टंक सुब्बा
हङकङ ,सन २०१५ अगस्ट ९ तारिख हङकङस्थित जोर्डनको कंघन रेष्टुरेन्टको सभाहलमा गायिका कला चेम्जोङको पहिलो सिडी एल्बम कलाको भब्यताका साथ बिमोचन भएको छ ।
उक्त सिडी एल्बम संगीतकार दिनेश सुब्बा गायिका सरला गुरुङ गायक तथा संगीतकार गणेश पराजुली गायक नागेन्द्र श्रेष्ठ गायिका कला चेम्जोङ र गायक मोहन गुरुङको बाहुलीबाट बिमोचित गरिएको हो ।
कार्यक्रम साहित्यकार टंक सम्बाहाम्फेले स्वागत मन्तब्य दिएका थिए। उनले भने गायिका कला चेम्जोङलाई पहिलो गीत गाउन दिएर गायन क्षेत्रमा अघि बढ्न उत्प्रेरित गरेको हुँ ।किनकी उनको स्वर र गायन कला उत्कृष्ठ छ ।त्यसैगरी गायक निरज राईले कला एल्बम र हङकङको सांगितिक ईतिहास बारे छोटो टिप्पणी गरेका थिए ।
कार्यक्रमका अध्यक्ष दिनेश सुब्बाले यो कला एल्बम निकाल्न आफुले निक्कै ठूलो सहयोग र मेहनत गरेको कुरा बताएका थिए । यसै हप्ता मात्र हङकङमा दुई सिडी एल्बम ज्ञान सुब्बाको तिम्रो प्रतीक्षा र कला चेम्जोङको कला बिमोचन भएकोमा सुब्बाले खुशी ब्यक्त गरेका थिए ।
त्यसैगरी गायिका सरला गुरुङ गायक तथा संगीतकार गणेश पराजुली ,नागेन्द्र श्रेष्ठ र मोहन गुरुङले शुभ कामना मन्तब्य दिएका थिए ।
गायिका कला चेम्जोङले पहिलो सिडी एल्बम निकाल्न सफल भएकोमा खुशी ब्यक्त गरीन । उनले भनिन म सानैदेखी गीतसंगीतमा रमाउथे तर ब्यावहारले गर्दा यता सकिरहेको थिइन ।गुरु दिनेश सुब्बाको चेला भएर निरन्तर ५ बर्षको प्रयासपछी कला सिडी एल्बम निकाल्न सक्षम भए ।
गायक कुशल थलङसंग युगल गाएको गीतमा म्युजिक भिडियो युट्युब मार्फत सार्बजानिक गरिसकेको छु । यहाँसम्म आउनको लागि मेरो परिवारको ठूलो सहयोग छउनले भनिन । त्यसैले विभिन्न क्षेत्रबाट सहयोग गर्नु हुने सबैलाई एकमुष्ट धन्यबाद दिन चाहन्छु ।
हङकङ रहनुहुने गायक गायिका पत्रकार साहित्यकार बुद्धिजिबी र संगीतप्रेमीहरुको उल्लेखनिय उपस्थिती रहेको कार्यक्रमको सन्चालन साहित्यकार रबिन राईले गरेका थिए भने ,कार्यक्रमको अध्यक्षता संगीतकार दिनेश सुब्बाले गरेका थिए ।
कला सिडी एल्बममा छ गीतहरु संग्रहित छ्न भने कार्यक्रमको आयोजना हिमालय टोन्स म्युजिक एकेडेमीले गरेको थियो ।