Read Time:1 Minute, 24 Second
राज्यसत्ता, २० सेप्टेम्वर, हंगकंग, नेपालमा संबिधान जारी भएको घोषणा जब राष्ट्रपतिले गरे अनि नेपाली काग्रेस सम्वद्ध, जनसम्पर्क समिति हंगकंगको आयोजनामा दीप प्रज्वलन कार्यक्रम शुरु भयो । भेट घाट रेष्टुरेन्टमा आयोजित कार्यक्रमको प्रमुख आतिथि एन आर एन हंगकंगका अध्यक्ष ललित आम्वुहाङ थिए । समितिका सभापति बसन्त श्रीनेटको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एमालेको प्रवासी नेपाली मञ्च र एमाओबादीको नेपाली जनप्रगतिशील मञ्चले पनि आ आफ्नो तरीकाले कार्यक्रम आयोजना गरेर उल्लास मनाए ।
ऐतिहासिक घडीको उत्सव भनेर एकातिर मनाइरहदा अर्कोतिर भने संघीय समाजबादी सम्बद्ध समाबेशी नेपाली समाज हंगकंग र आदिवासी जनजाति महासंघ हंगकंग तथा लिम्वुवान मक्ति मोर्चा हंगकंगको संयुक्त आयोजनामा जोर्डनको पार्कमा संबिधान जलाइएको थियो ।
Happy
0
0 %
Sad
0
0 %
Excited
0
0 %
Sleepy
0
0 %
Angry
0
0 %
Surprise
0
0 %