{youtube}https://youtu.be/OCFBMK7tzFo{/youtube}
पाल्पा, भाद्र २९ – मगराँत प्रदेशको राजधानी पाल्पाको मुलद्वारमा भाद्र २८ गते मगराँत स्वायत्त प्रदेशको बोर्ड आन्दोलनरत मगरहरूले राखेका छन ।
मगरहाङ् परिषद रूपन्देहि जिल्ला सचिब श्रीधर मास्किमगर र उनको सहयोगीले मगराँत स्वायत्त प्रदेश लेखिएको बोर्ड जिल्ला सदरमुकाम तानसेनको शित्तलपाटी मूलढोकामा राखेका हुन । तानसेनको शित्तलपाटीमा रहेको मूलढोका बिश्वकै पुरानो र अग्लो मानिन्छ ।
पाल्पाको तानसेनमा आयोजना भएको कार्यक्रममा मगराँत प्रदेशको माग राख्न पाल्पाका छिमेकि स्याङ्जा, रूपन्देही र कपिलबस्तु जिल्लाका हजारौ मगर/अमगरहरूको शान्तिपूर्ण आन्दोलनमा भाग लिन उत्रिएका थिए ।
नेपाल मगर संघको घोषित दोष्रो आन्दोलनलाइ साथ दिन बिभिन्न राजनितिक दलका गैरमगरहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । – भिडियो क्लिप सूर्योदय टेलिभिजन,श्रीनगर एफएमका स्टेसन म्यानेजर तथा राज्यसत्ता डट्कम पाल्पाका समचारदाता देब पचभैया बाट प्राप्त ।