बेलायतका एनआरएनलाई आचार संहिता विपरित बाहिर नजान चेतवानी

Read Time:3 Minute, 1 Second

रोशन मेवाहाङ्ग

  लण्डन, ६ भाद्र – गैर आवासीय नेपाली संघ एनआरएन बेलायतले विगत देखि नै अनैतिक र अबैधानिक क्रियाकलाप गदै आईरहेको र यस विषयमा नेपाली युवा समुह युके लगायत बेलायतका विभिन्न सामाजिक संघ संस्थाहरुले उठाईरहेको आवाजलाई वेवास्था गदै आईरहेको अवस्थामा हालै सम्पन्न हुन लागेको छैटौं अधिवेशनको प्रक्रियामा पनि निर्वाचन आयोग र कार्य समितिले सन्तोषजनक कार्य नगरेको प्रस्ट भएको छ ।

कार्य समितिले र निर्वाचन आयोग आफ्नै एकलौटी संस्था जस्तो आफु खुशी र आफ्नो खल्तिको अनुकुलतामा गठन गरिएको बुझिन्छ । निर्वाचन आयोगले पनि कार्य समितिको निर्देशनमा चलिरहेको स्पष्ट भईरहेको छ । छैटौं निर्वाचन आयोगले साधारण जनमासलाई दलदलमा फसाउन गलत फारम र ठेगाना एउटा निरही धोकेवाच प्रेमीकाले धोका दिए जस्तो षढयन्त्रकारी अभियान गरिरहेको खुलस्त भएको छ ।

एनआरएन बेलायत कार्य समिति र निर्वाचन आयोगको मिलोमतोमा आफु खुशी सदस्यहरुको दर्ता संकलन गर्ने, आयोगले तोकेको मिती अनुशार सदस्यताहरुको फारम आईपुग्दा पनि नमिलेको भन्दै रद्ध गर्ने षढयन्त्र, प्रत्याशी उम्मेदवारहरुलाई जानकारी नगराई एनआरएन बेलायतका केहि बोरे पदाधिकारीहरु र खल्तीको उम्मेदवारलाई मात्र समावेश गदै बोरा नै नखोली मेरो सदस्यता यति भनेर कसरी  किटान गर्न सक्छन् ? यस्तै कारणका बादजुद पनि यहाँ ठुलो षढयन्त्र भईरहको स्पष्ट देखिन्छ ।

यसरी आफु खुशी मनपरितन्त्र गर्ने, प्रक्रियालाई नपछ्याई षढयन्त्रकारी ढंगले लाच पचाउदै यस्तो स्वच्छचारी र घृर्णायुक्त व्यावहार समाजको अगाडी दोसल्लाको खोल ओड्दै गर्छन भने अब नेपाली युवा समुह बेलायतले बिभिन्न संघ संस्थाहरु सग समन्वय गरी छैटौं अधिवेशनकै दिन नयाँ समानान्तर एनआरएन बेलायतको स्थापना गर्ने इङल्याण्डको सुदुर पुर्वमा रहेको किङ्स अन्र्तराष्ट्रिय पर्यटकिय क्षेत्रको केन्द्रमा तत्कालै बसेको ४८ घण्टे नेपाली युवा समुह युकेको कोब्रा बैठकले निर्णय गरेको समुहका प्रवत्ता योगेन्द्र राईले जानकारी गराए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %