कमान सिङ्ग (कर्मा पहाडी) शेर्पा
लण्डन, गत ७ सेप्टेम्बर २०१५ का दिन आसफोर्डमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ युकेको बैठकले बिबिसी नेपाली सेवाले नियमित पहिँचान विरुद्धको समाचार एकपक्षिय प्रसारण गरिरहेकोले खेद प्रकट प्रस्ताव पारित गर्दै विरोध गर्ने कार्यदल निर्माण गरेको छ ।
महासंघका महासचिव कमान सिङ्ग (कर्मा पहाडी) शेर्पाको संयोजक र विज्ञ तथा प्रतिष्ठितहरु रहने गरि एक कार्यदल गठन गर्ने निर्णय गर्यो । कार्यदलले बिबिसी नेपाली सेवाको हेडक्वाटरमा हस्ताक्षर सहित विरोध जनाउनेछन भने नेपालमा जातिय हत्याहिंसा मच्चाई रहेको सरकार विरुद्ध युके सरकार र मानवअधिकार कार्यलयमा पनि आग्रह गर्ने जनाएको छ ।
बैठकमा बौद्धिक नेता आङकाजी शेर्पाको गिरफतारी प्रति गहिरो आक्रोस ब्यक्त गर्दै तुरुन्त स-सम्मान रिहा गर्न माग गरेको छ । त्यस्तै नेपाली सेना र प्रहरी निर्मम हत्याहिंसामा उत्रिएकोमा गहिरो चिन्ता ब्यक्त गर्दै महासंघले अहिले जारी आन्दोलनमा ऐक्यबद्धता जनाएको छ साथै, यहि हप्ता जारी हुनसक्ने नेपालको संविधान सिंगो नेपालको नभई ३ पार्टीको मात्र हुनेभएकोले स्वीकार्य नहुने जनाएको छ ।
माहासंघलाई संगठानिक रुपमा अझै ससक्त रुपमा दरिलो बनाउन महासंघका अध्यक्ष श्री तुल छन्त्यालको संयोजकमा महासंघका निबर्तमान अध्यक्ष तथा सल्लहाकार श्री श्री प्रसाद लिम्बु, र सल्हाकार श्री भक्त दुरा सहित तिन सदस्य समिति बनेको छ ।
त्यस्तै महासंघलाई आर्थिक रुपमा सबल बनाउनको लागि साथै नेपालमा भईरहेको नेपाल आदिबासी जनजाति आन्दोलनलाई सहयोग पु-र्याउने हेतुले जातीय संघ, सस्थाहरुसंग सहकार्य गरेर छिटै एउटा च्यारेटी डिनरको अयोजना गर्ने भएको छ । यिनै बिबिध बिषयहरुलाई लिएर महासंघले पूर्ण अर्को बैठक बस्ने भएको छ ।
महासङ्घका अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न बैठकमा आबद्ध ११ वटा जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधि, नेपाल आदिबासी जनजाति महासंघ बेलायतका सल्लहाकार सहित, संघीय परिसदका सदस्य, नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ बेलायतको सहभागिता रहेको थियो ।