मगर संघ कतारको कला तथा साँस्कृतिक बिभाग गठन

Read Time:5 Minute, 53 Second

रबिन थापा मगर

  दोहा -कतार, २१अगष्ट – नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सँस्कृतिक विभागमा यस संस्थाको पहिलो नियमित बैठक वाट मनोनित केन्द्रिय सदस्य रवि पुलामी मगरलाई संयोजक चयन गरिएको छ ।

मिति २१ अगष्ट २०१५ का दिन उनकै संयोजकत्वमा बसेको बैठकले कला तथा सांस्कृतिक बिभागका अन्य समितिको सदस्यहरु थप गर्ने बैठकमा नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर र केन्द्रिय प्रमुख सल्लाहकार भिम तरामु मगर को विशेष उपस्थितीमा नेपाल मगर संघ शाखा कतार का केन्द्रिय सदस्य रबि पुलामी मगरको संयोजकत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

  जसमा उपसंयोजकः गायत्री पुन मगर, सचिव सोम थापा मगर, कोषाध्यक्षः शुक्र ब. पुलामी मगर, सहकोषाध्यक्ष : मोहन थापा मगर, सदस्यहरुमा पाण्डप थापा मगर, राम थापा मगर, सिता थापा मगर, देबिन पुन मगर, सुदिप पुन मगर, नन्द आले मगर, ईश्वरा थापा मगर, अशोक आले मगर र जिना पुलामी मगर चयन गरिएको थियो । बैकमा यस विभागमा रहनुभएका संपूर्ण कलाकार सदस्यहरु तथा केन्द्रिय तथा एरिया समितिका सदस्यहरु उपस्थित रहनु भएको थियो ।

नयाँ कार्यसमितिलाई निवर्तमान कार्य समितिका उपसंयोजक बिजय कुमार मगरले नयाँ कार्य समितिका संयोजक रबि पुलामी मगरलाई सम्पूर्ण कार्यभार हस्तान्तण गरे ।

यस विभागको नयाँ गठित कार्य समितिले जनक थापा मगर, डि.एन. पाङ्गमी मगर, रमेश कनौजे मगर, बबिन राई (मानार्थ सदस्य) र टेक रसाईली (मानार्थ सदस्य) रहेको  सल्लाहकार समितिको पनि गठन गरेको थियो । यस विभागको संरक्षक नेपाल मगर संघ, शाखा कतार रहेको छ । यस विभागलाई भविष्यमा केन्द्रिय समितिको मातहतमा रहने गरि छुट्टै किसिमले संचालन गर्ने हेतुले केन्द्रिय अध्यक्ष महेन्द्र थापामगरको संयोजकत्वमा जनक थापा मगर र डि.एन. पाङ्गमी मगर सदस्य रहेको कला तथा सांस्कृतिक विभागको प्रारम्भिक निर्देशिका  मस्यौदा समिति – २०१५ पनि गठन गरिएको थियो ।

स्मरण रहोस् यस संस्थाको मातहतमा छुट्टै निर्देशिका तैयार पारेर वेभ साईट तथा नेपाल प्रबासी मगर बचत कोष,कतार सञ्चालन भईरहेको छ ।
नयाँ कार्यसमितिलाई शुभकामना दिने क्रममा नेपाल मगर संघ शाखा कतार का मानार्थ सदस्य बबिन राई, टेक रसाईली, केन्द्रिय समितिको मातहतमा रहेको सनैया ए एरिया समतिका कृष्ण सोराली मगर, सनैया बि. एरिया समितिका सिर्जन थापा मगर, महिला विभाग संयोजक ईश्वरा थापा मगर, वचत कोषका अध्यक्ष केशव राना मगर, केन्द्रिय समितीका सचिव तथा साँस्कृतिक वाङ्ग  रबिन थापा मगर, दितिय उपाध्यक्ष लिलम्बर चिदी मगर, प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर, सल्लाहकार सदस्य डि.एन. पाङ्गमी मगर, जनक थापा मगर, प्रमुख सल्लहार भिम तरामु मगरले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका थिए  ।

नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले विगतका दिनहरुमा यस संस्थालाई मगर तथा गैरमगरहरुले कलाकारिताको क्षेत्रवाट दिनुभएको योगदानको उच्च सम्मान तथा प्रशंसा गर्दै कतारका नेपाली समाजमा हुने हरेक सांस्कृतिक कार्यक्रमहरुमा तथा कतार सरकारको निमन्त्रणामा पनि कतारको विशेष पर्वहरुमा नेपालको कला तथा संस्कृतिहरु कतारका दर्शकहरुको माझ प्रस्तुत दिंदै आएको र मगरहरुको एउटा छुट्टै पहिचान बनाउन सफल रहेको र आगामी दिनहरुमा पनि यस विभागले यस्तै अझ वढि अनुकरणिय कार्यहरु गरि मगरहरुको तथा नेपालको कला तथा संस्कृतिलाई जोगाई राख्नेछ भन्ने आशा लिंदै नयां गठित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

अन्तमा, यस विभागका संयोजक रवि पुलामी मगरवाट संस्थाले जसरी विश्वास गरेर मगरहरुको कला तथा सांस्कृतिलाई जगेर्ना तथा प्रस्तुतिकरण गर्नका लागि जिम्मा दिनु भएको छ ।

उनको संपूर्ण समितिका सदस्यहरुले हदै सम्म राम्रा कार्यहरु गरेर जाने र केन्द्रिय समितिका अन्य सदस्यहरुवाट सर सहयोग सल्लाह सुझावको अपेक्षाको आशावादी गर्दै उपस्थित संपूर्णमा हार्दिक धन्यवाद दिदै बैठकलाई समापन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %