थारुवानको चेतवानी (भिडियो सहित)

Read Time:1 Minute, 49 Second

{youtube}https://youtu.be/4aq69j6Md60{/youtube}

काठमाडौं, ८ भदौ – थरुहट/थारुवान संयुक्त संघर्ष समिति तथा कैलालीबाट प्रतिनिधित्व गर्ने सभासद् र नेताहरुले सोमबार टीकापुरमा भएको घट्नाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले सरकारले सुनियोजित ढङ्गले टीकापुर घटना घटाएको आरोप लगाउँदै त्यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने जिकीर गरे ।

सरकारले अहिले पनि कैलालीमा सेनाको उपस्थितिमा हिंसा भड्काउने कार्य गरिरहेको भन्दै उनीहरु तत्काल सेना नहटाए त्यसबाट सृजना हुने सबै किसिमको अवस्थाको सरकार जिम्मेवार हुने चेतावनी दिए ।

कैलाली र कञ्चनपुर छुट्याउन नदिने भन्दै उनीहरुले मंगलबार पनि सुरक्षाकर्मीको सहयोगमा थारुहरुको घर जलाउने, तोडफोड गर्ने, थारुहरुलाई पक्राउ गर्ने सञ्चालित एफ.एम रेडियो फुलबारीमा तोडफोड तथा पत्रकारहरु माथि भएको आक्रमणप्रति कार्य भइरहेको बताए ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक धनिराम चौधरी, सभासद जनक चौधरी, रुक्मणी चौधरी, सुरेन्द्रप्रसाद चौधरी लगायतका कैलालीबाट प्रतिनिधित्व गर्ने सभासद् तथा नेताहरुको सहभागिता रहेको मिडिया एनपीले जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %