मनोज घर्तीमगर
पोखरामा हप्तैपिच्छे ब्यूटि प्याजेन्ट भइरहेका छन् । यो हप्ता भएको मिस डिभा पोखरा –२०१५ को उपाधी बिनिता गुरुङले जितिन् ।
पोखरा सभागृहमा शुक्रबार भएको फाइनलमा १४ प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधी हात पारिन् । उपाधी सहित बिनिताले नगद पुरस्कार, व्याङकक टुर्र र फिल्ममा अभिनय गर्ने अवसर पाएकी छिन् । प्रतियोगितामा फष्ट रनर रेजिना गुरुङ, सेकेण्ड रनर जोशना आचार्य र थर्ड रनर युकी क्षत्री भए । उनीहरुले नगद पुरस्कारसहित चितवन टुर्र र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाएका छन् ।
अन्तिम प्रतिस्पर्धामा जस्मिन क्षत्री, उषा बराल, साल्मा गुरुङ, युकी क्षत्री, रेजिना गुरुङ, सृष्टि आचार्य, सलोनी पुन, बिनिता गुरुङ, सुमना बौदार, जोसना आचार्य, रोशना आचार्य, अमिशा बराल, सुस्मिता पुन, ऐश्वर्या तण्डुकार, सुनिता काराखेती उत्रेका थिए । ब्लु रेज प्रोडक्सन एण्ड इभेण्ट म्यानेजमेण्ट र आइरिस व्युटि पार्लर एण्ड एकेडेमीको संयुक्त रुपमा मिस डिभा पोखरा आयोजना गरेको हो । अडिशनमा सहभागि ३२ बाट २४ जनालाई पहिलो चरणमा छनोट गरी अन्तिम प्रतिस्पर्धामा १५ जनालाई भिडाइएको थियो ।
१६ देखि २५ वर्ष उमेर समुहका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले प्रतियोगिता गरिएको इभेण्ट म्यानेजर सागर आचार्यले जानकारी दिए ।