मगर चलचित्रकर्मी संघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा पुन: मास्की (फोटो सहित)

Read Time:5 Minute, 29 Second

राज्यसत्ता

ललितपुर , असोज २ – मगर चलचित्रकर्मी संघको दोस्रो राष्ट्रिय महाधिवेशन २०७२ म्याग्दी मगर समाज भवन, वागडोल, ललितपुरमा सम्पन्न भयो ।

  मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की राना मगरको अध्यक्षतामा करीब १६ जिल्लाका मगर चलचित्रकर्मीहरु सहभागी भएका थिए । उक्त महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राई तथा विशिष्ट अतिथिहरुमा नेपाल मगर संघका उपाध्यक्ष गंगा थापा मगर, आदिवासी   जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, भू.पु. प्रहरी महानिरिक्षक कुवेर सिं राना मगर, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का महाप्रबन्धक राजेश थापा मगर, चलचित्रकर्मी तथा इंडिजिनस फिल्म अर्काइभका अध्यक्ष नविन सुब्बा थिए ।अतिथिहरुमा समाजसेवी त्रिलोक सिं थापा मगर, आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान अध्यक्ष प्रतिमाया पुन मगर र आदिबासी जनजाति यूबा महासंघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर रहेका थिए ।

  अन्य अतिथिहरुमा वरिष्ठ निर्देशक किशोर राना मगर, उद्यमी तथा ब्राइट इन्भेष्टमेन्टका अध्यक्ष अनिल बी. गजमेर, व्यवस्थापन निर्देशक कृष्ण कुमार नेपाली, निर्देशक निर्दोष श्रेष्ठ, निर्देशक किरण मल्ल, नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष खड्ग बुढा मगर, मगर चलचित्रका प्रथम नायक राज थापा मगर,सुनुवार   चलचित्र तथा कलाकार संघका महासचिव चन्द्र प्रसाद सुनुवार, आदिवासी जनजाति मातृभाषी प्रबद्र्धन समितिका सदस्य ज्योति राज राई, आदिवासी जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजित राई, किराँत राई चलचित्र संघका अध्यक्ष दिवाज किराँती राई, गुरुङ फिल्म एशोसियशन महासचिव प्रितम गुरुङ, नेपाल मगर संघ काठमाडौं उपत्यका इन्चार्ज नरबहादुर राना मगर,   अधिवक्ता गौबहादुर आले मगर, मगर भाषाको प्रथम समाचार वाचक हर्क आले मगर, हातेमालो संस्थाकी अध्यक्ष तारा माया थापा मगर, ल.पु. मगर संघका अध्यक्ष कृष्णबहादुर राना मगर, म्याग्दी मगर समाजकी उपाध्यक्ष टमती पुन मगर, म्याग्दी मगर समाजकी महिला अध्यक्ष थदेवी पुन मगर, वरिष्ठ नृत्यकार नरेन्द्र आले मगर र अधिवक्ता सन्तोष राना मगरको उपस्थिति थियो ।

  उद्घाटन सत्रमा आदिवासी चलचित्रको विकास र बिस्तार कसरी गर्न सकिन्छ भन्ने बारे जोड दिदैं वक्ताहरुले आ—आफ्नो विचार व्यक्त गरेका थिए ।

   कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राई तथा सांस्कृतिक संस्थानका (राष्ट्रिय नाचघर) महाप्रबन्धकलाई फेटा गुथेर सम्मान गरि बधाई पत्र प्रदान गरिएको थियो भने वरिष्ठ नृत्यकार नरेन्द्र आले मगरलाई सम्मान गरिएको थियो ।

  स्थानीय बाग्डोल, ल.पु. निवासी नर्तकीहरुले कौरा नृत्य, काभ्रे बनेपा मगर गाउँका सहभागीहरुले कौरा नृत्य, वरिष्ठ नृत्यकार नरेन्द्र आले मगरद्वारा मयुर नृत्य, श्याम राना मगरद्वारा प्रहसन, म.च.कर्मी संघका सदस्य ज्ञानबहादुर थापा मगरले गीत प्रस्तुत गरेका थिए ।

 
  मगर चलचित्रकर्मी संघको बन्द सत्रमा विधान संशोधन तथा अन्य आवश्यक छलफल भई नयाँ कार्य समिति प्रक्रियामा गएको थियो । निर्वाचन समितिका संयोजक अधिवक्ता गौबहादुर आले मगर र अधिवक्ता सन्तोष रानामगरले नयाँ कार्य समितिको निर्वाचन गराएका थिए ।

  नव निर्वाचित पदाधिकारीहरु युवराज मास्की राना मगर — अध्यक्ष, मेक बहादुर पुन मगर(मेजन) — उपाध्यक्ष, हिमाल पुन मगर — महासचिव, भिम राना मगर — सचिव र कोषाध्यक्षमा शान्ती पुन मगर तथा सदस्यहरुमा क्रमशः याम पुन मगर (रुपन्देही), सुमन थापा मगर (तनहुँ), विकास मगर (काभ्रे), तमती पुन मगर (काठमाडौं), तारा माया थापा मगर (कास्की) र सन्त मगर (बाग्लुङ) रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %