कमान सिङ्ग (कर्मा पहाडी)
लण्डन,असोज ३ – नेपालमा नयाँ संविधान जारी हुँदा नहुँदै लण्डनमा जलाइयो छ । बेलायतमा बसोबास गरिरहेका नेपालीहरूले र यसको विरोध गरिरहेका पहिचानवादीहरुले बेलायतमा विरोध प्रदर्शन र नयाँ संविधान जलाइदिएका छन ।
नयाँ बन्दै गरेको सम्बिधानमा एकलजातिय ब्रहामर्णजातिको हाबि भएको र ८१ प्रतिशत रहेका आदिवासी जनजाति ,मुश्लिम, मधिसे,थारू, दलित र महिलालाइ उपेक्षित गरिएकोले बेलायतमा जलाउनु परेको आदिवासी जनजाति महासंघ,संघिय गर्णतान्त्रिक जनमुक्ति पार्टी, यु. के,शेर्पासंघ यूरोपका महासचिब कमान सिङ्ग शेर्पा ले राज्यसत्तालाइ जानकारी दिए । उनीहरुले लण्डनको केंद्रबिन्दु ट्राफलगर स्क्वायरमा भेला भएर जनबिरोधी संविधान च्याँतेर जलाएको साथै विरोध जनाएका हुन ।
बिरोध सभामा नेपाल आदिवासी जनजाति महासंघ यूके, संघीय समाजवादी फोरम पार्टी, संघिय गर्णतान्त्रिक जनमुक्ति पार्टी, यु. के. संघीय लिम्बुवान पार्टी, मधेशी इन यूके लगायतका दल तथा संगठन जनधाति संविधानको विरोधमा उत्रिएका थिए ।
उनीहरुले संविधान जारी हुने आजको दिनलाई ‘कालो दिन’ को रूपमा मनाउने भन्दै कालो झण्डा र ब्यानरसहित प्रदर्शन गरेका थिए ।
उनीहरुले आज सांझ आ-आफनै घरमा ब्लयाक आउट गरेर समेत ‘कालो दिन’ मनाउने तयारी गरिरहेको नेपाली आदिवासी जनजाति महासंघका भूपू सचिब भक्त दुराले बताए । नयाँ संविधानले जनजाति, आदिवासी, मधेशी लगायतलाई यसअघि प्रतिबद्धता गरेअनुसार अधिकार नदिएको भन्दै उनीहरुले असन्तुष्टि जनाउंदै आएका छन ।

लण्डनस्थित नेपाली दूतावास, प्रवासी मञ्च यूके लगायतले नयाँ संविधानको स्वागतमा दिपावली गर्न बेलायतबासी नेपालीमा सार्वजनिक अपील गरेता पनि आदिवासी जनजाति महासंघ लगायतले उक्त कदमको घोर भर्सना र त्यस भेलामा अन्य नेपालीलाइ नजान उर्दिसमेत गरेको छ ।
