यूकेमा नेपाल मगर महिला संघ स्थापना दिवशको कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 48 Second

अनीता राना मगर

बेलायत,१७ अगष्ट – १५ अगष्टका दिन  यूके मगर महिला संघले १८ औ नेपाल मगर महिला स्थापना दिवश मनाएको छ ।

 

१८ बर्ष पहिला समाजसेबी बमकुमारी बुढा मगरको नेतृत्वमा नेपाल मगर महीला संघ स्थापना भएको थियो त्यस महत्वो पूर्ण दिनको सस्मरण गर्दै हरेक बर्ष स्थापना दिवस बेलायतमा पनि  मनाउदै आइरहेका छौ । १८ औ मगर महिला दिवशका सभापति यूके मगर महिला संघकी अध्यक्ष हिमाली राना मगरको  अध्यक्षतामा  स्विन्डनको पार्क साउथ  कमिनिटी हलमा सु सम्पन्न भयो । प्रमुख अतिथि नेपाल मगर महिला संघका सस्थापक उपाध्क्ष खुम कुमारी थापा मगर थिए भने बिशेष अतिथिमा मगर संघ uk  का अध्यक्ष दुत पुन मगर थिए । कार्यक्रमको सन्चालन मगर संघ युकेका सास्कृतिक बिभाग सचिब अनिता राना मगरले गरेका थिए ।

बेलायत भरि रहेका हरेक शाखाका महिलाका अध्यक्षहरुको पनि उपस्तिथी थियो  । जस्मा swindon शाखा महिला समितिका इन्दिरा गलामी uhsb  साखाको पदम कुमारी थापा, वेम्ब्ली शाखा बाट सशी थापा सुब्बा थिए भने विभिन्न आदिवासी जनजाती संघ संस्था बाट पनि कार्यक्रममा पाहुनाहरुको  उल्लेख्निय उपस्थिती रहेको थियो । 

हाम्रो निम्तो स्विकार गरि आउनुहुनेमा दुरा समाज बाट गंगा माया दुरा, गुरुङ आमा समूह बाट तेजु गुरुङ, सुनुवार समाज बाट भावाना सुनुवार ,आदिवासी जनजाती महसंघबाट जंग सुनुवार, जनजाती महिला महासंघ बाट जनजाती महिला महासघको अध्यक्ष कमला थापा मगर , छन्तेल समाजबाट छन्द छन्तेल थिए  । 

हाम्रो माझमा मगर महिला संघका सल्लाहकारहरुले आफ्नै तरिकाले सुभकामना मन्तब्य दिएका थिए । मगर महिला संघका सलाहकार गोमा राना anrn का उपाध्यक्ष सान्ति थापा मगर, महिला संघका सोभरा राना, हेमा लक्ष्मी थापा , कानुङ लाङ्घा  सम्पादक मंडलका देवी आले , कास्की महिला संघका भू पू अध्यक्ष  भू माया थापा , ललितपुर मगर महिलाका अध्यक्ष  कुन्ता थापा, मगर संघ उक् का घन थापा ,गोर्खा चेनलका पत्रकार राम कुमार थेबे थिए ।  स्वागत  मन्तव्य छबि पुनले गरेका थिए ।

बेलायतभरि छरिएर बसेका  हाम्रा महिला दिदी बहिनी र दाजु भाइहरू लगायत  बुद्धिजीबी भद्र भलाद्मी ज्यूहरुको  पनि उपस्थित रहेको थियो । टाढा टाढा बाट आएका पाहुनाहरुलाई सास्कृतिक कार्यक्रमको रम झम नाच गानको पनि राम्रो प्रस्तुती थियो । कौडा ,सालैजो ,झाम्रे ,तामांग सेलो र  फिल्मीका विविध प्रकारका गीत संगित बाट मनोरन्जन लिएका थिए । 

साथै उक्त कार्यक्रममा कविता वाचन पनि गरिएको थियो । नानु राना , दुत पुन मगर ,गोमा रानाले  आ-आफ्न मिठा मिठा कविता वाचन गरेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %