कैलालीमा आन्दोलनकारी र प्रहरी बीच आज (मिति २०७२ भदौ ७ गते) भएको हताहति घट्ना प्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
हामी यो अप्रिय घट्नाको कारक र कारण प्रति गम्भीर रुपले चिन्तित छौं । यस्ता घट्नाको पुनरावृत्ति रोकी देशमा शान्ति, सुरक्षा र सद्भावको वातावरण तयार पार्न नेपाल सरकारले तत्काल आफ्नो जिम्मेवारी पुरा गरोस् भन्ने हामी जोड्दार माग गर्दछौं ।
साथै आन्दोलनकारीहरुको मागहरुको उचित सम्बोधन अविलम्ब नगरिए देशमा अझ जटील अवस्था उत्पन्न हुन सक्ने सम्भावनाप्रति पनि हामी सरकारको ध्यानाकर्षण गराउँदछौं ।
………..
एम.एस.थापा
अध्यक्ष