प्रेस विज्ञप्ती
सर्वप्रथम त नेपालको नयाँ बन्ने संविधानमा सम्पुर्ण पिछडिएका आदिवासी जनजाति , महिला , दलित , मधेशि, मुस्लिम तथा सिमान्तकृत र अल्पसंख्यक समुदायको हक अधिकार र कर्तब्यको लागि अनवरत संघर्षरत संघीय लिम्बुवान पार्टी नेपालले अरुण सप्तकोशि पुर्ब लिम्बुवान स्वायत्त प्रदेश स्थापना गर्न गरिरहेको न्यायपूर्ण आन्दोलनमा हाम्रो संघीय लिम्बुवान पार्टी, बेल्जियम शाखा कमिटीबाट पूर्ण समर्थनकासाथ एक्यबद्दता जनाउदछौ ।
वर्तमान तागाधारी सरकारले भर्खरै घटाएको कैलाली घटना र न्याय, समानता र सहभागिताको लागि स्पष्ट बिचार लिएर उत्पिडन र शोषणमा परेका सबै नेपालिका निम्ति अत्याचारिको बिरुद्द संघर्षरत जनताका जुझारु नेता आङकाजी शेर्पाको असम्बैधानिक फाँसिष्ट गिरफ्तारिको पनि घोर बिरोध गर्दछौ र नेता शेर्पालाइ तत्काल सकुशल रिहाईको जोडदार माग समेत गर्दछौ ।
यसरी नै जनताको जायज मागहरुलाई बन्दुकको भरमा दबाउने काम भैरहे अत्याचार अन्त गर्न युरोपबाट हज्जारौ नेपाली स्वदेश फर्की संघर्षमा सक्रिय सहभागि हुने उद्घोष गर्दछौ ।
बिष्णु आङ्डेम्बे
अध्यक्ष
संघीय लिम्बुवान पार्टी, बेल्जियम शाखा
२२,भाद्र २०१५