मगर संघ कतारले नव कार्यसमितिको नामावली र विधान नेपाली नियोगमा बुझायो

Read Time:2 Minute, 42 Second

बिजय कुमार मगर

दोहा कतार, ३१ अगस्ट – नेपाल मगर संघ, शाखा कतारले गत २०१५ जुलाई १७ तारीखमा भएको ११ औं महाधिवेशन बाट निर्विरोध निर्वाचित भएको नव कार्यसमितिको अध्यक्ष महेन्द्र थापा मगरको टोलीले नेपाली नियोगमा संघको नव निवार्चित सदस्यहरुको नामावली तथा नेपाल मगर संघ, शाखा कतार को बिधान संशोधित (२०१५) नेपाली राजदुतावासका कार्यवाहक राजदुत मणिरत्न शर्मालाई बुझाएको छ ।

  उक्त पत्र बुझाउने क्रममा नेपाल मगर संघ, शाखा कतारका सल्लाहकार सदस्य रमेश कनौजे मगर, प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर, महासचिव बिजय कुमार मगर, सचिब रबिन थापा मगर, सहकोषअध्यक्ष  केशव घर्ती मगर, महिला सदस्य इशोरा थापा  मगर, सदस्य हिम मगरको उपस्थिति रहेको  थियो ।

अध्यक्ष महेन्द्र थापा मगरले यस नेपाल प्रबासी मगर संघ, दोहा कतार सन् २००० जुन ३० तारिखमा स्थापना भई हाल आएर मार्च १ तारिक २०१५ देखि नेपाल मगर संघ केन्द्रिय समिति, काठमाण्डौं नेपाल बाट बैदेशिक शाखाको मान्यता प्राप्त प्रमाण पत्र प्राप्त गरेको र यस संघको ११औं महाधिवेशन को बन्द शत्रवाट संघको नाम नेपाल मगर संघ, शाखा कतार रहेको जानकारी गराए । साथै यस संस्थाले कतार रहेको हरेक संस्थाहरु संग हातेमालो गरेर अघि बढिरहेको र कतार सरकारको विशेष  कार्यक्रमहरुमा पनि यस संघका कलाकारहरुद्धारा नेपाली संस्कृतिहरु प्रस्तुत गरी सहभागी रहेको जानकारी गराए ।

अन्तमा कार्यवाहक राजदुत मणिरत्न शर्माले नव गठित कार्यसमितिलाई  हार्दिक बधाई  तथा शुभकामना दिंदै प्रवासमा पनि आफ्नो भाषा, लिपि, धर्म, संस्कृति तथा परम्परालाई उजागर गरी अनवरत रुपमा लागिरहनु भएकोमा नेपाली नियोग कतार वाट हुन सक्ने सम्मका कार्यहरुमा हातेमालो गरी अगाढी बढ्ने कुरामा जोड दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %