जिवन राइ
दक्षिणी नेपाल(मधेस) र उत्तर भारत (विहार र युपी) बीच पारिवारिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ । जसलाई बेटी रोटीको सम्बन्ध पनि भन्ने गरिन्छ । यो इमोसनल प्रकारको पनि छ ।
काठमाण्डौ र दिल्लीबीचको सम्बन्ध राजनैतिक, व्यापारिक र सामरिक छ, जुन प्रोफेसनल छ ।
२०४६ सालको आन्दोलनअघि चन्द्रशेखरजी लगायत एक हुल भारतीय नेताहरू सर्वोच्च नेता गणेशमानजीको निवासमा आएर राजा र पञ्चहरूलाई ललकारेका थिए । राजीव गाँधीको सरकारले नेपाल विरुद्ध नाकाबन्दी गरेको थियो ।
आन्दोलनकारीहरूलाई पञ्चहरूले विदेशी दलाल र अराष्ट्रिय तत्व भन्थ्यो । आन्दोलन राजधानी र मधेस केन्द्रित थियो । प्रजातन्त्रको पुनस्र्थापनापश्चात नेपालका अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भारत भ्रमणपछि नाकाबन्दी फुकुवा भएको थियो ।
२०५२ सालदेखि थालिएको माओवादी जनयुद्ध भारतको अग्रसरतामा नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिपछि टुङ्गिएको थियो । २०६३ र २०६४ सालमा भएको मधेस आन्दोलनहरूले संविधानसभाको निर्वाचन असम्भव हुँदै गएपछि मधेसी मोर्चामाथि दबाव सिर्जना गर्ने काम भारतले गरेको थियो । मोर्चासँगको ८ बुँदे सहमति लैनचौरले जबर्जस्ती गराएको थियो । नेपाली काँग्रेसका उम्मेदवार डा. रामवरण यादवलाई राष्ट्रपति बनाउनमा भारतले सहयोग गरेको थियो ।
रुक्मागत कटवाललाई सेना प्रमुखबाट हटाउन खोजेको प्रचण्डको निर्णय लाई तुहाउने काम पनि भारतले नै गरेको थियो । दुई ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने डिजाइन पनि भारतकै थियो । २०७० सालको निर्वाचनअघि खिलराज रेग्मीको सरकार गठन गराउने डिजाइन भारतको थियो, जसले संविधानसभाको दोस्रो निर्वाचन सम्भव भएको थियो । आज नयाँ संविधानको विरोधमा महिना बढी दिनदेखि पुरै तराई मधेस आन्दोलित छ । लाखौ मानिसहरू एकसाथ सडकमा उत्रिएका छन् । प्रहरीको ज्यादती क्रुर प्रकारको छ । काठमाण्डौले आन्दोलनकारीहरूलाई विदेशी दलाल र आन्दोलनमा भारतको अनावश्यक हस्तक्षेप भन्दैछ ।
अहिलेसम्म भारतले काठमाण्डौको सत्तालाई सहजताकोलागि बढी र आन्दोलनकारी हरूको पक्षमा कम काम गर्दै आएको छ । सिमान्तकृतहरूले अधिकार माँग्दा सङ्कटमै नपरेको राष्ट्रियता एकताको गीत गाएर, बिग्रिदै नबिग्रिएको सामाजिक सद्भावको किर्तन गरेर समस्या सामाधान हुन सक्दैन । लत्याइएका विगतका सहमतिहरू, खोसिएका सिमान्तकृतहरूको अधिकारहरूबारे छलफल र बहस गरौँ । विवाद होइन, सम्वादको वातावरण बनाऊँ । ठूला–ठूला भ्रमको खेती नगरौँ, साधारण सत्यहरूको पनि सम्झना गरौँ , त्यसैमा सबैको जय र जित हुने छ ।
डेरराज गुरूङ् आफ्नो फेसबुकमा यसरि लेख्छन:
सबै नदि नाला र प्राकृतिक सम्पदा भारतलाई बेच्ने, सिमा मिचेर नेपाललाई खुम्चाउदै खुम्चाउदै भुटान जत्रो बनाउदै जाँदा १ शब्द नबोल्ने, आफुलाई प्रधानमन्त्रि बनाई देउ भनेर लम्पसार पर्न हिज अस्ति मात्रै पनि दुत पठाउनेहरुले अहिले एका एक कसरि राष्ट्रबादी भएको नाटक गर्दैछन् ? त्यो पनि पहिले नाका बन्दि गरेको हौवा फैल्याउने अनि सस्तो लोकप्रियताको लागी भारतको विरुद्धमा दुइ चार शब्द बोले जस्तो गर्ने ?
सन् १९४८ देखि आज सम्म चीनले रेल मार्ग बिस्तार गर्ने प्रस्ताव ल्याएको ल्याएकै छ, किन नमानेको ? यी नेताहरुको प्रभु भारतले अनुमति नदिएकोले हैन ? हामीलाई थाहा छैन ? चीनको मार्ग भएर विश्व व्यापारमा प्रवेश गर्ने अवसरलाई तिनका प्रभु भारतले नमानेको भन्दै यत्रो बर्ष देखि इन्कार गर्ने अनि अहिले भारतलाई गाली गरे जस्तो गरेर सस्तो लोकप्रियता कमाउन खोज्ने ?
सबै ढोका बन्द गरेर भारतलाई ताला चाबी सुम्पने तिमि नश्लवादी आर्यहरुकै खानदान हैन ? कुरा गर्छौ l त्यसैले म भन्छु, यस्ता ढोंगी, नाटकबाजहरुको कुरा नसुन मित्रहरु ।