पुर्णिमा पुन मगर इजरायलबासी नेपालीहरू बिच कुनै नौलो नाम हैन । उनि कलाकी धनी नेपाली मगरकि चेली नेपाल मगर समाज इजरायलको स्थापना काल देखि नै आबद्द र मगर समाज इजरायललाई आफ्नो नृत्य मार्फत चिनाउँदै आइरहेकि छिन ।
मगर समाज इजरायलको कुनै प्रोग्राम होस या आदिबासी जनजातीको वा अन्य कुनै समाजको कार्यक्रममा उनि उत्साहीत हुँदै नृत्यमा सहभागी हुन्छिन । नेपाल घर म्याग्दीमा जन्मथलो भए पनि बिगत चार बर्ष देखी इजरायललाइ कर्म थलो बनाउँदै आएकी छन पुर्णिमा ।
मगर संस्कृतिमा नृत्य गर्न माहिर पुर्णिमाले मगर संस्कृति गितको बोलहरू:सालै ज्यु ,थाली ,कौडा नाँच उनको रूचिका अलवा अन्य फिल्मी गितहरुको बोलमा पनि उत्तिकै डान्समा पोख्त छिन ।
उनी भन्छिन ,हामी मगरहरू कला र संस्कृतिको धनी’ हो । हामी बिश्वको जुनसुकै ठाउमा बसोबास गरेता पनि हाम्रो संस्कृतिलाई माँया गरौ । संस्कृति र कला भएन भने नुन बिनाको तरकारी झै खल्लो हुन्छ । त्यसैले कला,संस्कृति र भाषालाई जगेर्ना गर्न कदापि पछि नपरौ ।
प्रस्तुती : माया घले मगर(इजरायल)