प्रमेश तमु
युके,२७ अगस्ट २०१५ – संघिय गणतान्त्रिक जनमुक्ति मंचको अन्तराष्ट्रिय भात्री संगठन विश्व जनमुक्ति मंचको ग्लोबल अनालाइन कन्फ्रेन्स सम्पन भएको छ ।
युकेको समय ७ बजेबाट सुरु भएको उक्त कन्फ्रेन्सकलमा बेलायत, साइप्रक्स, इजराइल, साउदी, कतार, मलेसिया, बहराइन र नेपाल बाट गरि जम्मा १६ जना विभिन्न राजनीति व्यक्तित्व, लेखक, बुद्धिजिबी, पत्रकार र विभिन्न पेसामा संगलग्न पदधिकारिहरुको सहभागिता रहेको थियो ।
बैठक बिस्व जनमुक्ति मंचका पदाधिकारीहरु बिच परिचय र शुभकामना आदान प्रदान , प्रवास समितिलाइ अझ ब्यापक र सम्पर्कमा रहेका सबै देशहरुमा संगठन बिस्तारलाई तीब्रता दिने, लगायत बर्तमान समसामयिक राजनीतिक बिषय र पार्टीले अहिले चलाई रहेको अभियान , भाबि रणनीति र कार्यनीति सम्बन्धमा छलफल केन्द्रित रहेको थियो ।
बैठकको संयोजन जनमुक्ति मंच बेलायत तथा आदिबासी जनजाति महासंघ बेलायतका महासचिब साथै पार्टीका संघिय परिषद सदश्य कर्म सिङ्ग (कर्मा पहाडी) शेर्पाले गरेका थिए भने अध्यक्ष्यता जनमुक्ति मंच बेलायतका अध्यक्ष थर्क रानाले गरेका थिए । यसैगरी अतिथिहरुमा एकिकृत पार्टीको तर्फबाट बरिष्ठ सह अध्यक्ष प्रसुराम तामांग,हुम सुनारी मगर, आदिबासी जनजाती महिला महासंघ बेलायतका अध्यक्ष,पार्टीका संघिय परिषद सदश्य कमला थापा रहेका थिए ।
बैठकलाई सम्बोधन गर्दै संघिय गणतान्त्रिक जनमुक्ति पार्टीका बरिष्ठ सह अध्यक्ष परसुराम तामांगले हिजोको दुइ पार्टीको मान्यतालाई मात्र नटेकी विभिन्न जात जाति,भाषा, धर्म, वर्ग र समुदायलाई समेटेर नया ढंगले यसलाई समायोजन गरि नया सक्ति निर्माण प्रति आफुहरु अगाडी बढिरहेको जानकारी दिए । बिचार मिल्ने सबै दलहरु संग सहकार्य र एकल संघर्षलाई पनि संग संगै लिएर पार्टी अगाडी बढिरहेको बताएका थिए । तामांगले भने नेपालमा प्रमुख ३ प्रमुख समुदायहरु छन्, खस आर्य समुदाय , मधेसी समुदाय, आदिबासी जनजाति समुदाय । यी तिन समुदाय सबै शक्तिलाई एक ठाउमा ल्याएर राजनीतिक गरिएन भने नया सक्ति निर्माण गर्न सकिदैन यदि यी सबै समुदायलाई एक ठाउमा ल्याएर राजनीति गर्न सकियो भने मात्र नया सक्ति निर्माण हुने र यसले भोलि सबै उत्पीडित जाति वर्ग र समुदायको मुक्ति गर्ने बताएका थिए ।
सम्बोधनकै क्रममा तामांगले बरिस्ठ लेखक तथा बुद्धिजिबी हुम सुनारी मगरलाई “संघिय गणतान्त्रिक पार्टी’ मा आबद्ध हुन र जनमुक्ति मंच साउदी अरेबियाको नेतृत्व लिन औपचारिक रुपमा आग्रह गरेका थिए । भने मगर संघ साउदीको अधिबेसनमा भाग लिन जादै गरेका पार्टीका संघिय परिषद सदश्य कमला थापालाई सफल यात्राको कामना र जनमुक्ति मंच साउदि गठनको सुभाकाना दिएका थिए । साउदिबाट बुद्धि जीबी तथा बरिस्ठ लेखक हुम सुनारी मगरले आफु कुनै पार्टीमा अहिले सम्म आबद्ध नभए पनि राट्रिय जनमुक्ति एकता पछिको संघिय गणतान्त्रिक जनमुक्ति पार्टीमा आफ्नो नीतिगत आस्था रहेको तर पार्टीले २५ बर्षे इतिहासमा पनि ठुलो सफलता हात पर्न नसकेको प्रति गुनासो गरेका थिए ।
यसै गरि आफ्नो बिचार राख्ने क्रममा जनमुक्ति मंच साइप्रसका अध्यक्ष रमिला राइ, जनजाति महिला महासघ तथा जनमुक्ति पार्टी संघिय परिषदका सदस्य कमला थापा, जनमुक्ति मंच कतारका राज खम्बु, मलेसियाबाट पदम थापा, बहराइनबाट प्रमेश तमु, संयोजक तथा जनमक्ति मंच बेलायतका महासचिब कर्म “पहाडी” सेर्पा, अध्यक्ष थर्क रानाले आ-आफ्नो बिचार ब्यक्त गरेका थिए ।