एनआरएन बेलायतको उम्मेदवारहरु विच सार्वजनिक बहस

Read Time:2 Minute, 42 Second

रोशन मेवाहाङ्ग

  लण्डन, ३२ साउन – फार्नबरो स्थित सामयुल कोडी स्कुलको हलमा लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल टिभीले गैर आवासीय नेपाली संघ एनआरएन बेलायतको उम्मेदवारहरु विच सार्वजनिक बहसको आयोजना भव्यरुपमा सम्पन्न गरे ।

  एनआरएन बेलायतको आगामी निर्वाचनमा अध्यक्षका प्रत्याशीहरु क्रमश विश्वासदिप तिगेला, योग फगामी र हिराधन राई त्यस्तैगरी उपाध्यक्षका प्रत्याशीहरु मास्टर राष्ट्र राई, कुमारी गुरुङ, र सनत गुरुङ, साथै सचिब पदका उम्मेदवार खुशी लिम्बु पनि उपस्थित रहनु भएको थियो । प्रत्याशी उम्मेदवारहरुले आ–आफ्नो चुनाबी प्रतिवद्घता, उम्मेदवार हुनको कारण र आफनो योजनाहरु व्यक्त गरेका थिए ।

उक्त कार्यक्रम सौहार्द पुर्व वातावरणमा सम्पन्न भएको भन्दै करिब एक सयको हाराहारीमा उपस्थित सर्वसाधारणहरुले चासो पुर्वक आफनो जिज्ञासा उम्मेदवारहरु माँझ राखेका थिए । बहस कार्यक्रमलाई  गोर्खा च्यानल प्रस्तोता विमला सेने र रेडियो राईनोले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रमलाई  ज्यादै उपयोगी र महत्वपुर्ण रहेको सहभागीहरुले बताए ।

  एनआरएन बेलायतभित्र चलखेल गर्ने आफनै झुण्डको पत्रकारहरुले झुटो समाचार छाप्दै बहस कार्यक्रमलाई  बिथोल्न खोजेको नाम नखुलाउने सर्तमा एक उपस्थित सहभागीले खुलासा गदै उनले भने त्यस्ता अनैतिक क्रियाकलाप ,अबैधानिक कार्य र झुटो समाचार सप्रेसन गर्ने एनआरएन बेलायतका पदाधिकारीहरु र पत्रकारलाई कारबाही गर्ने बताए ।  

केहि अवसरवादीहरुको कारणले गर्दा संसारको आँखा अगाडी हामी बेलायतबासीहरुले बैज्जती सहनु परेको दुखेसा पोखे । तिनीहरुलाई समाजबाट लखेटेर लण्डनको थेम्स नदिमा बगाउदै अब बेलायत समुदायमा “ हाम्रोलाई हैन राम्रोलाई ” आगमी १३ सेप्टेम्बर हुने छैटौं अबिधेशनमा आफनो अमुल्य मत दिएर विजय गराउन आग्रह गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %