लोकबहादुर प्रतिष्ठानबाट तीन जना पुरस्कृत

Read Time:1 Minute, 27 Second

मनोज घर्तीमगर

लोक बहादुर गुरुङको प्रथम स्मृती दिवसमा तीन जनालाई पुरस्कृत गरिएको छ ।   सम्मान ग्रहण गर्दै शिक्षासेवी जर्ज जोन

लोक बहादुर गुरुङ प्रतिष्ठानले शिक्षातर्फ शिक्षासेवी जर्ज जोन, कलाकारितातर्फ क्षेत्र गुरुङ र पत्रकारितातर्फ गणेशमान गुरुङलाई पुरस्कृत गरेको हो । पुरस्कृत सबैलाई प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका पुर्व प्रमुख गणेशबहादुर गुरुङले नगद दश हजार रुपैया सहित ताम्रपत्र द्धारा हस्तान्तरण गरे । त्यस अवसरमा स्व.लोकबहादुरको ३३ मिनेट लामो वृत्त चित्र समेत देखाइएको थियो ।

बिसं २००४ भदौ ५ गते कास्कीको आँटीघर, मौजामा जन्मिएका गुरुङले २८ बर्ष शिक्षण पेशामा समेत आबद्ध थिए । उनको मृत्यु बिसं २०७१ भाद्र १९ गते भएको थियो । फिल्म क्षेत्रमा समेत सक्रिय लोकबहादुरको सम्मानमा प्रतिष्ठान गठन गरिएको अध्यक्ष वेदवहादुर गुरुङ (श्याम) ले जानकारी दिए ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %