धर्म निरपेक्षताको निम्ती छपक्कै धर्ती ढाँके – फोटो समाचार

Read Time:2 Minute, 16 Second

धर्म निरपेक्षताको पक्षमा बिभिन्न धर्मालम्बिहरु हजारौं हजार सडकमा  ।

शुरज गुरूङ

फोटो ज्ञानेन्द्र पुन मगर

काठमाडौ, भदौ, २० गते – प्रमुख तीन दलले नयाँ संविधानमा हिन्दु राष्ट्र कायम गर्नेगरी धर्मनिरपेक्षतालाई मेट्ने काइते भाषा प्रयोग गरेको भोलिपल्ट (आज) आइतबार नयाँ बानेश्वमा विभिन्न धार्मिक समुदायका हजारौँ हजार अधिकारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।

संविधानमा धर्मनिरपेक्षता कायम गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका लाखभन्दा बढी प्रदर्शनकारीहरुले नयाँ बानेश्वर चोकदेखि बिजुलीबजारसम्मको सम्पूर्ण सडक ढाकिएको छ । प्रदर्शन बौद्ध, किरात, इस्लाम र क्रिश्चियन धर्मावलम्बीहरुको सामूहिक संगठन उत्पीडित मोर्चाले आयोजना गरेको हो । प्रदर्शनमा कुनै पनि राजनीतिक दल तथा जनजातीय संगठनहरुको सहभागिता देखिएको छैन ।

प्रदर्शनमा मुख्यतः काठमाडौका रैथाने बौद्ध धर्मावलम्बी नेवार समुदायको संगठन धर्मोदय सभाको सहभागिता बलियो देखिएको छ । भृकुटीमण्डपबाट शुरु भएको जुलुसमा बौद्ध लामा, किरात गुरु, मुस्लिम तथा क्रिश्चियन समुदायका सर्वसाधारणको सहभागिता देखिएको छ ।

जुलुसमा ‘धार्मिक सद्भाव कायम राखौँ, एकल धार्मिक राज्य मान्दनौँ, धर्मनिरपेक्षता कायम गर’लगायतका नारा लेखिएको प्लेकार्ड बोकिएको छ । अहिले प्रदर्शनकारीहरु बबरमहलसम्मको स्थान ओगटेर बसेका छन् । बानेश्वर हुँदै अघि बढ्ने माइतीघर–सूर्यविनायक सडक खण्डको सबै चौडा भागमा आन्दोलनकारी थुप्रिएका छन् । सडक अवरुद्ध छ ।

समचार साभार: इसमता

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %