बेलायतमा मोरङ बयरवन केरौनको पहिलो बाषिक भेटघाट सम्पन्न

Read Time:4 Minute, 21 Second

रोशन मेवाहाङग

  लन्डन १४ भाद्र – लन्डनको आफ्नै फुलबारी मानिने केन्ट स्थित फोक्सट्न, समुन्द्री किनारमा रहेको पर्यटकिय क्षेत्रमा पहिलो पटक जहदा रमाईलोले बार्षिक भेटघाट तथा चिनजान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेका छन् ।

बेलायतबासी मोरङ जिल्लाको बार्षिक रुपमा बर्षगाठ मनाउदै जाने जानकारी समुहका अगुवा घनश्याम लिङथेपले जानकारी गराए । नेपाली भेषभुषामा सज्जित सहभागीको ताँती हेर्दा र गाउँको ठेट संगित सुनिरहदा आफ्नै गाउँघरमा पुगेको जिल्ला निवासी धर्मराज राईले बताए । कार्यक्रम कस्तो मान्नु भयो भन्ने प्रश्नमा सुनिता लङथेपले साप्ताहिक पत्रिका जनताको आवाजलाई भने केरौन बयरवन समाज युकेले अब हरेक बर्ष आयोजना गर्ने र विशिष्ट जमघट बनाउने उनिले बताईन , गाँउघरको याद मेटाउन सकिने र गाँउघरको सम सामयिक घटनाहरु गाउँलेहरु माँझ राख्ने अवशरहरु मिल्न सक्ने अभिव्यक्ती समेत राखेका थिईन ।

  कार्यक्रमको प्रारम्भमा स्वास्थ तथा सुरक्षाको जानकारी कार्यक्रम संयोजक ईन्द्र सुव्वाले गराएका थिए । उपस्थित गाउँका पुर्व प्रधान पँन्च डिल्लीसेर राईले स्वागत मन्तव्य राख्दै वार्षिक भेटघाट कार्यक्रमलाई औपचारिकरुपमा थालनी गरी दिनु भएको थियो । उक्त भेलामा ज्वाइचेलाहरुलाई विशेष अथितिजनहरुको आगमनले भेटघाट कार्यकम  गरिमामय भएको उल्लेख गदै सम्पूर्ण उपस्थित गाउँबासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए ।

  कार्यक्रममा उपस्थित गाउँबासीहरुलाई भेटघाट हुनको महत्व र पहिलो भेटको शुभकामना अर्पण गदै कर्मजित राईले दुर्गम गाउँबाट बेलायत प्रवेश गरेका विभिन्न जाती, वर्ग र धर्ममा आस्था राख्ने सम्पुर्ण जिल्लाबासीहरुको एकमात्र साँझा आँगानको रुपमा विकसित भएको सामाजिक संस्थाले हरेक बर्ष बार्षिक कार्यक्रम गदै जाने प्रतिबदता दिएका थिए । आफु गोर्खाली हुनुमा गर्व गदै उनले भने हाम्रो राष्ट्रले ठुलो अपेक्षा राखेको छ । हामी वीर गोर्खालीहरुको विरासतलाई थाम्न हामी सधै आ–आफ्नो इमान्दारीता पूर्वक निष्ठावान रुपमा अगाडी लागियो भने कहिले पछाडी फर्किएर संझनु पर्ने अवस्था नआउने जिकिर समेत गरे । श्री सिंङ प्राथमिक विद्यालयका पुर्व उत्कृठ विद्यार्थी गिता जिमी र च्यानल पत्रकार सन्तोष गुरुङ समेत कार्यक्रममा सरिक रहेकी थिईन भने

पहिलो भेटघाटको निर्देशक कर्मजित राईले हरेक वर्ष गाँउको संम्झना आउने एकदमै मनोरन्जनात्मक प्रतियोगिता “म पनि जाने केरौन बयरबन तोङबा र माछा खान” उपस्थित माँझ प्रतिस्पर्धा गराउने बताएका छन् । प्रतियोगिता अत्यन्तै चाखलान्दो र मनोरन्जनात्मक रुपमा गाउँबासीहरु माझ संन्चालन गर्ने जानकारी गराउदै उनले भने विजयी प्रतियोगिहरुलाई गाउकै याद आउने कोदोको तोङबा र सिसाङ खोलाको माछा खानाको लागि आफ्नै गाउँ कानेपोखरी पुग्ने पुरस्कार वितरण गर्ने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %