खपाङ्गी शासकद्वारा छाँयामा पारीएका नेपालका नेल्शन मन्डेला हुन-पुस्तक समिक्षा

Read Time:11 Minute, 57 Second

(पुस्तक समिक्षा-नेपाली राजनीति र समाजमा खपाङ्गीको देन)

-बिजय हितान
गोरेबहादुर खपाङगी नेपाली राजनीतिमा एक आकर्षक ब्यक्तित्व भएका नेताका रुपमा चिनिन्छन,सेता दाह्री जुंगाका मालिक, प्रस्त र निडर वक्ता ,बोलिमा माधुर्यता र दर्शकको मनोबिज्ञान बुझेर बोल्ने खुबी भएका दार्शनीक र दुरदर्शीपूर्ण भाषण, प्रिथक अनी नौलो राजनैतिक सिद्दान्तको बिजारोपण गर्न  सफल व्यक्तित्वो भएका कारण उनको नेपाली राजनीतिक व्रितमा नौलो अनी छुट्टै पहिचान स्थापित भएको छ ।   
मगरका छोरा भएर वंशजले नदिएपनि दाह्री जुंगा पालेर हिँडदा लेनिन/हुँचिमिन हुन खोजेका हुन या कसैलाई चुनौती दिएका हुन त्यो त खपाङ्गिनै जानुन । यस्ता शिखर पुरुष १२, बैशाख २०७० का दिन मोटरसाइकल दुर्घटनामा परेपछी एकाएक नेपाली राजनैतीक छितिजबाट अस्ताउँदा मानिसमा प्रश्नका भेलहरु उर्लेका थिए ।
स्पष्टबादि नेतालाई मोटारसाइकलद्वारा ठक्कर दुर्घटना थियो या षड्यन्त्र ? दसैं बहिस्कार आन्दोलनका नायक तर मन्त्री भएपछी आँफैले राजा ज्ञानेन्द्रको हातबाट टिका किन लगाए ? राष्ट्रिय जन मुक्ती पार्टिका संस्थापक महासचिब तर ति दिनहरुमा किन निस्कृय बन्दै गएका थिए ? साम्प्रदायिकताको आलोचना खेप्दै गर्दा पनि किन र कसकालागी समावेसी र समानुपातिक राजनैतिक सिद्दान्तको वकालत गर्दै हिँडे ? यिनै प्रश्नहरुको उत्तर दिने प्रयास गरीएको छ हुम सुनारीद्वारा लिखित, साहित्यकार भावेश भुखमरी द्वारा सम्पादित यस नेपाली राजनीति र समाजमा खपाङ्गिको देन पुस्तकले । पुस्तक पढिसकेपछी पाठकमा अरु थप प्रश्नहरु पनि तेर्सिन सक्छन ।  

पुस्तकभित्रको बिषयबस्तुलाई २ भागमा बर्गिकरण गरिएको छ । पहिलो खण्डमा खपाङ्गीको जीवनी र उनको राजनैतिक गतिबिधी । दोस्रो खण्डमा खपाङ्गीकै राजनैतिक जीवनी र आज आदिवासी जनजातिका मुद्दाको सेरोफेरोमा रहेर लेखिएका लेखकको आफ्नै लेखहरु । यद्धपी पहिलो खण्डमा खपाङ्गी दुर्घटनामा परिसके पछि गठन गरिएको खपाङ्गी बचाउ अभियान अन्तरराष्ट्रिय समितिले खेलेको भूमिकाले ठुलो ठाउँ ओगटेको छ ।

रङभेद र एकाधिकार बिरुद्दको लडाईं लडेका नेल्शन मन्डेलालाई नेपालका नेताहरूले खुबै गुणगान गाउँछन । तर, त्यस्तै अभियान बोकेर हिंडेको खपाङ्गीको कटु आलोचना गर्छन भनी लेखकले आफ्नो मत पोखेका छन । उत्पिडनमा पारिएका आज समुदायको मुक्ती र बिभेदलाई अन्त्य गर्न अहोरात्र खटिएका, समाबेसी र समानुपातिक सिद्दान्तमा आधारित ब्यबस्थाको माग गर्ने महान समाजवादी शिखर पुरुष भनेर लेखकले खपाङ्गीलाई चिनाउने प्रयास गरेको देखिन्छ । यस्तो अतुलनिय देनले गर्दा खपाङ्गीलाई नेपाली जनताले मन्डेलाको स्तरमा उभ्याउँदै सम्मान ब्यक्त गरेका छन ।

ऊच्च शिक्षा हाँसिल पश्चात शिक्षण पेसामै छँदा नेकपा माले का सकृय सदस्य बनेका रहेछन खपाङ्गी । सामाबेसिको आधारमा अन्य जातीका नेताहरूलाई पनि पोलिटब्युरो र केन्द्रिय समितिमा राखिनु पर्छ भन्ने माग गर्दा कुरा नमिलेर पार्टी पारीत्याग गरेछन । यसै पार्टीका एक नेता मोदनाथ प्रशिदले – धरान, पोखरा, बुटवल जस्ता शहरमा बनेका मगुरालीका भवनहरु हामीले मागेकाछौं र तिमीले पोलिटब्युरो र केन्द्रिय सदस्य माग्ने ? भनी खपाङ्गीलाई लाप्पा खुवाएछन ।

पुस्तकमा अपेक्षा गरिएजस्तो खपाङ्गीको चोखो पारिवारिक, सामाजिक र राजनैतिक जीवनी र उनका बिचारको बर्णन भन्दा पनि बढी ति बिषयको समिक्षात्मक टिका टिप्पणी गरिएको छ । कुनैपनी राजनैतिक पार्टिको झोला नबोकेका लेखक जन मुक्ती र आदिवासी जनजाति सम्बद्द अन्य राजनैतिक पार्टीको आलोचनामा खरो उत्रेको भान हुन्छ । खपाङ्गी बिक्रम सम्बत २०५६ को प्रतिनिधि सभाको चुनावमा पाल्पाबाट उठदा लेखकले समर्थन गरेको देखिदैन । बिक्रम सम्बत २०४७ सालको संबिधाननै उत्पीडित समाजको पक्षमा नरहेको ठहर गर्दै त्यही उत्पीडित समाजको वकालत गर्ने राष्ट्रिय जन मुक्ती पार्टीले खपाङ्गीलाई चुनावमा नउठाएकोभए हुन्थ्यो बरु लगातार शान्तिपूर्ण बिरोध र जनचेतना फैल्याउँदै अगाडी बढनुपर्ने धारणा लेखकले पुस्तकमा दर्साएका छन । झन्डै ७० प्रतिसत मगर समुदाय रहेको निर्वाचन छेत्रबाट उठ्दा पनी खपाङ्गिले हार ब्योहर्नुका कारणहरु यस पुस्तकमा पाईन्छन । राजा ज्ञानेन्द्रले खपाङ्गीलाई मन्त्री बनाउँदा जन मुक्ती पार्टी अनभिज्ञ रहेको तथ्य पनि खुलस्त पारीएको छ । यसैकारण पछी खपाङ्गीलाई पार्टीबाट साधारण सदस्य पनी नरहने गरी निस्कासन गरिएको तितो सत्य पनि पुस्तकले पाठक माझ पस्केको छ ।

लेखक स्वयम बिदेशमा रहेर पनि आजका आन्दोलनका सकृय कार्यकर्ता हुन । आजको मुद्दालाई बोकेर हिँडेका एक दर्जन जती राजनैतिक पार्टीहरु सर्ब प्रथम सबै मिलेर एउटै पार्टी नबनाउँदा सम्म अभियानलाई सफल पार्न नसकिने सल्लाह पनि दिन्छन  ।
खपाङ्गी दसैं-टिका प्रकरण एकपल्ट नेपालामा तहल्का मच्चाएको बिषय हो । जसले गर्दा खपाङ्गीको प्रसिद्दिको चुचुरो रातारात गर्लम्म ढलेको थियो । तर खपाङ्गी जस्तो दँसै प्रथाको बिरोधि नेताले किन राजाको हातबाट टिका लगाए त ? सबैको चासोको बिषय थियो । राजनीतिमा सौदा गर्दा केही गुम्छ केही लाभ हुन्छ । लाभ प्राप्त गर्न राजालाई रिझाउनैपर्ने अवस्था श्रीजना भएछ । पाठशालाका पाठयक्रमबाट सँस्क्रृत बिषयलाई हटाउन आफुले गरेको प्रस्ताव स्विकार हुन्छकी भनेर खपाङ्गी राजाको हातको टिका थाप्न पुगेको रहस्य यहा खुलस्त हुन्छ । त्यतिले आफ्नो अस्तित्व गिरेपनी देशको ढुकुटिबाट बर्सेनी साँढे चार अरब रुपैँया जोगाउन सफल भएको कुरा पुस्तकमा उजागर गरिएको छ । यसरी देशको ढुकुटि बचाउँन आफुले जोखिम मोलेका खपाङ्गी दुर्घटनामा परेपछी सरकारले उपचारार्थ पाँच लाख रुपैँया मात्रै दिएछ । जबकी सरकारमा डाडुपन्यु सम्हाल्ने नेताहरुले करोडौं रुपैँया उपचार खर्च पाउँछन ।    

दँसै-टिका प्रकरणपछी सुस्ताएका खपाङ्गीलाई  सगरमाथा टेलिभिजनको अन्तरवार्तामा आज आदिवासी जनजातिको आन्दोलन तुहिएको प्रसँग कोट्याइन्छ । तुहिएको भए असोक राइ, चैतन्य सुब्बा जस्ता नेता कसरी जन्मन्थे भनी उत्तर दिएर आफ्नो बिगतको नेतृत्वले धेरै सबल नेताहरु जन्माइसकेको गर्व गर्दछन । त्यसै अन्तर्वातामा ब्रामणबादको बिरोधमा आफु किन उत्रिएको भनेर खपाङ्गी खरो तरिकाले प्रस्तुत भएका छन । अन्तरवार्तामा आफुलाई घाेक्र्याएर ल्याइएको भन्ने उनको भनाइले उनी खुशीले होइन कसैको करकापले उक्त अन्तरवार्तामा गएका थिए भन्ने बुझिन्छ । यदी कसैले उनको मोटरसाइकल ठक्कर दुर्घट्ना होइन षड्यन्त्रहो भन्छ भने उक्त अन्तर्वाता प्रमुख कारण हुनसक्ने प्रसस्तै सम्भावना छ ।  

राजनैतिक र सामाजिक कृयाकलापमा सर्बस्व सुम्पेका खपाङ्गी काठमाण्डौमा किरायमा बस्दथे । उनी दुर्घटनामा परेपछी परिवारले खर्च ब्यहोर्न सक्ने स्थिती थिएन । तर वास्तवमै उनिलाई यती तिरस्कार गरिएको रहेछ कि नत उनको पार्टीले, न मगर समाजले, न आदिवासी जनजाति महासंघले नै उनको उपचारको नेत्रुत्व लिने तत्परता देखाएछन । त्यसैले त आदिबासी जनजाति कानुनी समूह लाहुर्निपका महासचिब सङकर लिम्बुको सम्योजकत्वमा खपाङ्गी उपचार सहयोग समिति गठन गरिएको रहेछ ।   

खपाङ्गीको जीवनीप्रती निष्पक्ष र न्यायपूर्ण ढंगले समालोचनात्मक बिश्लेषण गरिएको छ भन्ने कुरा मैले यो पुस्तक पढेपछी निचोड निकालेको छु । खपाङ्गी जस्ता दार्सनिक, दुरदर्सी नेता सम्बन्धीको यो पहिलो पुस्तक रहेकोले अवस्यनै यसले ईतिहास रचेको छ । अन्त्यमा, यस किताब भबिष्यमा खपाङी सम्बन्धी खोजमुलक पुस्तक प्रकाशनमा अवश्य महत्वपूर्ण सन्दर्भ सामग्री हुनेछ भन्ने मलाई लागेको छ । साथै एम एस थापा, परशुराम तमाङ, सुरेश आले जस्ता दर्जनौ राष्ट्रिय स्तरका आदिवासी नेताहरुको पनि आत्मकथा प्रकासित हुनमा यस पुस्तकले प्रोत्सहान गर्नेछ भन्ने मैले विश्वाश लिएको छु ।    

bryanhitan@hotmail.com
12, September 2015
Folkestone, Kent, United Kingdom
लेखकः साहित्यकार, बाताबरण बिद्, सामाजीक अभियन्ता साथै थकित पृथिबी कबीता संग्रह र जयबहादुर  हितानमगरको ब्यक्तित्व र कृतित्वका सम्पादक/प्रकाशक कलम वीर हुन ।         

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %