एनआरएन बेलायतमा आर्थिक हिनामिना गरेका कडेल बैठकबाट भागे

Read Time:5 Minute, 16 Second

रोशन मेवहाँङ     

लण्डन, भाद्र १७  – गैर आवासीय नेपाली संघ बेलायतको छैठौ अधिबेशन नजिक आईरहदा समितिलाई महेन्द्र कडेलले आकस्मिक बैठक बोलाएका थिए ।
  निर्वाचन आयोगका सचिब राम शरण सिमखडा, पुर्व अध्यक्ष सुर्य गुरुङ र कार्यसमितिका अध्यक्ष मेहन्द्र कंडेल समेतका संलग्नतामा आर्थिक हिनामिना भएको आरोप साथै दुई तिहाई बहुमतले निर्वाचन समिति नै विघटन गर्ने निर्णय हुनलागेपछि र कसै द्धारा फाइदाको सुईको पाएपछि फाईदाको आँडमा कडेलले बैठक पुस्तिकाको शुरुमा सहमतीको हस्तक्षर गरेपनि बैठकको अन्त्यतिर फाईदाको बाटो पछ्याउदै बैठकबाट भागेका थिए ।

शुक्रबार बसेको एनआरएन बेलायतको आकस्मिक कार्य समितिको बैठकमा महासचिब राजकुमार त्रिपाटीले सम्पुर्ण प्रस्ताबहरु टेबुल गर्न लाग्दा कार्य समितिले उचित निर्णय गरेको हुनाले निजहरुको कालो कर्तुत बाहिर आएकोले बर्तमान महासचिब त्रिपाटीलाई पदबाट बखास्त गर्न कडेलले भाद्र २० गते सनिबार कार्य समितिको बैठक राख्ने जर्मको कसेका छन् । संस्थाका लागि निस्पक्ष काम गरिरहेका पदाधिकारीलाई देखि नसक्ने उनिहरुको कालो कर्तुत यहिबाट स्पष्ट हुन्छ । प्रत्याशी उम्मेदवारहरु जो बाझो खेतमा पर्नु भएको छ साथै सर्व साधारण सदस्यहरु प्रकाशीत नामावली सुचिमा नपर्नु भएको भाद्र २० गते सनिबार लण्डनमा कडेलले तोकेको समय र स्थानमा उपस्थित राखिदिन हुन बेलायत समुदाय हार्दिक अनुरोध गर्दछ ।

कार्य समितिको दुई तिहाई बहुमतले कार्य समिति र निर्वाचन आयोग भंग भएको हो । नेपालका पुर्व प्रधानमंन्त्री बाबुराम भट्टराईले पहिलो सविधान सभा र पुर्व प्रधानमंन्त्री गिरजा प्रसाद कोइरालाले संसद नै भंग गरेको बैठक कहिले पनि फिर्ता गर्न नसकेको ईतिहास पाईन्छ । एनआरएन बेलायतको कार्य समिति पनि भंग गरिसकेको अब कहिले पनि विउताउन सकिन्दैन मरी सकेका छन् । नयाँ निर्वाचन समिति गठन गरी अगाडी बड्नुको विकल्प देखिन्दैनन् । विघठित अवश्थामा पुर्व निर्वाचन समितिहरुलाई पिर लागिरहेको होला । गिरजा प्रसाद कोइरालाले संसद नै भंग गर्दाहोश वा पुर्व प्रधानमंन्त्री बाबुराम भट्टराईले पहिलो सविधान सभा भंग गर्दाहोश, सांसदहरुले कहिले पिर मानेनन् बरु उनिहरु जनताको आँगनमा गएका थिए ।

विडम्बना बेलायतमा के छ भने अझै पनि बाँदरले लिस्नु समातेर नछोडे जस्तो, निर्वाचन समितिका सदस्यहरुले आफु निर्वाचन समितिका सदस्य नभएको र कार्य समितिको सार्बभौम विघटनको निर्णय नमान्नु कति लज्जास्पद छ र उनिहरु कति पदलिप्त भएका छन् स्पष्ट भएको छ । बेलायत जस्तो प्रजातान्त्रिक र स्वतन्त्र राष्ट्रमा अलेखित सविधान भएको देशमा पुराना नजिरहरु कानुन सरह मान्य हुन्छन् । जहाँ न्यायाधीशले पुरानो निर्णय हेरेर अदालतमा निर्णय गर्छन । विगत दुई बर्ष अगाडी महेन्द्र कडेलले एनआरएन बेलायतको उपाध्यक्षको हैसियतमा विशेष अधिवेशन सभा बोलाईएको नजिरलाई प्रयोग गदै भोली वा पर्सि सम्ममा गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष सुर्य नेम्बाङले विशेष अबिधेशन बोलाउने पक्कापक्की भएको स्रोतले जनाएको छ ।

अहिले सम्मको बक्तव्यहरु हेर्दा नेपाली कांग्रेस,नेपाली जनसम्पर्क समिति बेलायत, तमु समाज युके,मगर संघ युके , किराँत याक्थुम चुमलुङ, किराँत राई यायोक्खा, तामाङ समाज युके, लगायत विभिन्न जातिय संगठन र संघ संस्थाहरुले यो अबिधेशन बहिष्कार गर्ने र यथास्थितीमा निर्वाचन गराईए दुइृ बर्ष सम्मका लागी भाग नलिने बक्तव्य जारी गरिसकेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %