मनोज घर्तीमगर
पश्चिमाञ्चल क्षेत्रमा बक्सिङ खेलको विकासका लागी कोष स्थापना गरिएको छ ।
पोखरामा शनिवार भएको पश्चिमाञ्चल भुतपूर्व बक्सिङ एवं सवलता क्लवको प्रथम साधारण सभा तथा अधिवेशन समारोहमा कोषका लागि पूर्व अन्तराष्ट्र्रिय खेलाडी तथा पर्यटन ब्यवसायी गणेशबहादुर भट्टराइले क्लवका अध्यक्ष क्याप्टेन सम्मरबहादुर क्षेत्रीलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग हस्तान्तरण गरे । आत्मरक्षाका लागी उपयोगी बक्सिङ खेल ओझेलमा पर्दै गएको बेला भुपु खेलाडीले क्लव स्थापना गर्नु सुखद सुरुवात भएको भट्टराइले बताए ।
यस्तै भूपू खेलाडीद्वय राजेन्द्र पहारी र बिद्या मर्सानीले २५/२५ हजार सहयोग गरे । क्लवको अधिवेशनले क्याप्टेन सम्मर बहादुर क्षेत्रीको अध्यक्षतामा १४ सदस्यीय नया कार्यसमिती चयन गरेको छ ।
उपाध्यक्षमा सुक्दार मोती प्रसाद गुरुङ, कोषाध्यक्ष सुवेदार मेजर उम महेश घिमिरे र सचिव ज्ञानवहादुर गुरुङलाई चयन भए ।सदस्यहरुमा क्याप्टेन कृष्ण बहादुर थापा, क्याप्टेन लोक बहादुर गुरुङ, सुवेदार मेजर धन वहादुर गुरुङ, सुरेश मल्ल, क्याप्टेन धन बहादुर गुरुङ, नायव मन बहादुर पुन, दिलमाया गुरुङ र सुवेदार मेजर भरत थापा रहेका छन् ।