रेडियो फुलबारीमा तोडफोड भएकोमा फोनिजको गम्भीर ध्यानाकर्शण -प्रेस विज्ञप्ती

Read Time:3 Minute, 9 Second

राज्यसत्ता,

कैलाली जिल्लाको टीकापुरमा हिजो भएको दुःखद् घट्नालाई जोडेर आज भदौ ८ गते त्यहाँ सञ्चालित एफ.एम रेडियो तथा पत्रकारहरुमाथि भएको आक्रमणप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गम्भीर ध्यानाकर्शण भएको छ ।

प्राप्त जानकारी अनुसार टीकापुरमा सञ्चालित रेडियो फुलबारीमा तोडफोड गरिएको छ । अखण्ड आन्दोलनका पक्षधरहरुबाट ‘कफ्र्यू लागेकै अवस्थामा’ एफ.एममाथि आक्रमण भएपछि एफ.एमका सञ्चालक रेशम चौधरी र त्यहाँ कार्यरत सञ्चारकर्मी मात्र होइन टीकापुरमा बसेर पत्रकारिता गरिरहेका सम्पूर्ण पत्रकारहरु त्रासमा रहेका छन् ।

आम जनतालाई यथार्तपरक समाचार दिनुपर्ने सञ्चार माध्यममाथि भएको यस्तो घट्ना निन्दनीय छ । फोनिज सञ्चार माध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणको घोर भत्सर्ना गर्दछ ।

सरकारले सुरक्षाको सुनिश्चितता गर्न नसक्दा पत्रकारहरु कार्यक्षेत्रमा गएर समाचार संकलन गर्ने अवस्था छैन । त्यसैले घट्नाको वास्तविक अवस्थाबारे यथार्तपरक समाचारहरु ल्याउन नसक्ने गम्भिर अवस्था सिर्जना भएको छ ।  सरकारी अधिकारीहरुको तर्फबाट आईरहेको समाचार गलत हुनसक्ने हिजोको घट्नामा मृत्यु हुनेहरुको वास्तविक संख्या निक्कै तलमाथि हुनुबाट स्पष्ट भइसकेको छ ।

कैलाली घट्ना ज्यादै संवेदनशील घट्ना हो । त्यसैले यस घट्नाबारेको समाचारहरु संप्रेशन गर्दा नेपालको विविधता, समाजिक सद्भाव र वर्तमान तरल राजनीतिक अवस्थालाई समेत मध्यनजर गर्दै कुनै पनि पक्षलाई भड्काउने र उत्तेजित पार्ने कामबाट सचेत रहन हामी सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चार क्षेत्रसँग सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछौँ ।

फोनिज आन्दोलकर्मी, सरकार तथा सम्बन्धित सबै पक्षलाई छलफल र संवादबाट जारी जटिल अवस्थाको चाँडै अन्त्य गर्न आग्रह गर्दछ । यो संवेदनशील अवस्थामा सञ्चारकर्मीहरुलाई विना अवरोध र निर्धक्क भएर यथार्तपरक समाचार संकलन गर्ने वातावरण तयार पार्न हामी सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौँ । साथै, सरकारसँग एफ.एममा आक्रमण गर्नेहरुमाथि कार्वाही गर्नसमेत जोडदार माग गर्दछौँ ।

……………………….

महासचिव

गजुरधन राई

मिति २०७२ भदौ ८ गते 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %