रोशन मेवाहाङ्ग
लण्डन ,१३ भाद्र – माष्टर राष्ट्र राई, नेपालको दुर्गम जिल्लाखोटाङ लामाखुका समाजसेवी मुघाधन राईको जेठो छोरा हुन ।
आफ्नो बाबाको व्याबसायिक परिस्थितीको कारणजन्मेको दुई वर्ष मै झापामा बसाई सर्नु परेको थियो । झापामाबसाई सरे पछि राईले प्रवेशिका परिक्षा मोरङ्ग उर्लाबारी स्थित श्री राधिका माध्यमिक बिध्यालयबाट बि.सं. २०३८ सालमा पहिलो श्रेणीमा उतिर्ण गरेकाथिए ।
माष्टर राष्ट्र राई सानो छदै फुर्तिलो स्वभावकाकारण क्याम्पस स्तरको अध्ययनगर्न अगाबैप्रबेशिकाको नतिजा आउननपाउदै सोहि बर्ष बि.सं. २०३८ सालमा ब्रिटिश सेनामाप्रवेश गरे । ब्रिटिश सेनामाभर्ति भएलगत्तै हङ्गकङ्गतालिम केन्दबाटै खेलखुदमा राष्ट्रिय तथाअन्तर्रा्ष्ट्रिय स्तरकापदकहरुप्राप्त गरेकाथिए ।
ब्रिटिश सेनामाआवद्घ रहदा करिब १३ बर्ष शारिरीकतालिम प्रशिक्षकको रुपमा कार्य गर्दै संयुक्त राष्ट्र संघीय अन्तर्रा्ष्ट्रिय शान्ति सेनाको प्रशिक्षकको रुपमा कार्यरत रहंदा तथा फरक राष्ट्रका सुरक्षाकर्मीहरु संगको कार्य अनुभवहरुलाई अन्य क्षेत्रमा समेत सदुपयोग गरेकाथिए ।
२० बर्षे लामो गोर्खा सैनिक सेवामाकार्यरत रहदासार्जन्ट पद सम्मपुग्न सफल भएकाथिए । सैनिक सेवामा रहदा तेक्वान्दो मुख्य प्रशिक्षकको रुपमा तालिम केन्द्रमा कार्यरत रहेको बताए । सेवामा रहदै खेलकुदविषयमा धेरै समय बिताउदा धेरै प्रशिक्षार्थीहरु उत्पादन गर्नुका साथै आफ्नै जीवनमा पनि अनुशासन र नेतृत्वबिकासका पक्षहरुको बारेमाअध्ययन र अनुभवगर्न पाएको खुलासा गरे । सैनिकजिवनमा सेवालाई मात्रमध्यनजर गदै खेलकुद विषयको अध्यायनमा लागेका राईले बेलायतमा खेलकुद विषयमा स्नातक सम्मको अध्यायन गरिसकेका थिए । सेनामा रहदा मास्टर राईले बिभिन्नमुलुकहरुको भ्रमण गर्न पाएको बताए । जसमा हङ्गकङ्ग, ब्रुनाई, बेलिज, सियरालियोन, कोसोभो, साईप्रर्श, जर्मनी, केन्या, मलेसिया, क्यानाडा, फोकल्याण्ड, सिंगापुर, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलिया लगायत दुई दर्जन भन्दा धरै राष्ट्रहरुमा भ्रमण गरेकोमा खुशीव्यक्त गरे ।
ब्यबसायिक जीवनलाई हेर्ने हो भने सैनिक सेवाबाट बि.सं. २०५८ सालमा अवकाश लिएपश्चात बेलायतमा सगरमाथा तेक्वान्दो स्कुल शुरुवात गरेकाथिए । जसमा बेलायतको विभिन्न शहरहरुमा जम्मा १२ वटा तेक्वान्दो स्कुल संन्चालन गरि रहेका छन् । सगरमाथातेक्वान्दो स्कुलकाम्यानेजिङ्ग डाइरेक्टर , संस्थापक तथा खेलकुद प्रबन्धकको रुपमा कार्य गरिरहेका मास्टर राष्ट्र राईले नेपालमा पनि सगरमाथा तेक्वान्दो स्कुल स्थपना गरेका छन् ।
व्यावसायिक जीवनलाई अगाडी बढाइरहेको र आफ्नो व्यक्तिगत प्रगतिसंगै जन्मभूमि प्रतिपनि आफ्नो उत्तरदायित्व भएको कुरालाई महशुस गदै नेपालमा भएका युवाहरुलाई खेलकुद जगतमा केहि सहयोग पुर्याउने प्रतिवद्घता जाहेर गरे ।
एनआरएन बेलायतको स्थापनाकालदेखि नै सदस्य बनि एनआरएन अभियानमा सक्रिय सहभागीबन्दै पाचौं अधिवेशनबाट एनआरएन बेलायतको बरिष्ठ सल्लाकारको रुपमा कार्यरत राईले एनआरएन बेलायतमा आर्थिक पारादर्शिता नभए पछि विवादको विउउम्रिए पछि राईले त्यस्ता पदाधिकारीहरुलाई चेतवानी समेत दिएकाथिए ।
अधिवेशनलाई नजिकबाट नियाल्दा सदस्यता नविकरण तथा नयाँ सदस्यता दर्ता गर्ने क्रममा, समितिको निर्देशन मुताविक सदस्यता फारमहरु भुक्तानीका साथ तोकिएको मिती भित्रहुलाकमार्फत पठाईएकाफारमहरु नै हराउने र रद्ध गरिने जस्ता षढयन्त्रकारी क्रियाकलापहरुले बेलायत समुदायलाई आक्रोसित तुल्याएको राईले जानकारी गराए ।
आयोगले तोकेको मिती भित्र एनआरएनको खातामा शुल्कभुक्तानी गरी पठाईएको फारमहरु करिब १८ सय रद्ध गरिएकोमा मगर संघ बेलायतले असहमतिपत्र पठाउनुका साथै विभिन्न जातिय संस्थाहरु र नेपालीयुवा समुहले आगमी छैटौं अबिधेशनलाई स्थगितगर्ने निर्णय गरेका छन् ।
लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल टिभीले गैर आवासीय नेपाली संघ एनआरएन बेलायतको उम्मेदवारहरु विच सार्वजनिक खुल्ला बहसको आयोजना गरेको कार्यक्रममा प्रत्याशी उम्मेदवारहरुले आ–आफ्नो प्रतिबधता,उम्मेदवार हुनको कारण र आफनो योजनाहरु ब्यक्तगर्ने क्रममा उपाध्यक्षको प्रत्याशी मास्टर राईले आर्थिक हिनामिना गर्ने भष्टचारी पदाधिकारीहरुलाई आफु निर्वाचनमा सफलभएमा समाजको अगाडी दोषीहरुलाई दाखिला गराउने र कानुनको दायरामा पुर्याउने भन्दै समुदायको मन जिती आगमी निर्वाचनमा निश्चित निर्वाचितहुने अवस्था देखेपछि कार्य समिति र निर्वाचन आयोगका केहि अवसरवादीले मास्टर राष्ट्र राईको सदस्यता फारम गायबगरिएको व्यक्त गरे ।
अब विभिन्न संघ संस्थाका पदाधिकारीहरु सँग मिली एनआरएन बेलायतका भष्टचारी पदाधिकारीहरुलाई समाजको अगाडी जुत्ताको मालालगाई दिने र सधै समाजबाट बन्चित गराउने अभिव्यक्तिपोखेकाथिए ।
पवित्र संस्थामा यसरी केहि अवसरवादीहरुको षढयन्त्रको कारण प्रत्याशीउम्मेदवारहरु लगायत धेरै ब्यक्तीहरुको प्रकासित सूचीमा नामावली नभएकोमा विभिन्न संघ संस्थालगायत बेलायत समुदायले नै घोर भर्तसना गदै नयाँ एनआरएन बेलायतको निर्वाचनकार्य समिति र निर्वाचनआयोग स्थापना गर्नु पर्नेआवाश्यकता रहेको आसय ब्यक्तगरेका छन् ।
राईले भने यो पटकको निर्वाचनमा मलाई षडयन्त्रपुर्वक उम्मेदवारीमा लड्न नदिन ठुलो खेल खेलेका छन् र सर्व साधरण सदस्यहरुको फारम फोटो नमिलेको, बैकिङ कारोबार नमिलेको भन्दै सदस्यताफारमको रकम हिनामिना गरिरहेको बताएका छन् ।