सरकार !टिकापुर गएर थारुलाई गोली होइन अधिकार देउ !

Read Time:6 Minute, 59 Second

त्रिलोक सिंह थापा मगर

आदिवासी भूमिपुत्र थारु जनजाती तथा गैर थारुहरु एउटै थलोमा सदियौं देखि संगै मिलेर बसेका थिए ।

अचानक किन टिकापुरमा त्रासदी भयो । सबै नेपालीहरु मर्माहत भए । इतिहासले भन्छ विगतमा केहि सामन्ती पहाडीहरुले जनजातिको विभेद, शोषण एवं दमन गर्दै आएका थिए । त्यस पछि वि.सं. २०५१/०५२ सालमा माओवादीहरुले भोला–भाला सोझा अदिवासी थारु समुदायका युवाहरुलाई निरन्तर प्रशिक्षण एवं अनुशिक्षण दिएर जागरुक तथा चेतनशील बनाईदिए र आफ्नो मौलिक हक अधिकार प्रति सचेत गराए । यसै सन्दर्भमा सदियौं देखि शोषित उत्पीडित भूमिपुत्र थारु जातिले सरकार संग आफ्नो जायज माग माग्दै आएका थिए । तर सरकारले उनीहरुको मुद्दाहरुको बेवास्ता गरे । साथै उनीहरु प्रति कुनै सहानुभुती सम्म पनि दर्शाएन । केहि शिर्षस्थ नेताहरुले थारु जनजाति प्रति आक्रोश पोखेको पनि थाहा पाइयो ।

पहिले थारुहरुले “एक मधेश एक प्रदेश”को घोर विरोध गरे । जब सरकारले थारुहरुको जायज मुद्दाहरुमा पनि ध्यान दिएन, अनि उनीहरु मधेशी नेताहरु संग मिल्न गए । यो उनिहरुको बाध्यता हुन गयो । यसरी मधेशी नेताहरुको कुटनितिक सफलता हुन गयो ।

राज्य सत्तामा रहने शासकहरुले आफ्नो अभिमानलाई त्याग गरेर टिकापुर जाउँ । कुरा मिलाउं, जनता पर्खिरहेछ ।

टिकापुरको दुःखद घटना पछि त्यहाँ एक्कासी नेपाली सेनाको परिचालन भयो । यो सरकारको त्रुटिपूर्ण निर्णय थियो । नेपाली सेना त एउटा ब्रम्ह–अस्त्र हो जसको प्रयोग केहि नलागेर अन्तिम समयमा हुन्छ । केहि गरि नेपाली सेनालाई दिइएको काममा उनिहरु सफल हुन सकेनन् भने त्यसको अर्को विकल्प के हो ? एउटा गम्भिर प्रश्न छ । सरकारले किन त्यहाँ ससस्त्र प्रहरीको संख्या बढाउने प्रयास गरेन? विभिन्न शान्त जिल्लाहरुमा रहेका ससस्त्र प्रहरीहरुलाई टिकापुर पठाएर स्थानिय प्रहरीलाई मद्दत पु-याउने चाँजोपाजो पनि मिलाइएन । दुर्भाग्यवश टिकापुरमा अत्यन्त अमानवीय घटना घट्न पुग्यो । अब टिकापुर र त्यस क्षेत्रमा स्थायी शान्ति बहाल गर्न, सुरक्षा प्रदान गर्न तथा त्यहाँका विभिन्न समुदायहरु बिच आ–आपसमा सौहार्द र मेलमिलाप गर्न–गराउन अत्यन्त आवश्यक छ

दुभाग्यवश अमानवीय घटना हुन पुग्यो तर अव सरकारले निम्न लिखित उपयाको अवलम्वन गरी टिकापुर तथा त्यस क्षेत्रमा शान्ति स्थापनाको क्रियाकलाप बढाउनु आवश्यक छ ।

(क) उपरोक्त विषयमा विभिन्न राष्ट्रिय राजनितिक दलका कर्मठ कार्यकर्ताहरुलाई संगठित रुपमा परिचालन गर्न गराउन पर्दछ । जसको उद्देश्य आदिवासी थारु तथा गैर थारुहरुको घर दैलोमा पुगि उनिहरुलाई सम्झाउने हुनु पर्दछ । लोकतन्त्रमा आफ्नो हक अधिकार पाउनका लागि आन्दोलन, जुलस, धर्ना आदि सन्चालन गर्न मिल्छ । जनताको यस रचनात्मक सहभागिता बाट लोकतन्त्र वा प्रजातन्त्र झन् परिपक्व, प्रभावकारी तथा गत्यात्मक भएर जान्छ । तर यी कार्यक्रमहरु शान्ति सदभाव र सौहार्द पुर्वक गर्न–गराउन पर्दछ । माहात्मा गान्धिले हिंसात्मक आन्दोलन कहिलै पनि गरेनन् तर उनि विशाल अंग्रेजी साम्राज्यवादी शक्तिलाई भारतको भूमि बाट धपाउन सफल भएका थिए ।

(ख) जनतालाई आश्वस्त पार्न विभिन्न राष्ट्रिय दलका वरिष्ट नेताहरु तथा सम्बन्धित मन्त्रीहरु नै टिकापुरमा तुरुन्त जानु पर्दछ किनभने टिकापुरको समस्याको प्रवृत्ति अलि फरक किसिमको देखिन्छ । त्यहाँ गएको खण्डमा थारु जनजाती तथा गैर थारु जनजाती दुवैलाई यो सम्मानको कुरा हुनेछ । साथै सम्बन्धित सबै पक्ष संग वार्ता, छलफल, विचार विमर्श गरेर संयुक्त रुपमा मुद्दाको निकास निकाली स्थायी शान्ति सदभाव एवं सुरक्षाको अनुभुती त्यहाँका जनमानसमा पुर्याउनु पर्दछ ।  

(ग) आज पनि टिकापुरमा आदिवासी जनजाती थारु तथा गैर थारुहरुको तिव्र इच्छा छ कि उहाँहरु पहिले जस्तै वसौं, फेरि पहाडी र थारु संग संगै सेल रोटी खान पाउँ, लखिया र मारुनी नाच्न पाउँ, ढकिया धोक्रा आदि पहाडी र थारुको विचमा साटासाट गर्न पाउँ, होली फगुवामा दुवै समुहको आ–आपसमा रङ्ग छररर गर्न पाउँ ।

(घ) आदिवासी भूमिपुत्र थारु जनजाती अब पहिले जस्तै अबुझ र निरिह छैनन् । मुलुकको जनसंख्याको दृष्टिले पनि उनीहरुको ठुलो शक्ति छ । अतः राज्य सत्तामा रहने राजनेताहरुले आ–आफ्नो क्षणिक दम्भलाई त्याग गरेर टिकापुर जाउँ । सबै जाती, समुह र उप–समुहहरुलाई आ–आपसमा मिलाउँ । स्थायी शान्ती सुरक्षा कायम गर्न प्रयास गरौं । उनीहरुको जायज मुद्दालाई सबैले हेरेर स्थलमा नै स्थायी समाधान गरौं । यसरी अरु प्रदेशमा उठिरहेका मुद्दालाई निकास दिन बल पुग्नेछ । त्यहाँका सोझा जनता स्वागतका लागि पर्खिरहेका छन् ।

(लेखक:मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ)  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %