मगर बचत कोष, कतारको कार्यभार हस्तान्तरण

Read Time:2 Minute, 4 Second

रबिन थापा मगर

  दोहा -कतार, २१ अगष्ट – नेपाल मगर संघ, शाखा कतारको मातहातमा रहेको नेपाल प्रबासी मगर बचत कोष,कतारको सम्पूर्ण कार्यभार २१ अगष्ट २०१५ का दिन देखि कोषको तेस्रो साधारण सभा वाट निर्वाचित कार्य समितिलाई हस्तान्तरण गरियो ।

बचतकोषका निवर्तमान अध्यक्ष लिलम्बर चिंदि मगरको अध्यक्षतामा बसेको हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापामगर रहेका थिए । पुरानो कार्यसमितिका अध्यक्ष लिलम्बर चिंदि मगरले नयाँ कार्यसमितिका अध्यक्ष केशव रानामगरलाई नेपाल प्रबासी मगर वचत कोषको कार्यभार हस्तातरण हस्तान्तरण गरे ।

 

तेस्रो साधारण सभा वाट निर्वाचित नयाँ कार्यसमिति यस प्रकारले चुनिएका छन : 

अध्यक्ष : केशब रानामगर (धनकुटा),
 
उपाध्यक्ष : केशब ब. घर्तिमगर (रुपन्देही)

सचिब : विजय कुमार मगर (झापा),

कोषाध्यक्ष : अभिमत पुनमगर (रोल्पा),

सहकोषाध्यक्ष : रबिन मगर (धनकुटा),

सदस्यहरुमा : विवेक पुलामीमगर (काठमाण्डौ),

धुर्ब थापामगर (पाल्पा) चुनिएका छन ।

यस कोषको तेस्रो साधारण सभा गत ३ जुलाई २०१५ का दिन भएको थियो भने यस कोषको अध्यक्ष नेपाल मगर संघ, शाखा कतारको केन्द्रिय कोषाध्यक्ष पदेन अध्यक्ष रहने प्रावधान रहेकोले कोषको कार्यभार हस्तान्तरण को कार्य ढिलाई हुन गएको हो । केन्द्रिय समितिको महाधिवेशन गत १७ जुलाई २०१५ मा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %