हे नारन ! बेनेपाली एनआरएनको सदबुद्धि पलाओस

Read Time:14 Minute, 27 Second

बिजय हितान

नेपाली जनजिब्रोबाट ‘हे नारन !’ अभिब्यक्ती त्यतिबेला निस्कन्छ जतिबेला सोच्दै नसोचेको घटना घट्छ ।

अहिले  बेल्पाली दुई घटनाले गर्दा ‘हे नारन !’ भन्दै जिब्रो टोक्ने गरेको देखिन्छन । पहिलो, नेपालमा सल्केको जातिय द्वन्द । दोस्रो, बेलायतमा चल्दै आएको एनआरएन (गैर आवासिय नेपाली संघ युके)को लफडा । नेपालको राजनैतीक आकाशमा कालो बादल मन्डारिएको त उहिल्लैबाट हो । हालै आएर गर्जनका साथ चट्याङ पर्न सुरुगरेको सबैलाई बिधितै छ । तर बेलायतको एनआरएनमा के भैराछ ? केही प्रतिसत बुद्दिजिवी बर्ग बाहेक सर्बसाधारण बेल्पाली अनभिग्य छन ।

१. एनआरएन युके मा भएको बिवाद के त:   

भएको के हो भने, गत दुइबर्षको अवधिमा बेलायतको सामाजिक क्षितिजमा पनि यस्तै अप्रत्याशित घटना घट्यो । तत्कालिन एनआरएन युकेको निवर्तमान कार्यकारी समितिले संस्थाको ठुलो रकम नवनिर्बाचित समितिलाई हस्तान्तरण गर्न मानेनछ । दरिद्र प्रिस्थभुमी र लोभि मानसिकताका समाजसेवी भनौदाहरु धनको भन्डार देखेपछी मुसाले धानको भकारी दुलो पारे जस्तै संस्थाको कोषलाई अपारदर्शी तरिकाले रित्त्याएछन । बाउ भ्रस्ट भएसी छोरो पनि भ्रस्ट हुने सम्भावना प्रबल हुन्छ । भएछ त्यस्तै । दुई गुटमा बिभाजित उम्मेदवारहरुले पनि जबर्जस्ती सदस्यता बनाइ उठाएको पैसा संस्थाको कोषमा हालेनछन । यस्तो निच बिबादमा मुछिएको एनआरएनलाई सल्लाहकार र सम्रक्षक  मन्डलले मिलाउने प्रयास गरे ।

नेपालको राजनीतिमा चाहिएको तर देख्न नपाईएको समाबेसी यहा देखियो । कसैले पनि अध्यक्षको पद छोडन नमानेपछी दुई गुटका अध्यक्षले पालै पालो १/१ बर्ष कार्यकाल सम्हाल्ने सहमति भो । अध्यक्ष बनेर मात्रै समाजसेवा हुने अरु पद सम्हालेर नहुने कुबिचार यहा देखियो । १ बर्षको पहिलो कार्यकाल समाप्त भएको अध्यक्षले केही कारण देखाइ फेरी कुर्ची छोडन मानेनछन । अैले आएर दोस्रो अध्यक्ष गुटको कार्यसमितिको समयावधि सिद्दिएको छ । तदनुसार २०१५  सेप्टेम्बर १२/१३ मा नयाँ  कार्यसमितिको चुनाव हुँदैछ । सुनिन्छ, लगभग एक दर्जनले अध्यक्ष पदको लागि  उम्मेदवारी दिएका छन । फल्सरुप बेल्पालीले ‘हे नारन, यो के हो यस्तो !’ भनेको  बेलायतमा हुने भेटघाट कार्यक्रममा सुन्नपाईन्छ । खै कुन्नी, १००० पाउन्ड तिरेर दर्ता भैसकेका थिए कि प्रचार प्रसार मात्रै थियो त्यो ? किन यतिकालाई अध्यक्षकै कुर्ची चाहियो होला !

२. अध्यक्ष पदको लागि गोर्खा भुपु सैनिकहरुको लस्कर:  

रमाइलो कुरो त के देखियो भने अध्यक्ष पदकोलागि सबैभन्दा बढी जोस र जाङर गोर्खा भुपु सैनिकले देखाए । भुपु परिवारको बाहुल्यता भएको बेलायतमा यसो हुनु स्वभाविकै हो । कतिले अबको एनआरएन धनी ब्यापारिको क्लब नरहेर भुपु सैनिक संगठनको जस्तै मेस हुने भो भनेर हंसि-मजाक पनि गरे । कतिले ब्याङ्यात्मक सैलिमा के पनि भने भने पैलाको एनआरएनले पाँचतारे होटेलमा पार्टी गर्दै मिटिङ गर्थे, अबकाले कसैको कटेरोमा मेसिङ खांदै मिटिङ गर्ने भए । तर यस्तो सोंच राख्नु गलत होला । किनकी अैलेका भुपु, त्यसैमाथि बेलायतकाले, गर्न नसक्ने केही छैन । आफ्नो जातिय, जिल्लाबासी, नम्बरी, पल्टने, नेपाली समाज, राजनैतिक पार्टी जस्ता संगठनहरु सुचारु रुपले चलाएका छन भने एनआरएन हाँक्न किन नसक्ने ?

३. भुपुहरु पसेर एनआरएन बिगारे :   

यसरी अहिलेको एनआरएन चुनावमा गोर्खा भुपुहरुको चाँसो ह्वात्तै बढेको देखेपछी यस बर्गप्रती नकारात्मक सोंच राख्ने जमात अब यिनले भुपुकै मुद्दा बोकेर हिंडने भए भनेर चिन्ता ब्यक्त गरेका छन । भुपुको मुद्दालाई लडने त गेसो, बिगेसो, बिजिडब्लुएस जस्ता आधा दर्जन जती संगठन छंदै छन नि । यि भुपु पसेर एनआरएन लाई भाँडे भन्ने लान्छना लगाइएको पनि बेलाबेलामा सुन्न पाईन्छ । २००८ तिरबाट यसमा भुपु पस्नलागेका हुन । बिबाद रहित नेपाली संघ संगठन कहाँपो देख्न पाईन्छ र ? भुपु पसेर एनआरएन बिगारे भन्ने भनाइ नेपालमा संघियताले देस टुक्र्याउँछ भनेजस्तै बिबिधताको महत्व नबुझ्नेहरु हुन । भुपु प्रायजसो आदिवासी जनजातीका छन । अब हुने एनआरएन मा भुपुको बाहुल्यता रह्यो भने तिनले नेपालको पहिचानसितको संघियताको बहस गर्लान भनेर तर्सिने पनि छन । त्यसो भो भने आदिवासी महासंघ, जनमुक्ती, संघिय समाजबादी, लिम्बुवान मुक्ती मोर्चाले के गर्ने ? इत्यादी प्रश्नका पर्खालहरु चुनावको सरगर्मी सङै तेर्सिएका छन ।

४. एनआरएनले उठान गरेको प्रमुख मुद्दा:    

अहिलेको सम्म एनआरएन ले उठान गरेको प्रमुख बिषय भनेको दोहोरो नागरिकता र नेपालमा लगानी हो । स्थापनादेखी एकदसक पछीमात्र दोहोरो नागरिकता, त्यही पनि राजनैतिक अधिकार बिहिन, संबिधानमा ब्याबस्था गराउन सफल होलाजस्तो छ । त्यही पनि अहिलेको स्थिती हेर्दा संबिधान बन्ने हो की होइन दोधारमै छ । नेपाल देस नै नरहला जस्तो स्थिती छ भन्छन कोही त । एनआरएनले नेपालमा लगानी गर्यो भन्ने सन्दर्भमा बेल्पालीले के नै देखेका छन र ? जल बिद्युतमा लगानी गर्ने भनेर करोडौ उठाउने भनी २०१२/१३ सालतिर बेलायतभरि झ्याली पिटयो । एनआरएन ले बिजुली निकालिदिएर झिलिल्लै पारीदिएको भए नेपालमा लोडसेडिङ किन हुन्थ्यो । त्रिभुवन बिमानस्थलमा ट्रली प्रायोजन गरेको बाहेक अरु खै के पो गरेको देखियो र ?

५. एनआरएन युके को भबिस्य छैन:

अहिलेको सम्म एनआरएनमा बर्चस्व भएकाहरुको नेपालका काङ्रेस, एमाले, र सरकारसँग सिधै संपर्क हुन्थ्यो । अनी त नागरिकता र अन्य राजनैतीक मुद्दा उठाउन सजिलो भाथ्यो । बेलायत आउने सरकारी पदाधिकारी र नेताले सम्भावना नरहे पनि ‘हामी तपाईंहरुकै पक्षमा छौ, सहयोग गर्छौ’ भन्दै झुट्टा आस्वासन दिन्थे । भुपुका मानिस एनआरएनमा गएपछी नेपाल सरकारसंगको प्रतछ्य सम्बन्धमा अवस्यनै फितलोपना आउनेछ । अनी त गर्ने के ? के को मुद्दालाई बोकेर हिंडने ?

एनआरएन धनी ब्यापारिहरुको क्लबको सङ्याले चिनिदै आएको छ । यसलाई हवाइजहाजमा उड्छन, होटेलमा बस्छन, अन्तररास्ट्रिय स्तरका मिटिङ गर्छन् भनी बेल्पालिहरु बुझ्दछन । भुपुहरुमा ब्यापारिक र लगानिका सोंच कमै छन । अनी यो मुद्दालाई पनि सिरोपर गरेर हिँडन मिलेन भुपुहरु एनआरएन मा पसेपछी । एनआरएन को अर्को मुख्य उद्देस्य बेलायत आएर पढने विद्यार्थीको सामाजिक कल्याण गर्नु हुन्थ्यो । यहाको कडा अध्यागमन नितिले हालमा नेपाली विद्यार्थी नै छैनन भनेपनी हुन्छ । अैलेको अधिबेसनमा त विद्यार्थीलाई सदस्यता लिनबाट बन्चित गरियो । अबको एनआरएन ले ती विद्यार्थीको मुद्दा पनि वोकालत गर्न परेन ।

नेपालमा स्वास्थ्य सेवा पुर्याउँछौ भन्ने नारा बनाइयो भने याँहाका डक्टर र नर्सका संस्थाले के गर्ने ? जसले बिगतका महिनामा नेपाली भुकम्प पीडितलाई अतुलनिय सहयोग पुर्याएका छन । अब अन्य बेल्पालीलाइ कल्याण गर्छु भन्यो भने सबैका जातिय, गाउँले, जिल्ला कल्याणकाणि संगठन छन । त्यसैले एनआरएन बेलायतमा रहेका नेपालीको छाता संगठन भनेर नाम मात्रै हो, खासै यसको महत्व केही देखिदैन ।

यस संस्थाप्रती प्रायजसो सबैको गहिरो आस्था थियो । चुनावको बेला सबै यसको सदस्य बनेर आफुलाई मनपरेका उम्मेदवारलाई भोट हाल्थे । तर चुनाव भएपछी तिनले नाख मुख देखाउन त कँहा हो कँहा, ईमेल र चिट्ठिको चिर्पटोले पनि सम्झिदैनथे । झनै परार सालको चुनावपछी त यसको छवी यती तल गिर्यो कि बेल्पाली बुद्दिजिवी बर्ग र यसका अनुवाइहरु यसपाली मौन रहेका छन । अब बन्ने नयाँ कार्यसमितिले केही पाठ सिकुन भन्नाका खातिर धेरै बेल्पालीले सदस्यता नलिएर बहिस्कार गरेको स्थिती देखिन्छ ।

त्यसैले एनआरएन को खासै अजेन्डा केही पनि नदेखेर होला अैले को चुनाव त्यती चासोको बिषय बनेको छैन सर्बसाधारणमा । याँहाका अन्य  संस्थाका बिकृतिपूर्ण कृयाकलाप देखेर पनि होला मानिसहरु  एनआरएन को चुनावी चाहलपहलबाट अछट्ट बसेको । संगठनहरु मिटिङ डाक्छन, गलाभरी खादा पहिरिन्छन, पानसमा बत्ती बाल्छन, राष्ट्रिय धुन बजाउँछन्, भाषण छाँट्छन् । अनी मन्चमा दर्सकभन्दा बढी पदाधिकारी र अतिथी अटिनअटी आसन ग्रहण गर्छन्, । संचालकले दिएको समयसिमालाई नटेरेर बिषयबस्तुभन्दा टाढा पुगेर फलाक्छन, कार्यकालभित्र गरेर नभ्याउने बिषयमा यो गर्छु र त्यो गर्छु भनेर झुटा आस्वासन दिन्छन । यिनै कुरालाई देखेर होला मदन पुरस्कार बिजयी एक ब्यक्तिले पोहोर बेलायत भ्रमणमा आएको बखत भनिथिन- ‘बेलायती संस्थाहरुमा नेपालमा भन्दा झनै बिक्रिती रहेछ ।’ सभ्य देशमा बसेका हामीले राम्रा उदाहरण देखाउनुको सट्टा झनै बिक्रितीको खेती गरिरहेका छौं । असिर्जनशिल, अप्रभावी, समय र स्रोतको ख्याल नगरिने बैठक र भेलाहरुको आयोजना गरेर ।

६. नव गठित कार्यसमितिलाई सुझाव: 

त्यसो हो भने अबको नयाँ निर्बाचित एनआरएनका पदाधिकारीले ले के गर्नु पर्छ त ? बहुल सामर्थ्यवान बिज्ञ तथा प्राबिधिज्ञको समुह बनाएर नेपाली र नेपाल सरकारलाई सल्लाह दिन सकियोस । बेलायती मोडल सर्लक्कै नेपाल भित्र्याउनतिर पहल गरुस- कृषि, बन सम्रछण, शिक्षा, बातावरण, बिज्ञान, पर्यटन, उध्योग, स्वास्थ्य इत्यादी जस्ता बिषयहरुमा । अर्को मुख्य भूमिका नेपाली नेपाली बिच सदभावना पुनर्स्थापना गर्न तिर प्रयास गरोस । अैलेको नेपालको राजनैतिक परिस्थितीले बेल्पालीमाझ एक आपसमा बोलचालको बातावरण नै हराएको छ । एकल जातिय राज्यसरकार र आदिबासी जनजातिको त युद्दनै सुरुवात भयो भन्दा फरक पर्दैन नेपालामा । यसलाई सम्बोधन गर्न बेलायतस्थित सबै जातिय, बर्गिय, राजनैतिक पार्टिहरुको बिशाल अन्तरकृया हुन अती जरुरी देखिन्छ ।

जसलेगर्दा पहिलाको जस्तै सौहार्दपूर्ण बातावरण फर्काउन सकियोस । नेपालका नेपाली लगायत अन्य देसका अप्रबासी नेपालीमाझ घ्रिणाको पात्र होइन एक उदाहरण बनेर बेल्पालिहरु जिउन सकुन । तब त भबिस्यका निर्वाचनमा बेल्पालीले ‘हे नारन ! भन्दै सदस्यता लिनबाट पंछिदै हिँडन भन्दा, ‘वो हो !.. ल ल..’ भनेर एनआरएन को सदस्य बनी यसलाई समर्थन पुर्याउनतिर लागुन ।

(लेखक: लेखक,साहित्यकार एबम् सामाजिक अभियानता हुन)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %