आईतबार, अगस्त १६, २०१५
संयुक्त राज्य अमेरिका भरि छरिएर बसोबास गरिरहेका मगरहरू बिच एक आपसमा समन्वय र सदभाव कायम राख्दै सुख-दुस्खमा सर-सहयोग आदान प्रदान अभिब्रिद्धी गरि भाषा, संस्कृति र रिति-रिवाजको संरक्षण सम्बर्दन तथा मगरहरूको सामाजिक, सांस्कृतिक र शैक्षिक बिकासको लागी पहल गर्न मार्च -२८ , २००४ मा अमेरिकाको न्युयोर्क शहरमा स्थापना भएको सस्था मगर संघ अमेरिका (तत्कालिन लाङघाली परिवार यु. एस. ए.) को छैटौ राष्ट्रिय महाधिबेशन मेरिलैंड राज्यको बाल्टिमोर शहरमा यहि आईतबार, अगष्ट १६, २०१५ का दिन भब्य रुपमा सम्पन्न भयो ।
उक्त अधिवेसनमा संस्थाको बिधान संसोधन गरि संसोधित बिधान अनुसार न्युजर्सीको रुद्र आले मगरको अध्यक्षतामा मगर संघ अमेरिकाको २०१५ देखि २०१७ का लागी निम्न कार्यकारी समिति सर्ब सहमतिमा चयन गरियो । बाकी कार्य सामितिका सदस्यहरु, सम्पूर्ण राज्यप्रतिनिधिहरु साथै बीभिन्न बिभागका साम्योजक तथा सदस्य र संस्थाको सल्लाहकारहरु यस नयाँ कार्य समितीको पहिलो बैठक बाट मनोनयन गरि पुर्णता दिलाईने छ ।
निर्बाचित कार्यसमिती २०१५ – २०१७
अध्यक्ष – रुद्र आले मगर
उपाध्यक्ष – बखन थापा मगर
उपाध्यक्ष – लक्ष्मी राना मगर
उपाध्यक्ष – आशा पुन मगर
उपाध्यक्ष – कुमार खाम्चा मगर
महासचिब – मान बहादुर रानामगर
सह-सचिब – नरेन्द्र थापा मगर
सह-सचिब – दिपक राना मगर
कोषाध्यक्ष – अनिता थापा मगर
सह-कोषाध्यक्ष – प्रविन रानामगर
सह-कोषाध्यक्ष – रुकु राना मगर
सदस्यहरु:
अम्बर मगर
बिष्णु रानामगर
केशब थापा मगर
कुलदिप राना मगर
निर्बाचन समितिका सदस्यहरु:
डा. गंगा प्रसाद पुन मगर, संयोजक
सदश्यहरूमा: संगिनी राना मगर र महेन्द्र कुमार थापा मगर थिए ।
मान बादुर राना मगर
महासचिब