नेपाली महासंघ हङकङको अधिवेशन भांडभैलो गरि सम्पन्न

Read Time:7 Minute, 11 Second

वल्लव रोकाबाट महाधिवेशनको स्थलगत रिपोर्ट   

हङकङ ,५ अगष्ट –  स्थानीय पाकिस्तान  क्लवको सभाकक्षमा भएको ३२ वटा संयुक्त नेपाली संस्थाहरु आबद्द रहेको  ‘हङकङ नेपाली महासंघ’को ९ औं महाधिवेशन तिव्र विवादका वावजुत सम्पन्न भएको छ ।

 

एनआरएनका बर्तमान अध्यक्ष ललित लिम्वूलाई प्रमुख अतिथि बनाइएको स्टेजमा महासंघका सल्लाहकारहरुलाई लहरै राखेर निर्धारित समय दिंउसो २ वजे भनेर ५:३० मा सुरु भएको कार्यक्रममा हेजेन राई, हेम लिम्वू र वसन्त श्रीनेटको तीन सदस्य निर्वाचन मण्डलीले दोस्रो चरण मुख्य विषयमा प्रवेश गरेका थिए ।                  

कोषाध्यक्षको प्रतिवेदन, विधान प्रतिवेदन, नव कार्यसमिति (नपाई) खोजि गरिनु आदिले लामो समय खाएकोले गर्दा मध्य रातको १२:३० मा मात्र सम्पन्न भएको छ थियो ।            

उक्त अधिवेशनमा नेतृत्व चयनमा चुनाव  हुँदा नेपाल क्लवकी अध्यक्ष रिता गुरुङले ३६ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएकीछिन भने उनको प्रतिद्वन्द्वी झापा मञ्चका अध्यक्ष छत्र सुव्वाले १९ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा टंक राना मगर, महासचिवमा मोती चाम्लिङ राइ र सचिवमा सुमन थापा मगर निर्विरोध चयन भएका थिए भने कोषाध्यक्षमा धेरैलाई आव्हान गर्दा पनि कोहि पनि बस्न इन्कार गरेकोले सो पद खाली हुन पुगेको छ ।  

अत्यन्तै अपारदर्सी र हेलचेक्र्याइ किसिमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको आर्थिक हिसावकितावमा गत दुईवर्ष अघिनै महासंघको लागि घर किन्न उठाईएको लाखौ डलर, गतवर्ष सांस्कृत कार्यक्रममा उठाईएको रकम, गत नेपाल भूकम्प पीडितहरुको नाममा चन्दा शुल्क उठाईएको हिसाव नदेखाई,सिंधै हङकङ डलर २ लाख, साडे ८७ हजार घाटा भएको अपत्यारिलो हास्यांसपद देखाईएको थियो ।

विभिन्न संस्थाहरुको अधिकांस प्रतिनिधि  पार्सद र पर्यवेक्षकहरुले  पालै पालो असन्तुस्टिका कुरा उठाउदा पनि संस्थापनवाट नजवाफ वनिएका थिए । पुन निर्वाचन मण्डलीहरुले यसको जवाफ अध्यक्ष प्रदीपले दिनेकी उपाध्यक्ष रिताले दिने ? भनेर माएकिङ गर्दा पनि केहिवेर पछि रिता आएर कुरा अर्कैतिर मोडीदिएपछि झन भांडभैलो र विकराल रुप लिएकोथियो ।

यहाँ रमाईलो कुरा  त यो भयोकी त्यत्रो हलमा खैलावैला हुदांपनि अध्यक्ष प्रदीप थापा चाहिं मौसम विग्रिएको दिनझैं निदाउरो उदास चेहरामा पछाडी कुनामा गएर वसेकाथिए । जुन कृयाकलापलाई उपस्थितहरुले गाईजात्रे प्रहसन नाटकझैं मञ्चन हंस्यौंलीको रुपमा भरपुर रमाईलो मानिरहेका थिए । अन्त्यमा, विकल्पको वाटोमा जाने भनेर आर्थिकको यो गम्भिर विषयलाई १ महिनाभित्र छिनोफानो गर्ने भनेर टंक रानाको संयोजकत्वमा सात सदस्य छानविन समिति चुनिएको थियो ।

कार्यक्रम संचालक मोती चाम्लिङको दोर्याई तिर्याई आसन ग्रहण र भाषण ग्रहण पट्यारलाग्दो भएको उपस्थित पार्षद र पर्यवेक्षकहरुको गुनासो सुनिन्थ्यो । निर्धारण गरि उपस्थितहरुलाई दिउंसोको २ वजेवाट रातको १२:३० सम्म त्यत्रो महाधिवेशन गरिंदापनि चिया नास्ताको व्यवस्था नगरिनु आयोजकहरुको कमजोरी देखिन्थ्यो । त्यस्तै अध्यक्षमा दुईजना र महासचिवमा एकजना आकांक्षी वाहेक अन्य पदमा मान्छे पदपूर्ति गर्नु आयोजक र निर्वाचन मण्डलीलाई वडो मुस्किल हुदैगर्दा धेरै वीच मान्छे हानाथाप खोजी गर्दा-गर्दा उपाध्यक्ष र सचिवमा वस्ने मान्छे अन्तिममा भेटिएको थियो भने कोषाध्यक्षमा डामाडोल र भांडभैलो हिसावले गर्दा वर्तमान अवस्थामा भ्रष्टाचारको वाछिटाले लाग्ने डरले कोहिपनि वस्न नमानेकाले निर्वाचन मण्डली खाली पदको घोषणा गर्न वाध्य भएका थिए ।                

अध्यक्षका उम्मेद्वार  द्वयलाई २,२ मिनेटको वोल्ने समय दिएपछि  रिता गुरुङले “अहिले सम्म महासंघमा छ जना भुपु अध्यक्षहरु सवै पूर्वका थिए, त्यस कारण अव पश्चिमलाई जिताउनोस” भन्दै क्षेत्रिय साम्प्रदायिक कुरा ओकेलिकी थिईन् ।जस्ले गर्दा गुरुङको पक्षमा पश्चिमेली संस्थाहरुवाट सत प्रतिसत मत खसेको थियो ।

अर्का उम्मेद्वार छत्र सुव्वा भोलीपल्टनै अधिवेशन हुदैछ भन्दा अघिल्लो रात मात्र  चुनाव लड्न तम्सिंदै, महासंघ भित्र भएको भ्रष्टाचार र अनियमिततालाई वेलैमा पर्दाफास गर्न नसक्नु, अन्य संस्था त परै जावस पूर्वेलीहरुलाईनै मन जित्न नसक्नु आदि उनको कमजोरीपन देखिन्थ्यो । जस्को परिणाम सुव्वालाई केहि लिम्वूलेनै अन्तरघात गरेर सिकार वनाएका थिए ।           

स्मरणिय छ, महासंघमा आवद्द भैसकेर २ जना भगवान चाम्लिङ र हेजेन राइ महासंघको अध्यक्ष पद खाइसकेर पनि किरात राई यायोख्खा, फियोना,भुपु सैनिक संघ, भोजपुर समाजसेवा, लमजुङ समाज सेवा आदि संस्थाहरुले यस्तै गाईजात्रे प्रविद्विले गर्दा  महासंघ परित्याग गरेका थिए भने अहिले सम्म एनआरएन, हेभेन्लि पथ, च्याम्वर अप कमर्श, आमा समुह, कृयाशिल साहित्यिक संस्थाहरु आदिले महासंघमा आवद्द हुन चाहेकै छैनन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %