चन्द्रबहादुर श्रीस मगर
राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना २०४७ सालमा भएको थियो । नेतृत्व स्थिर रहे पनि पार्टीमा धेरै पटक बिभाजन हुन गयो ।
आखिर यस पार्टीबाट बिभाजन भै जानेहरुले जे जस्तो भए पनि आफनै छुट्टै पार्टीको पहिँचान कायम गरेका छन् । जुन समुहगतमा बिभाजन भएकाहरु र ब्यक्तिगत रुपमा अलग हुनेहरुको कुनै लेखाजोखा नै छैन । यस्तै परिस्थिती माझ पनि यस पार्टीको चार वटा महाँधिवेशनहरु सम्पन्न भै सकेको र पाँच वटा राष्ट्रिय रुपको निर्वाचनहरुमा भाग लिई सकेको र शाहीकालको समेत गरी तिन वटा स्थानिय चुनावहरुमा सक्रिय रुपमा सहभागी भै सकेको छ ।
अझै राष्ट्रिय निर्बाचनहरु: २०४८, २०५१, र २०५६ मा कतिपय निर्वाचन क्षेत्रका उम्मेरदारहरुले त तेस्रो, चौथो र पांचौ स्थान सम्म मत प्राप्त गर्न सफल भएका थिए । भने पहिलो र दोस्रो संबिधान सभाको चुनावहरुमा प्रत्यक्ष तर्फ सफलता हात पार्न नसके पनि समानुपातिक तर्फबाट दुई दुई सभासदहरु प्राप्त गर्न सफल भएको थियो । तर दोस्रो सबिधान सभा पश्च्यात पार्टीको सिद्यान्त र नितिगत मत भिन्नता भन्दा पनि नेतृत्वको गलत कार्यशैली संकिर्ण बिचार निरङकुशता आदी थुपै थुपै कारणहरुले गर्दा मा.सभासदद्धय शिबलाल थापा मगर र मा.सिमा कुमारी बि.के लगायत पार्टीका केही क्रिर्यशिल केन्द्रिय सदस्यहरु यस पार्टीमा रही संग संगै बस्न नसक्ने परिस्थितीको सिर्जना भएको महसुस हुँदा उक्त पार्टीबाट अलग भै राष्ट्रिय जनमुक्ती पार्टी (लोकतान्त्रिक) नेपाल गठन गर्न बाध्य हुनु पर्यो ।
तर, यो फुट र बिभाजन यस पार्टी भित्र यो पहिलो भने होईन यस अघि पनि नेतृत्वकै गलत कार्यशैली कै कारणहरुले गर्दा पटक पटक पार्टी फुट र बिभाजनका घटनाहरु दोहोरीईरहेको हो । र एकथरी पार्टी फुटाउँनेहरु गद्दार धोकेवाज फलानोको पैसा खाएर अर्थात आर्थिक चलखेलमा पार्टी बिभाजन गरे आदी इत्यादी बिभिन्न कपोकल्पित आरोप र अफवाहहरु फैलाउँदै ब्यक्तिको चरीत्र हत्या गर्न समेत पछि परेनन् । तर, पार्टी भित्रका इमान्दार र कर्मठ कार्यकर्ताहरुको कहिलै पनि सही मुल्याङ्कन भएन बरु पार्टी भित्र फुट र बिभाजनका श्रृंखलाहरु क्रमिक रुपमा एक पछि अर्को हुँदै दोहोरीई रहँदा पनि पार्टी भित्रका कमी कम्जोरीहरुलाई खोज्नुको सट्टा उही नेतृत्व भक्त बनि नेतृत्व पङतिको वरीपरी झुम्मीरहने गलत प्रवृतिका कारण पार्टीको स्थिती कम्जोर हुँदै गयो भने नेतृत्वलाई त झन कहिलै पनि पश्च्यातापको रापले समेत छुन सकेन ।
यसै सन्दर्भमा पार्टीको निती तथा सिद्यान्तमा मतभिन्नता देखा परेको चाही अवश्य होईन । पार्टीको तेस्रो महाँधिवेशनबाट दुई लाईनको संघर्षको थालनी शुरु भएको हो । तर, पनि चौथो महाअधिवेशन र सबिधान सभाको दोस्रो निर्वाचन सम्म आई पुग्दा कतै नेतृत्वको सुझ बुझ आउँछ कि भन्ने हेतुले पार्टी भित्र संघर्ष चलिरहयो । यो आशा कहा निर जाग्थ्यो भने पार्टीको केन्द्रिय बैठकहरुमा बहुमत द्धारा सकारात्मक निर्णयहरु हुँने गर्दथे । तर, नेतृत्वले जहिले पनि कार्यन्यन गर्ने बेलामा निर्णयहरुलाई लत्याउँने र आफ्नो मनोमानी ढँले काम गर्न थाले पछि चौथो महाअधिवेशनमा बिधान संशोधन गरी सामुहिक नेतृत्वको अबधारण अनुसार बिधान पारीत भयो । तर, त्यसलाई पनि नेतृत्वले आपनो खुशी ब्याख्या गर्दै हिडन थाले ।
ऐतिहासिक पहिलो संबिधान सभाको निर्वाचन पछि पार्टीको केन्द्रिय समितिको बैठक २०६५ बैशाख १६ गते देखी महिला प्रशिक्षण केन्द्र जावलाखेलमा शुरु भयो । र यो बैठकले समानुपातिकबाट प्राप्त दुई जना सभासदहरु मनोनयन गर्ने दायित्व पनि बैठकको थियो ।
यसै बैठकमा म तत्कालिन समयको केन्द्रिय सदस्य तथा लुम्बिनी अन्चल इन्चार्जको हैषियतले लिखित रुपमा पार्टी नेतृत्व समक्ष राखेको केही बुदाहरु यहाँ प्रस्तुत गर्दछु ।
१. २०४८ सालको संसदिय निर्वाचन पछि पार्टी फुट र बिभाजनको शुरुवात भयो र पटक पटकको बिभाजनको कारण बिभिन्न राष्ट्रिय निर्वाचनहरु र संबिधान सभाको चुनावहरुमा नराम्रो पराजय बेर्होनु पर्यो ।
२. २०५६ सालको निर्वाचन पछि पार्टी भित्रको एउँटा धार दरबार निकट हुँदै गयो र २०५९ माघ १९ गते पश्च्यात त झन यो स्पष्ट रुपमा खुलेरै देखिन आयो । जसको फलस्वरुप संबिधान सभाको चुनावहरुमा समेत यसले नराम्रो असर पार्यो ।
३. पार्टीको तेस्रो महाअधिवेशनले संघिय गणतन्त्रात्मक बहुजातिय प्रजातन्त्र निती अँगिकार गर्यो । तर, पार्टी नेतृत्व भने पार्टीको निर्णय र निती बिपरीत दरबार निकटका मोर्चाहरुमा सामेल हुदै सिँगो पार्टी पङतीलाई अल्मलाउने र अन्योलताको बातावरणको सिर्जना गराउँदै पार्टीलाई २०६२/०६३ को जनआन्दोलनको बिरोधी खेमामा उभ्याउन पुग्यो ।
४. २०६४ पौष २८ गते नवलपरासीको कावासोती,२०६४ माघ ३ गते धरान सुनसरी,२०६४ माघ २८ गते ललितपुरमा सम्पन्न पार्टी भेला र बैठकहरुमा भएको पार्टीको आधिकारीक निर्णय बिपरीत नेतृत्व गएको कारण पनि निर्वाचनमा पार्टीले सोचे जस्तो मत ल्याउन सकेन ।
५. २०६४ फागुन ३ गते पार्टीको आधिकारीक निर्णय भन्दा बाहिर गई सुर्यबहादुर थापाको जनशक्ति पार्टीको समावेशी मोर्चामा सामेल भइ बिज्ञप्ती जारी गर्नु र २०६४ फाल्गुन १३ गते संबिधान सभाको मनोनयन (उम्मेरदारी) दर्ता नर्गने भनि २०६४ फाल्गुन १२ गते साँझ ८ बजे हतार हतार संबिधान सभाको चुनाव बहिष्कार गर्ने भनि प्रेश बिज्ञप्ती जारी गर्नु र निर्वाचन प्रसार प्रचारको दौरानमा पनि मनगढन्ते तरीकाले यो निर्वाचन हुँदैन भन्दै अवाफह फैलाउँदै हिडदा पनि जब जनताले पार्टीलाई मायाँ गरेर समानुपातिकको तर्फबाट दुई सिट जिताई दिदा भने सभासद पदको लागी मरीहत्ते गरेको पार्टी नेतृत्वको नियत प्रति पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई जानकार भएकै कुरो हो ।
६. पहिलो संबिधान सभाको निवार्चन पश्च्यात पार्टीले पाएको दुई सिटमा पार्टीको अध्यक्ष एम. एस. थापा र महिलाहरुको तर्फबाट छियमा राईलाई सभासद बनाई पठाईएकोमा पार्टीको आबाजहरुलाई संबिधान सभा भित्र शसक्त रुपले बुलन्द गराउँने छ भनि समस्त पार्टीमा नेता कार्यकर्ताहरुले आशा लिएका थिए । तर, यति लामो चार बर्षको कार्यकाल अबधीमा संबिधान सभा बैठकहरुमा एम. एस. थापाले जम्मा तिन पटक मात्रै बोल्न भ्याएको र छियमा राईको हकमा त झन एक पटक पनि नबोली चार बर्षे कार्यकाल सकेको तत्थ्य संबिधान सभाको रेर्कडले जनाउँदछ । तर्सथ सबैले अनुमान लगाउँन सकिन्छ कि हिजोको संबिधान सभामा पार्टीका प्रतिनिधीहरुले पार्टी हितका लागी के कस्ता भुमिका निर्वाह गरेका रहेछन् भन्ने कुरो घाम जस्तै छर्लंग छ ।
दोस्रो संबिधान सभाको निर्वाचन पछि पार्टीले प्राप्त गरेको दुई सभासद सिटमा इच्क्षा भए पनि आफुले कुनै हालतमा सभासद हुन नसक्ने स्थिती देखा परे पछि पार्टी भित्र षडयन्त्रको ताना वाना बुन्न तर्फ लागी राष्ट्रिय भेला तथा संघिय परीषदको बैठकको निर्णय अनुसार अग्रगामी परिबर्तनको दिशामा संबिधानमा संघियता र पहिचानको लागी पार्टी एकिकरण, एकता, गठबन्धन, मोर्चा, कार्यगत एकता गर्दै जाने निर्णय अनुुसार काम गर्दै जाँदा सधै बिरोधमा खडा भै बाधा अडचन गर्ने गराउने काम हुदै गयो ।
शाहीकालमा स्वाच्छ छवी भएकाहरुलाई सरकारमा आमन्त्रण हुदा पार्टीको बैठकबाट अध्यक्ष एम. एस. थापा र महासचिब गोरेबहादुर खपाँगी सहित १२ जनाको नाम शिफारिस गरी राजदरबार पठार्ईएकोमा महासचिब गोरेबहादुर खपाँगी मन्त्री बने पछि अध्यक्ष एम. एस. थापा आफु मन्त्री हुन नपाएको झोंकमा अध्यक्ष पदबाट राजिनामा गरेको समेत हल्ला फैलाएको थियो ।
त्यस बैठकको अर्को महत्वपुर्ण निर्णय यो पनि भएको थियो कि यी शिफारीस भएका १२ जना आगामी दिनहरुमा कुनै पनि लाभको पदमा दाबी गर्न नपाउने भनि निर्णय गरेको थियो । तर, २०६४ सालको संबिधान सभाको बिर्वाचनमा पार्टीले प्राप्त गरेको दुई सभासद सिटमा पार्टी अध्यक्ष एम. एस. थापा आफै सभासद हुनको निम्ती मरीहत्ते गरेको तत्थ्य तत्कालिन केन्द्रिय समितीको बैठकमा उपस्थित सबैलाई ज्ञात छदैछ । अहिले पनि पार्टी भित्र र बाहिर बिभिन्न भ्रमहरु फैलाईराखेका छन् ।
यस भ्रमको भुमरीमा नपरी यर्थाततालाई बुझ्न सजिलो होस भनि सबै पक्षलाई जानकारीको लागी यो लेख प्रस्तुत गरेको हुँ ।
धन्यावाद,
(श्रीस मगर राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)नेपालका महासचिब हुन)
मिती २०७२ भाद्र ९ गते ,
काठमाण्डौ
