मगराँत प्राप्तीको लागी आन्दोलन चर्कियो (फोटो सहित)

Read Time:3 Minute, 34 Second

शनिबार तानसेनमा बिरोध स्वरुप मोटरसाईकल र्याली

देब पचभैया

  पाल्पा, असोज २ – मगराँत भूभागलाई टुक्राटुक्रा पारेर ल्याएको संविधान नमान्ने घोषणा गरेको मगरात संघर्ष समितिले आयोजना गरेको आईतबार र सोमबारको मगराँत बन्दलाई सफल पार्न शनिबार तानसेनमा बृहत मोटरसाईकल र्याली निकालेका छन् ।

तीन दलका शीर्ष नेताहरुले मगरात क्षेत्रलाई विभाजन गरी प्रेदशको सिमाङ्कन  गरेको भन्दै मगरात संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । संघर्ष समितिले आफ्नो माग पूरा नभएसम्म संविधानसभाबाट पारित भएको संविधान नमान्ने, पहिचान बिरोधी मन्त्री, नेता र सभासद्लाई सामाजिक बहिस्कार गर्ने जनाएको छ ।

यस्तै असोज ३ र ४ गते मगरात क्षेत्र बन्द गर्ने, असोज १४ गतेसम्म  संगठनात्मक तथा प्रचारात्मक कार्य अघि बढाउने, मगर संघको नेतृत्वमा गाउँगाउँमा युवा दस्ता गठन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै भित्तेलेखन गर्ने, पत्रकार सम्मेलन गर्ने, असोज १५ गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको मगरात संघर्ष समिति पाल्पाका संयोजक बलबहादुर गाहामगरले बताए ।

पाल्पाका नेपाली कांग्रेस, एमाले, एमाओवादीलगायतका सात दलले असोज ३ र ४ गते संविधानको स्वागत गर्दै दिपावली गर्ने बताएको छ भने मगर संघले दीप बाल्ने कार्यक्रममा सहभागी नहुन सबैलाई आग्रह गरेको छ ।

आफूहरुको मागलाई वेवास्ता गरी ल्याइएको संविधान स्वागत होइन हामी बिरोध गर्ने स्थितिमा पुगेका छौँ मगरात  संघर्ष समितिका केन्द्रीय प्रतिनिधि गमबहादुर थापामगरले भने । 

संघर्ष समितिले दलहरुले प्रदेश विभाजन गर्दा मगर समुदाय बाहुल्य क्षेत्रलाई प्रदेश नं. ४, ५ र ६ मा विभाजन गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् । संघर्ष समितिले मगरात जातीय राज्य नभई ऐतिहासिकतासहितिको पहिचान भएकाले सबै समुदायलाई पहिचानको आन्दोलनमा समर्थन गर्न आग्रह गरेको छ । आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित तथा महिलाको अधिकार कुन्ठित गर्ने गरी ल्याएको संविधान बिरोध गरिएको मगराँत संघर्ष समितिले जनाएको छ ।

यसै बिच मगरात संघर्ष समितिले आईतबार र सोमबार आयोजना गरेको मगराँत क्षेत्र बन्दलाइ सफल बनाउन भन्दै शनिबार बेलुकी तानसेनमा बृहत मोटरसाईकल र्याली निकालेको छ । तानसेन टुडिखेल बाट शुरु भएको मोटरसाईकल र्यालीले तानसेन बजार परिक्रमा गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %