मनोज घर्तीमगर
पोखराको मिस नेवा पुचः ले तेस्रो क्वाटी महोत्सब आयोजना गरेको छ ।
पोखरा भिमसेन टोल स्थित नेवा छेँ मा शनिबार भएको महोत्सवमा नेवारी संस्कृतिमा आधारित कुमारी नाच, नेवारी नृत्य, झ्याउरे नृत्य तथा फेशन सो प्रदर्शन गरिएको थियो । कुमारी नाचमा निशा प्रजापति, सारा बजिमय, श्रद्धा श्रेष्ठ, सुचना चुल्यागु, प्रिति बुद्धाचार्यले नृत्य गरेका थिए । नेवारी नृत्य तथा झयाउरे नाचमा निक्का द्धवा, मोनिका महर्जन, श्वेता ताम्राकार, रचिता श्रेष्ठ, सम्रिका श्रेष्ठ, प्रिंयका महर्जन, मोनिका महर्जन, संगिना श्रेष्ठ ले नृत्य गरेका थिए ।
फ्लोरा दि बुटिकको प्रायोजनमा गरिएको फेशन शोमा आयशा बुद्धाचार्य, सबनम बुद्धाचार्य, सोभा श्रेष्ठ, सगुन जोशी, सुप्रिमा श्रेष्ठ, दुर्गा श्रेष्ठ, सुस्मिता श्रेष्ठ र सुलोचना शाक्यले नेवारी भेषभुषा प्रदर्शन गरे । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको महोत्सवका सहभागीहरुले नेवारी परिकार क्वाटी तथा समयबजी मिठो मानेर खाएका थिए ।