राज्यसत्ता ,२४ सेप्टेम्बर २०१५ ,लन्डन
मगर संघ यु केले हालै मात्र प्रथम शहीद घोषित शहीद लखन थापा मगरबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ,ढिलै भए पनि शहीद लखन थापा प्रती राष्ट्रले सम्मान गरेकोमा आभार व्यक्त गरेको छ ।
मगर संघ यु केका महासचिव द्वारा सर्कुलेट गरिएको वय्क्तव्यमा भनिएको छ “नेपाल सरकार मन्त्रीपरिषको बै. स. ३६/०७२ मिति २०७२/०६/०३ को निर्णय अनुसार, १९३३ फागुन २ गते, जहानिया निरकुंश राणा शासनको विरुद्ध आवाज उठाउदा , गोरखा बुङकोटमा आफ्नो प्राणको वलिदानी दिनुहुने विर शहीद लखन थापामगरलाई १३९ वर्ष पश्च्यात नेपालको प्रथम शहिद घोषणा गरीएकोमा नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।” पत्रमा मगर संघ युके ले प्रथम शहीद लखन थापा मगरको सम्मानमा सन्चालन गर्दै आइरहेको कार्यतालिका पनि सार्वजनिक गरेको छ जुन निम्न प्रकार रहेको छ ।
१. मगर संघ युके कुरामा भन्दा काममा विश्वास गर्ने संस्था हो । मगर संघ युकेका सस्थापक अधक्ष्य वर्तमान संरक्षक थर्क रानामगर र वर्तमान सल्लाहकर योग फगामीमगर संघका खेलकुद सचिव हुने बेलामा वर्तमान सल्लाहकार क्याप्टेन उमेश पुनमगरले दिनु भएको प्रथम शहीद कपद्धारा मगर संघ युकेले नेपालका प्रथम शहिद लखन थापामगरको योगदानलाई जिवित राख्न उनको स्मृतिमा फुटबल प्रतियोगिता आयोजन गर्ने गरेकोछ,जुन बेलायतका नेपाली माझ चर्चित मानिन्छ ।
२. त्यस्तै गरि मगर संघ युकेले शहिदको स्मृति दिवस मनाउदै आएको छ । प्रथम सहिद लखन थापा मगरको शहादत मगरको निम्ति मात्र नभएर सम्पूर्ण राष्ट्रकै निम्ति गरिएको बलिदान भएको हुँदा गत २ वर्ष देखि मगर संघ युकेको प्रायोजकमा नेपाल आदिवासी जनजाती महासंघ, बेलायतले आयोजना गर्ने गरेको छ । गएको ७ फेब्रवरी २०१५ को दिनमा १३८औ स्मृति दिवस को आयोजना गरेको थियो ।
३. निवर्तमान अधक्ष्य वर्तमान संरक्षक मेजर कुल बहादुर थापामगरको पालामा निरकुश राणा शासनका सस्थापक जंगबहादुर राणाको निरंकुशताका बिरुद्ध पहिलो चोटी आवाज उठाउने लखन थापामगर नेपालका पहिलो शहिद हुनु पर्छ भनि मगर संघ यु केले प्रधानमन्त्रि कार्यालय सिंहदरबार, काठमाडौँ नेपालले पाउनेगरि बेलायतका लागि नेपाली राजदुत डा. सुरेश चन्द्र चालिसे मार्फत ज्ञापनपत्र बुझाएको थियो ।
नेपाल सरकार मन्त्रीपरिषले प्रथम शहीद लखन थापा मगरलाई प्रथम शहिद घोषणा गर्नुमा मगर संघ युके को पनि ठुलो योगदान रहेको छ । नेपालमा यसको लागि बिशेष पहल गर्नुहुने प्रधान मन्त्रि सम्माननीय शुशिल कोइराला, सस्कृति मन्त्रि माननीय क्रिपासुर शेर्पा र भूमिसुधार मन्त्रि माननीय दलबहादुर रानामगर लगायत सिंगो मन्त्रिपरिषदको पहलमा सम्भव भएको थियो । मगर सभासद् माननिय शिबलाल थापा मगरले सदनमा धेरै पटक लखन थापामगरलाई प्रथम शहिदको माग गर्दै आइरहेका थिए । मगर संघ युकेले नेपाल सरकारले अब प्रथम शहिद घोषणा गरेर मात्र शहीदको सम्मान नहुने हुनाले राज्य द्वारा थप कार्यक्रमहरु अगाडि ल्याउनु पर्ने माग गरेको छ । जुन यस् प्रकार रहेको छ ।
– नेपाल सरकारले काठमाण्डौको शहिद गेटमा प्रथम शहिदको सालिक राखेर लखन थापा मगरलाई सम्मान गर्नु पर्दछ ।प्रथम शहिदलाई राष्ट्रिय बिभुतिले सम्मान । नेपाली राजदुतावास लण्डन, संयुक्त अधिराज्यको भवनमा प्रथम शहिदको ठूलो फोटो राखेर नेपालका प्रथम शहीद लखन थापा मगरको सम्मान गर्नु पर्ने । नेपालका प्रथम शहीद लखन थापामगरको स्मृति दिवस राजदुतावासको भवनमा आयोजना गर्नु पर्दछ ।
नेपालका प्रथम शहीद लखन थापा मगरले देखेको दिगो सपना वर्गीय, क्षेत्रीय र लैंगिक, भाषिक, धार्मिक, सास्कृतिक, जातीय सबै विभेदहरु हटाउन सक्ने राज्य ब्यबस्था जसले पहिचान सहितको संघियता, धर्म निरपेक्षता, समानुपातिक समवेसिता लाई स्विकारी शान्त पूर्ण, विभेद रहित सम्वृद समाज निर्माणको लागि नेपाल मगर संघ सधैं तत्पर रहेको उक्त पत्रमा उल्लेख छ ।
बम सूर्यवंशी मगर
महासचिव मगर संघ युके