हराउँदै मगर परम्परा

Read Time:5 Minute, 17 Second

-युव मगर

आजभोलि तन्नेरी जमात बड्दो आधुनिकतासँगै पश्चिमा सँस्कार र फेसनप्रति आकर्षित हुदै गएपछि परम्परागत संस्कार लोपोन्मूख हुदै गएको छ । हुन त यो पंक्तिकार पनि त्यति पूरानो मान्छे होइन दुई चार जोर भोटो मात्र फटालेको काचो ठिटो हुँ। भनौ त एक बीस भइयो भर्खर तथापि पछिल्लो दशक याद छ ।

हिजो करिब दश वर्ष अघिसम्म मेरो घरमा पाहुना बनेर आउनुहुने मेरो निनी फूपू छिटको गुन्यू मखमली चोलि मखमल कै घलेकी,कम्मरमा बाधेको पहेलो पटुकी अनि टिकीस कति राम्रो घाटीमाकण्ठ माला र पोते छपक्कै गहना ढुङ्ग्री माडवारी छापे फूली र बुलाकी लगाएर आउदाकति सुहाउँथ्यो है । उमेर ढल्केर डाँडाँ काटेको भए पनि उहाँलाई हाम्रो हिरन चिटिक्कै सुहाउँथ्यो । सोलिमा पाहुर बोकेर पुसैँले पल्टनबाट ल्याएको लाहुरे रम र कहिले त्यही रमको बोतलमा गाउँघरे आपैmले बनाएको अन्नको रक्सी बारा तरुलको परिकार सालको पातको टपरीमा त कहिलेकाही भरेलाको पातको टपरीमा पोको पारेर मलमलकै पछ्यौरीले सोली ढाकेर ल्याउनुहुन्थ्यो । दशै तिहारमा आउँदाका पाहुर सुँगुरको साप्रो कुनै कुनै बेलामा त त्यस्को गन्ध पनि आउँथ््यो । कहिले बास्ने भाले कोखिलामुनि च्यापेर त कहिले कोर्खामा झुण्ड्याएर आउँदा बाटोमा खेल्दै गरेका हामी निनी आए निनी आए भन्दै डौड्दै घर पुग्थ्यौ । तर त्यस्ता दिन समय ढल्के सँगै फेरिदै गए आज यी सब सुनाउदा सुन्दा कथा जस्तै लाग्छ यो यथार्थ हो ।


यसरी मैले यो बयान गरेको मेरी निनीको गुणगान मात्रै गाएको भने होइन के ल्याउनुहुन्थ्यो के लगाउनुहुन्थ्यो भन्ने सुनाउन खोजेको पनि होइन हिजो हाम्रो सस्कार कस्तो थियो भन्ने कुरा जनाउन मात्रै खाजेको हो । अझ यसो भनौ न अलिकति सम्झना दिलाउन खोजेको हो । आज यस्तो मौलिक सँस्कार देख्न पाइन्न अत्यन्तै दुखको कुरा हो । 

आज भाउजुहरु दिदीहरु बहिनीहरु छोरीहरु वन पिस जिन्स पाइन्ट कुर्तासलवार र यदाकदा आक्कलझुक्कल साडी लगाउनुहुन्छ । पूराना ती पहिरन र सँस्कार आधुनिकता सँगै हराउदै गयो । सोलि ठूम्से ढाकर त झन् कता गयो कता परम्परा र सँस्कार बिर्सनुलाइ हामीआधुनिकता मान्दै गयौँ । आजको हुलिया बयान गर्नु कुनै जरुरी छैन देखेकै र बेहोरेकै त हो नी । पाहूरका कुरा त गर्नै परेन गुन्यू चोलि बिस्तारै बिस्तारै बिस्थापित हुदै गयो ।

 

आज आएर कतिपय बेलाबखत औपचारिक कार्यक्रममा त्यो पनि जाति बिशेषले आयोजना
गर्दा मात्र र खास गरी नाच्दा गाउदा मात्र हाम्रा जातीय पोषाक लगाउन थालिएको छ ।
हुँदा हुँदा आज कसैले मगर ड्रेस लगाएर हिड्यो भने फलानाकी छोरी कहाँ नाच्न हिडी सम्म भन्ने गरेको तितो यथार्थ छ । यसबाट के प्रष्ट हुन्छ भने हाम्रो सँस्कार हाम्रो रितिरिवाज भाषा कला भेषभूषा बिस्तारै विस्तारै सङ्कुचित र विस्थापित हुदै गएको छ । कथित आधुनिकताले बिस्थापन गर्दै लगेको छ । यो अत्यन्तै दुखद कुरा हो यही अवस्था रहिरहने हो भने अब पनि हामी सचेत नहुने हो जागरुक जहुने हो भने संरक्षणमा पहल नगर्ने हो भने निकट भविष्यमा नै हाम्रो स्रस्कार हाम्रो पहिचान अन्तत डाइनोसरस जस्तै लोप भएर जाने छ । भोलिका हाम्रा सन्ततिले देख्न सुन्न समेत पाउने छैनन् । यदि कतै थाहा पाइहाले भने हामीलाइ अथवा तपाईं हाम्रो पुस्तालाई आफ्नो सँस्कार सँस्कृति र पहिचान जोगाई राख्न नसकेकोमा धिक्कार्नेछन् । दोष दिनेछन् । बल्ल त्यतिबेला हामीलाई पछुतो हुनेछ !

तस्विरहरु :-मगर संघ यु के ,सोल्टिमगर ,विभिन्न अन्लाइन बाट साभार 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %