मनोज घर्तीमगर
कास्की लुम्लेको माझ गाउँलाई चिनाउन एकैसाथ डकुमेन्ट्री र म्युजीक भिडीयो बनाइएको छ ।
माझ गाउँको पर्यटकीय स्थल र गुरुङ संस्कृतीलाई भिडियोमा समेटीएको छ । कृष्णकुमार गुरुङले निर्देशन गरेको डकुमेन्ट्रीलाई भुपालकुमार गुरुङ र सन्तोष कोन्मेले खिचेका हुन् । सँगसँगै भकारी एडभर्टाइज कम्पनीले बनाएको म्युजिक भिडीयोमा पनि बिशेषत गाउँकै गुरुङ संस्कृती र त्यहाँबाट देखिने दृश्यहरुलाइ झल्काउन खोजीएको छ । माझगाउँ रमाइलो बोलको गीतमा माया गुरुङको स्वर भरेकी छिन् भने कृष्णकुमार गुरुङको शब्द छ ।
रोश्नी गुरुङ कोरीयोग्राफी अमन गुरुङले सहकोरीयोग्राफी गरेको भिडियोमा मोडल सुस्मिता गुरुङ मुख्य भुमिकामा देखिएकी छिन् । मिनु गुरुङको व्यस्थापनमा बनेको भिडीयोमा राजु वाइबाले मेकअप गरेका छन् ।
करिब साढे २ लाखको लगानीमा बनेको भिडीयोलाई जगन गुरुङ र सुर्य गुरुङले निर्माण गरेका हुन् ।
तस्वीर : भुपाल कुमार गुरुङ