मगरातलाइ टुक्राटुक्रा बनाएकोमा विशाल विरोध प्रर्दशन सम्पन्न ।

Read Time:4 Minute, 37 Second

ज्ञानेन्द्र पुनमगर

फोटो: रक्षा रैका मगर

  काठमाडौ , भाद्र ३ – चार दलको शिर्ष नेताहरुले बदनियतपूर्ण विना आधार प्रस्तावित गरेको ६ प्रदेश जहाँ प्राचिन र ऐतिहासिक मगरात भूमिलाई टुक्राटुक्रा बनाएको र मगरहरुको सघनवस्तीलाई छिन्नभिन्न बनाएको विरोधमा आज मगरात संघर्ष समितिले विरोध प्रर्दशन गरेकोछ । 

  आज भाद्र ३ गते काठमाडौं को बबरमहल बाट विभिन्न  मगर सास्कृतिक झाँकी सहित बृहत र्यालीको आयोजा गरिएको थियो । र्यालिमा मगर सभासद, नेपाल  मगर संघका के. स.,उपत्यका  जिल्ला समिति, भात्री संगठन , आबद्ध  सस्था , राजनीतिक दलका जातीय सस्था लगायत मगर बुद्धिजीवीहरुको उल्लेख्य  उपस्थिति रहेको थियो । बबरमहल बाट सुरु भयको र्याली संविधान सभा  भवन  बानेश्वरमा पुगेर सभामा परिणत भयको थियो ।

काठमाडौको नयाँबानेश्वरमा आयोजित विशाल विरोध प्रर्दशन कार्यक्रममा अतिथि वक्ताहरुले तीन टुक्रामा विभाजन गरिएको ६ प्रदेश कुनैपनि हालतमा स्वीकार्न नसकिने बताउदै मगरहरुको सघन वस्तीरहेको भूमिलाई एउटै प्रदेशमा समेट्न जोडदार माग गरेका छन ।

मगरात लाई एउटै क्षेत्रमा  समाबेस हुनेगरी सिमान्कन नसच्च्याय सम्म आन्दोलन जारी राख्नु पर्ने र अझै स-सक्त आन्दोलनको घोषणा  गर्नुपर्ने सबै बक्ताहरूले धारणा  राखेका थिए ।

विचार व्यक्त गर्ने अतिथिहरुमा आदिवासी जनजाति महासंघ अध्यक्ष नगेन्द्र कुमार कुमाल, एमाले नेता गोकुल घर्तीमगर, पूर्व मन्त्री एमएस थापामगर, पूर्व मन्त्री रिजमान अन्सारी, सभासद शिवलाल थापामगर, नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, राष्ट्रिय आन्दोलनको प्रवक्ता डा.ओम गुरुङ, सभासद यशोदा लामा, एमओवादी नेता लिला थापामगर, वैद्य माओवादी नेता लोकबहादुर थापामगर, नेकपा एकिकृतका नेता रामसिंह श्रीस, जनजाति महासंघका पूर्व महासंचिव परशुराम तामाङ, सामाजिक लोकतान्त्रिका नेतृ बमकुमारी बुढामगर, समाजवादी मगर फोरमको अध्यक्ष हिमाल पुनमगर, मगर विद्यार्थी संघको अध्यक्ष दिपा आलेमगर लगायतका नेताहरु रहेका थिए ।

कार्यक्रम मगरात संघर्ष समितिका संयोजक धनकेशर सूर्यवंशीमगरको अध्यक्षता र नेपाल मगर संघको केन्द्रीय उपाध्यक्ष गंगाबहादुर थापामगरको संञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मगर कलाकारहरुले केही सास्कृतिक प्रस्तुती गरेका थिए । कार्यक्रम बबरमहल देखि नारा जुलुस सहित बानेश्वरमा पुगेर सभामा परिणत भएको यो ।

बास्तबमा आज दिनभरको बर्साको बाबजुद पनि बानेश्वर चोक मगरहरुको कब्जामा थियो ।

आजको बिरोध  सभा बेलुकी  ६ बजे सम्पन्न  भएको थियो । भाद्र ५ गते बस्ने  ने. म. संघ  केन्द्रिय  समितिको पुर्ण बैठकले थप संघर्षको कार्यक्रम घोषणा गर्ने भएको छ ।

यस विरोध प्रर्दशन कार्यक्रम आजै पाल्पा, रोल्पा, रुपन्देही, बाग्लुङ, रुकुम, सल्यान, प्यूठान, म्याग्दी लगायतका जिल्लाहरुमा पनि नेपाल मगर संघको आयोजनामा सम्पन्न गरिएको थियो । कार्यक्रमहरुमा मगर तथा गैरमगरहरुको उत्साह जनक सहभागिता रहेको नेपाल मगर संघ, केन्द्रीय समितिका सचिव ज्ञानेन्द्र पुनमगरले कार्यक्रम स्थल बाट जानाकारी दिए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %