जनजाति महासंघ बहराईनले २१औँ विश्व आदिवासी दिवस भब्य सम्पन्न गर्यो

Read Time:4 Minute, 54 Second

कृष्ण सारू मगर

  बहराईन, १७ अगष्ट – जनजाति महासंघ बहराईनले २१औँ विश्व आदिवासी दिवस १४ अगष्टका दिन बहराईनको राजधानी मानमा स्थित सेवारो नेपाली रेष्टुरेन्टको सभाहलमा “पँहिचान सहितको संघियता आदिवासी जनजातिको अडान ,समानुपातिक, समावेशी, र धर्म निरपेक्षता सहितको नयाँ संविधान”भन्ने मूलनाराका साथ सम्पन्न गरेको छ ।

सस्थाका अध्यक्ष जयेन्द्र घिसिङ तामांगको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी गमबहादुर गुरुङ थिए । अध्यक्ष र प्रमुख अतिथिले सयुक्त रूपमा शान्तिका द्धिप प्रज्वलन गरि राष्ट्रिय धुन संगै कार्यक्रम उद्धघाटन गरेका थिए ।

कार्यक्रममा प्रवक्ता कुलबहादुर तेयुङ लिम्बुले स्वागत मन्तव्य दिएका थिए भने, कार्यक्रम संचालक महासचिव प्रल्हाद लिङ्देनले गरेका थिए । साथै अतिथिगणहरू लाई ब्याज वितरणमा समाजकी सकृय महिला सदस्य अमृता नाल्बो लिम्वु र परिन्ता थेवेले सह्योग गरेकी थिईन ।

विभिन्न पाँच वटा जातिय संगठनको सहकार्यमा जनजाति महासंघ बहराईनले यो बर्ष विश्व आदिवासी दिवस मनाएको हो । सहकार्य सस्थाहरूमा मगर संघ, तमु समाज, तामाङ सेवा समाज, किराँत याक्थुम चुम्लुङ र किराँत यायोक्खा बहराईन थिए ।

मन्तब्यको क्रममा प्रमुख अतिथि गम गुरुङले विगतमा भए गरेका घट्नाक्रमको समिक्षा गर्दै, बाँकी कमजोर पक्षहरुलाइ केलाउँदै अघि बढे मात्र लक्ष्यमा पुगिने बताएका थिए । अर्का बक्ता काजी थापा मगरले आदिवासी जनजातिहरूको हक अधिकार सुनिश्चित गर्नका लागि जनजाति नेताहरुले जनताकै घरदैलो अभियान गरि न्याय प्राप्तिको लडाई लड्नमा आदिवासी नेतृत्व पङ्तिले अघि बढ्नु पर्ने धारणा राखेका थिए ।

वरिष्ठ पत्रकार नारायण रपालले सिमाङ्कृत, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडा, वर्ग र समुदायहरूको मुद्धा एउटै रहेको बताएका थिए । कोषाध्यक्ष झहर थेवेले साँस्कृतिक तथा राजनैतिक आन्दोलन संगै मुक्तिको अन्तिम लडाईमा एक जुट भएर जातिय विभेद दोस्रो दर्जाको नागरिक बनाएकोमा अन्तराष्ट्रिय मापडण्ड ILO १६९को संयुक्त राष्ट्रसंघीय घोषणा पत्रमा आधारित नभएको अन्याय अत्याचार गरेकोमा र देशलाई छ प्रदेशमा विभाजन गरी रणभूमिमा परिणत गरेकोमा वर्तमान ब्रामणवादी सरकारलाई बाँदरको संज्ञा दिए ।

कार्यक्रममा जनजाती राष्ट्रिय आन्दोलनका युवाफोर्सले स्थलगत भ्रमण गरि बितरण भएको
विभिन्न स्थानको प्राप्त विवरणहरुको प्रतिवेदनलाई सार्वजनिक गर्दै गत २०७२ बैसाख १२ र २९ मा गएको बिनासकारी भुकम्प र पराकम्पन बाट पिडितलाई सह्योग संकलन अभियानका संयोजक ज्ञान ब.तमु र तोयानाथ सम्बाहाम्फेले संयुक्त रूपमा सहयोगी ब्यातित्वहरू लाई विशेष धन्यावाद दिँदै प्रशंसा पत्र प्रदान गरेका थिए ।

सभापति जयेन्द्र घिसिङले आफ्नो मन्तब्यको करममा भने २००७, २०४६, १०वर्षे जनयुद्ध र ०६२/०६३ को १९ दिने दोस्रो जनआन्दोलन मधेशी, जनजाति, थारू, तथा दलित आन्दोलन जस्ता अनेकौं आन्दोलन, युद्धहरुमा आदिवासी समुदायहरुले आफ्नो हक अधिकार सुनिश्चिका लागी रगतको खोला बगाएको स्मरण गराएका थिए । 
साथै ९ अगष्ट १९९४ देखि आदिवासी दिवस मनाउन प्रारम्भ भएको स्मरण गराउदै २१औँ विश्व आदिवासी दिवस कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरू लाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %