सेना परिचालन तुरुन्त रोक !फिर्ता नगरे बिद्रोह बेलायतबाट सुरु हुने चेतावनी
कमान सिङ्ग (कर्मा पहाडी) शेर्पा
नेपाल आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल र महासचिव कमान सिङ (कर्मा पहाडी) शेर्पाले टिकापुर लगायत देशका विभिन्न भागमा गरिएको सेना परिचालन अविलम्ब बन्द गर्नुपर्ने ‘जोडदार’ माग गरेका छन् । चार लाख थारुहरुलाई सरकारले षड्यन्त्र रची आन्दोलनमा उतारेको छन्त्याल र शेर्पाको दाबी छ ।
पहिलो संबिधान सभा बाट पारीत भएको जातीय समुदायको थाक थलो सकभर एउटै प्रदेशमा परेको थियो । त्यसो गर्दा जातीय समुदायको प्रभाब र पहुँच सम्बन्धित प्रदेशमा बढी हुने – जातीय संस्कृत तथा परम्पराको सम्रक्षर्ण हुने सैदान्तिक आधार तयार गरेको थियो ।
यहि द्रिष्टतालाई आधार मानी कैलाली कंचनपुरका थारुले बाँके, बर्दिया, दाङ सहितको जिल्लालाई एउटै प्रदेशमा राखे ,त्यो सैदान्तिक व्यवहाँरमा उतार्न सबै निक्कै कठिन देखियो , उनीहरुले अखण्ड सुधुर पश्चिम लाई ससक्त बनाए । जुन नारालाई केन्द्रिय तहमा हस्तछेप गर्ने पूर्व प्रधान मन्त्रि शेरबहादुर देवा, पूर्व गृहमन्त्रि भिम रवाल, र पूर्व मन्त्रि लेखराज भट्टले नेत्रित्यो प्रदान गरे, यिनै केन्द्रिय नेताको सम्रक्षर्णमा र सहयोगमा ३२/३३ दिन सम्म आम हड्ताल भयो, सरकारले तत्कालको आन्दोलन साम्य पार्न अखण्ड सुदुर पश्चिम पक्षधरलाई अखण्ड सुदुर पश्चिम र थरुवटलाई कैलाली, कन्चंपुरलाई थरुहटमा पर्ने सहमति गरि दिए । तत्कालको समस्या त्यसले त्यो बेला टारे तर दिर्धकालमा समस्या बढाउदै गयो ।
६ प्रदेशको खाकामा कैलाली, कंचनपुरलाई सुदुर पश्चिममै राखेको थारुहरूको असन्तुष्टि छदै थियो ।तर, देश भाद्नन र नेपाली जनता मार्न षड्यन्त्रमा नेपाली कांग्रसका सभासद अम्रेस क्मार सिङ , सद्भभावना पार्टीका अध्यक्ष राजेन्द्र महतले कैलाली टीकापुरमा उत्तेजित भाषन गर्दै शान्त स्वभावका थारुहरुलाई घरायसी हतियार सहित प्रदर्शनमा उतार्ने गैरजिम्मेवारी काम गरे र जसको परिणाम भद्र ७ गते सोमबार २०७२ हुन पुगेको छन्त्याल र शेर्पाले दाबी गर्दै राज्यसत्ता.कम अनलाईन न्यूजलाई बताएका छन ।
त्यस्तै गरि बुटवलमा मधेसी र पहाडी भन्दै सरकारले जनता भित्र समस्या देखाउदै संकटकाल क्षेत्र घोसित गरेको, साथै पूर्व तिर राई, लिम्बुहरु बिचमा पनि कसरी आन्दोलन गराउन सकिन्छ भनि सरकार षड्यन्त्र रच्दै गरेको महासचिब शेर्पाले रेडियो हिमशिखरलाई हिज सांझा ७ बजेको प्रत्यक्ष प्रसारणमा बताएका थिए । भने संयुक्त बिज्ञप्ति जारी गर्दै छन्त्याल र शेर्पाले यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन सरकारले समयमै सचेतना अपनाउन आग्रह गरेका छन् । र शेरबहादुर देउवा, भिम रावाल, अम्लेस कुवर सिङ्ग, लेखराज भट्ट ,राजेन्द्र महतो जस्ता देश भित्र हिङ्सात्मक आन्दोलनका षड्यत्रकारी ब्यक्तिहरुलाई संसदीय समिति बाट हटाउन पर्नेमा, सरकारले आन्दोलन दबाउने बहानामा सरकारले कैलालीको टिकापुरमा सेना परिचालन गरी मानवअधिकारको न्युनत्तम मापदण्ड विपरीत सर्वसाधारण थारुहरुको घरबास खानतलास गरी आगजनी गर्ने, निजी सम्पत्ति लुट्ने तथा नष्ट गर्ने, थारुहरुमाथि दमन र ज्यादती गर्ने चेलीबेटीहरूलाइ बलात्कार पछि मारीदिने तथा सर्वसाधारण थारुहरुलाई पाशविक यातना दिने जस्ता जघन्य आपराधिक कार्य गरिरहेकोमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतले घोर भर्त्सना गरेको छ ।
कैलालीको दुःखद घटनाको मुख्य कारण चार राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थअनुसार बिनाआधार ७ प्रदेशको सीमाकंन गर्नु हो भन्दै भनिएको विज्ञप्तिमा भनिएको छ । ‘उनीहरुका यस्ता गैरसंवैधानिक र गैरराजनीतिक कार्यले आज देशभरिकै आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, खस तथा अन्य उत्पीडित, उपेक्षित जाति, समुदाय र क्षेत्र लिङ्ग आन्दोलित छन् ।
यदि नेपाल सरकार यहि गतिको बाटो अगाडी बढ्न चाहन्छ भने अब आन्दोलन बेलायतबाट सुरु हुने छन्त्याल र शेर्पाले उद्घोस गरेका छन ।
तुल छन्त्याल / कमान सिङ्ग (कर्मा पहाडी) शेर्पा
अध्यक्ष/ महासचिब
नेपाल आदिबासी जनजाति महासंघ बेलायत
१० भदौ ,२०७२ बेलायत