरेवीयाले हार्दिक अनुरोध गरेको छ ।

एक जातिको मात्र बर्चस्व रहेको यथास्थितिवादी दलहरूलाई राष्ट्रिय पार्टीको मान्यता दिने तर सबै जातजाति, सबै भाषाभाषी, सबै धर्मावलम्बी, सबै वर्ग र समूदाय/पक्षहरूको समावेश भएको पार्टी सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टीलाई जातीय पार्टीको ट्याग लगाउँनेहरू प्रति गम्भीर आपत्ति जनाउँदै यो पार्टी परिवर्तनकामी देशभक्त सच्चा राष्ट्रवादी सम्पूर्ण नेपालीहरूको साझा राजनीतिक दल हो भन्ने बिश्वास दिलाउन चाहन्छ ।

त्यसैले, प्रवासमा रहेका सम्पूर्ण श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरूलाई यस पार्टीमा आवद्ध भएर नेपालको उज्वल भबिष्य निर्माण गर्नका लागि एकजुट हुन आग्रह गरिएको छ ।

 

पार्टीको नवगठित प्रवास समिति साउदी अरेवीयाको तदर्थ समितिमा तपशिलमा उल्लेखित व्यक्तित्वहरू रहेका छन् ।

१) हुम सुनारी मगर (मगर समूदायबाट) – अध्यक्ष (रियाद)

२) युवराज पुनमगर (मगर समूदायबाट) – वरिष्ट उपाध्यक्ष (दमाम)

३) बिनोद मोक्तान (तामांग समूदायबाट) – उपाध्यक्ष (रियाद)

४) हेम कुमार राई  (राई समूदायबाट) – उपाध्यक्ष (दमाम)

५) सुभाष बिशुखे – (दलित समूदायबाट) – उपाध्यक्ष (दलित बिभाग प्रमुख)

६) सोम गुरुङ (गुरुङ समूदाय) – उपाध्यक्ष (दमाम)

७) इमान सिंह थापा (मगर समूदाय) – उपाध्यक्ष (दमाम)

८) फरेन्द्र कार्की (क्षेत्री समूदाय) – उपाध्यक्ष (साँस्कृतिक बिभाग प्रमुख)  

९) बबिन थापामगर – महासचिव

१०) खिम गर्बुजामगर – कोषाध्यक्ष (खोबर)

११) ओमान दर्लामीमगर – सहकोषाध्यक्ष (रियाद)

१२) रूद्र सारूमगर – केन्द्रीय सदस्य (खोबर)

१३) सुनोद थापा  – केन्द्रीय सदस्य (खोबर)

१४) लेख क्याप्छाकी मगर  – केन्द्रीय सदस्य (खोबर)

१५) धन बहादुर थापा – केन्द्रीय सदस्य (जुबैल)

१६) दुर्गा थापा  – केन्द्रीय सदस्य (खोबर)

१७) नार्यन विर्कट्टा मगर  – केन्द्रीय सदस्य (खोबर)

१८) रिवन्त सिंजाली  – केन्द्रीय सदस्य (कातिब)

१९) बिकाश तामांग  – केन्द्रीय सदस्य (दमाम)

२०) युबराज राना  – केन्द्रीय सदस्य (दमाम)

२१) शिव थापा  – केन्द्रीय सदस्य (दमाम)

२२) नीरा थापा  – केन्द्रीय सदस्य (दमाम)

२३) मन बहादुर थापा  – केन्द्रीय सदस्य (खोबर)

२४) गंगा बहादुर थापा  – केन्द्रीय सदस्य (खोबर)

२५) नन्द पुन मगर  – केन्द्रीय सदस्य (कतिव)

२६) काजी सिंजाली मगर  – केन्द्रीय सदस्य (जुबैल)

२७) हस्त बहादुर पुलामि मगर  – केन्द्रीय सदस्य (दमाम)

२८) दिर्गा थापा  – केन्द्रीय सदस्य (दमाम) र

२९) मिना पुन – केन्द्रीय सदस्य (रियाद) रहेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %