सोनाम दोर्जेलामा
युएई ,१५ अगष्ट – नेपाल आदिवासी जनजाति परिषद् युएईले, २१ औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा, विशेष भेटघाट एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
युएईको राजधानी आबुधाबीको कर्नेसपार्कमा गत १४ अगष्ट शुक्रवार, परिषद्का कार्यवाहक अध्यक्ष भिम घिसिंगको सभापति र नेपाली जनप्रगशील मोर्चा युएईका सचिव कृष्ण रेग्मी,त्रिसुली तामांग समाजका अध्यक्ष गङ्गा घले, आदिवासी जनजाति महिला नेत्री मिनु राना मगर, समाजसेवी कृष्ण मगर,हिमालयन वल्ड ट्राभलका मेनेजिंग डारेक्टर अकित श्रेष्ठ,संघिय समाज युएईका उपाध्यक्ष दिपराज न्योहांग लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि,समाजसेवी,भद्रभलादमी,बुद्दिजीवी,पत्रकार समेतको विशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि एवं परिषद्का संस्थापक अध्यक्ष हरि घर्तीमगरले २१ ओटा दिप प्रज्वलनगरी उद्घधाटन गरेको थिए ।
गत बैशाख १२ र त्यसपछि आएको विनासकारी भूकम्पमा मृत्युहुनुहुनेहरु र ज्ञात-अज्ञात सहिदहरुको सम्झनामा १ मिनट मौनधारण पछी, २१ औं विश्व आदिवासी दिवसको उपलक्षमा राखिएको भेटघाट एवं चियापान कार्यक्रमकी संयोजक एवं परिषद्की उपाध्यक्ष चन्द्रा साम्पांग राईले, अधिकांस आदिवासी जनजातिहरुको ऐतिहासिक भूमिमा गएको भूकम्पले पुर्याएको, ठुलो धन-जनाको क्षेतीको कारण विगतमा झैँ यसपाली नाचगानकासाथमा, विश्व आदिवासी दिवस कार्यक्रम नगरिएको बताउदै, आफ्नो शुभकामना मन्तव्यमा राज्यवाट हामीलाई पटक-पटक धोका भएकोले अव आफ्नो अधिकार प्राप्त गर्न आदिवासी जनजातिहरु मन मस्तिष्कवाट जाग्नु पर्ने,सम्पूर्ण आदिवासी जनजातिहरु नजागेसम्म हाम्रा अधिकार प्राप्त नहुने स्पष्ट पारिन् ।
आदिवासी जनजाति एवं मगर महिला नेत्री मिनु राना मगरले राज्यले हामीलाई विभेदमा नै राखी रहन खोजेको र त्यो अव आदिवासी जनजातिहरुलाई सैह्य नहुने बताइन् ।
त्रिसुली तामांग समाजका उपाध्यक्ष हरिमान तामांगले शान्ति पूर्ण आन्दोलनले मात्रै शासकहरुले हाम्रा अधिकार फिर्ता नगर्ने हुँदा बिद्रोह गर्न पर्ने बताए । यसैगरी नेपाल मगर संघकी अध्यक्ष शुशी पुलामी मगरले बाहुनवादी सोचको कारण मुलुक गम्भीर आन्तरिक द्वन्दमा फस्न थालेको, चिन्ता ब्याक्त गर्दै,हुने कुरोलाई नहुने र नहुने कुरालाई हुने गराउने नै बाहुनवाद हो, यिनै कारण बाट नै मुलुक दिन-प्रतिदिन सामाजिक,आर्थीक र राजनैतिक दलदलमा फस्न पुगेको जिकिर गरिन् ।
शुभकामना मन्तव्यको क्रममा आफ्नो विचार राख्दै कार्यक्रममका प्रमुख अतिथि हरि घर्तिमगरले मूलुकमा चलिरहेको मानवधिकार,समानता एवं सामाजिक न्यायको लडाईमा सम्पूर्ण बाहुन एवं क्षेत्री समुदायले पनि मन,वचन र कर्मले सहयोग गरिदिनहुन विशेष आग्रहगर्दै, यदी मूलुक गृहयुद्धमा फसेमा त्यसको सम्पूर्ण जिम्वेवारी, तथाकथित १६ बुँदेसम्झौता गर्ने चार राजनैतिक दलका शिर्ष नेताहरुले लिन पर्ने चेतावनी दिए ।
भेटघाट एवं चियापान कार्यक्रममा आदिवासी जनजातिका परिकारहरु सेलरोटी,अचार चिउरा लगाएतको खानापिनाको राम्रो ब्यबस्था गरिएको थियो । कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति भिम घिसिंगले अगष्ट मैहिनामा हुने अति गर्मीको बाबजुत, आफ्ना जागिरको व्यस्ततालाई पन्छाएर कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि एवं उपस्थित महानुभावहरुलाई धन्यवाद दिएका थिए ।
परिषद्का महासचिव नवराज गुरुंगले चलाएको कार्यक्रमालई, उपाध्यक्ष आकास लामाले स्वागत मन्तव्य दिएका थिए ।