ज्ञानेन्द्र पुनमगर
काठमाडौँ , सावन २७ – मगर अगुवाहरुको बिचमा काठमाडौँमा आज सम्पन्न भएको बैठकले चार दलको ६ प्रदेशले मगरहरुको घना बस्ति भएको भूगोललाई तिन टुक्रामा खण्डित गरेको बिरुद्दमा काठमाडौँको बानेश्वोरमा २०७२ भाद्र ३ गते मगरात संयुक्त संघर्ष समितिबाट “बृहत बिरोध सभा” गर्ने निर्णय भएको छ।
विभिन्न राजनीतिक पार्टी मातहतको मगर संघ/मोर्चाहरुको साझा मंच “मगर संयुक्त मंच, नेपाल” को आयोजना र मगरहरुको साझा सामाजिक छाता सस्था “नेपाल मगर संघ” को व्यवस्थापनमा आज काठमाडौँमा सम्पन्न भएको बिस्तारित बैठकले बिरोध सभा गर्ने निर्णय भएको हो।
संबिधान सभाका मगर सभासदहरु, राजनीतिक पार्टीको मगर नेताहरु र सामाजिक मगर अभियानताहरुको उपस्थितिमा सम्पन्न भएको छ।मगरत भूमि भित्रका जिल्लाहरुमा विरोधका कार्यक्रम आयोजना गर्नका लागि नेपाल मगर संघको संयोजनमा जिल्लामा कृयाशिल राजनैतिक पार्टीहरुको मगर संघ/मोर्चाहरुलाई परिचालन गर्ने निर्णय भएको छ । यस बैठकले तपशिल बमोजिमको निर्णयहरु गरेको छ।
१. श्रावण २८ गते बिरोधको कार्यक्रम सार्वजनिक गर्न प्रत्रकार सम्मेलन गर्ने ।
२. श्रावण २९ गते, ६ प्रदेशको बारेमा मगरातलाइ तिन टुक्रामा खण्डित गरेको संबन्धमा बिरोध पत्र बुझाउने ९शुशिल कोइराला, केपी ओली, प्रचण्ड, बिजय गच्छेदार, बाबुराम भट्टराई, शुभाष नेम्बाङ्ग ।
३. श्रावण २९ गते, मगरहरुको एतिहासिक भूमिहरु (पाल्पा, गुल्मी, रोल्पा, रुकुम, बाग्लुङ्ग, म्याग्दी, अर्घाखाची, नवलपरासी, स्यांग्जा, कास्की, पर्वत, गोर्खा, सल्यान र दांग जिल्ला) हरुको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाइ ६ प्रदेशको बारेमा मगरातलाइ तिन टुक्रामा खण्डित गरेको संबन्धमा बिरोध पत्र बुझाउने।
४. श्रवाण ३० गते बृहत बिरोध सभाको अन्तिम तयारि बैठक बस्ने।
५. भाद्र ३ गते काठमाडौँको बानेश्वोरमा मगरात संयुक्त संघर्ष समितिबाट “बृहत बिरोध सभा” गर्ने ।
६. आदिवासी जनजातीहरु, थारु र दलितहरुको अधिकार मुखी आन्दोलनमा एक्यबद्धता जाहेर गर्दै कार्यगत एकता गर्दै सशक्त कार्यक्रमहरुको आयोजना गर्ने।
संयुक्त मगर मञ्च नेपालको संयोजक डिके सुर्यवंशीमगरको अध्यक्षता, नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरको सहजिकरणमा सम्पन्न भएको बैठकमा विषय प्रवेश मगर नेता लिलाबहादुर थापामगरले, संघर्षको बारेमा नेता वर्षामान पुनमगरलेराखेका थिए ।
कार्यक्रममा नेपाली काग्रेस निकटको राष्ट्रिय मगर संघ, एमाले निकटको लोकतान्त्रिक मगर संघ, एमाओवादी निकटको मगर राष्ट्रिय मोर्चा, वैद्य माओवादी निकटको मगर राष्ट्रिय मोर्चा, संघिय समाजवादी फोरम निकटको संघीय मगर फोरम, राष्ट्रिय जनमुक्ति पार्टी निकटको मगर हाँङ, नेकपा एकिकृत निकटको मगर स्वशासित संघ, सामाजिक लोकतान्त्रिक पार्टी निकटको सामाजिक लोकतान्त्रिक मगर संघ लगाएतको मगर घटकहरुबाट सहभागिता भएको थियो । त्यसैगरि नेपाल मगर संघ र संघ मातहतको भातृसंस्थाहरुबाट पनि उपश्थिति रहेको थियो ।
बैठकले मगरहरुको ऐतिहासिक भूगोललाई कलस्टर मिलाएर अखण्डीत रुपमा एउटै भूमिका रहेको प्रदेश निर्माणका लागि मगरहरुको सबै संघ सस्था, संगठनहरुलाई सघर्षका कार्यक्रमहरु आयोजना गर्न सहभागिता हुन, सबैखाले सहयोग गर्न आ–आफ्नो स्तरमा परिचालित हुन सबै तह र तप्काका समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
जय मगरात ।
(पुनमगर नेपाल मगर संघ केन्द्रीय समितिका सचिब हुन)