राज्यसत्ता ब्युरो
काठमाण्डौ , साउन २२ – राज्यसत्ता डट कमका पत्रकार देब पचभैया मगरले निर्माण गरेको ‘नाममा प्रहार नामक’ डकुमेन्ट्री हङकङ्गमा प्रर्दशन हुने भएको छ ।
मगरीभाषामा राखिएका गाउ, ठाउ, टोल , मगर बस्ति र बजारका नाउहरु बिस्तारै परिबर्तन भई हिन्दुकरण गरिएको बिषयमा निर्माण गरिएको डकुमेन्ट्री आईतबार हङकङ्गमा प्रर्दशन हुन लागेको हो ।
हङकङ्गको यूनलोंगमा यो आउने आइतबार पहिलो शो र त्यसपछि काउलुन लगायत अन्य ठाउमा पनि प्रर्दशन गरिने झलक पल्लि मगरले राज्यसत्तालाइ जानकारी दिए ।
मगरी भाषामा नामाकरण भएका स्थान, अहिले हराएका ठाउ र सम्बन्धीत क्षेत्रका बिज्ञहरु संग गरिएको कुराकानीलाई समेटेर निर्माण गरिएको डकुमेन्ट्री झण्डै एक घण्टाको छ ।
आदीबासी जनजाति महासंघ हङकङ्गले बिश्व आदिबासी दिवसको अवसरमा सोमबार मनाउन लागेको बिशेष कार्यक्रममा सहभागी हुन पचभैया संगै राज्यसत्ता साप्ताहिकका पूर्व उप-सम्पादक गंगा खासु मगर पनि हङकङ्ग जादैछन ।उनिहरू आज राती ११ बजे ड्रागन एयरको फ्लाइट बाट हंगकंग जादै छन।
नेपाल मगर संघ हङकङ्गको शनिबार हुने १८ औ बार्षीक उत्सव कार्यक्रममा खाँसुमगर प्रमुख अतिथि र पचभैया बिषेश अतिथीको रुपमा उपस्थित हुनेछन ।