माष्टर राष्ट्र राई एनआरएन यूकेको उपाध्यक्षमा प्रत्याशि बन्ने

Read Time:5 Minute, 6 Second

रोशन मेवाहाङ्ग

लण्डन, १८ साउन – सगरमाथाताइकन्दो स्कुलका खेलकुदप्रबन्धक, संस्थापकतथागैर आवासीय नेपाली संघ (एनआरएन)  बेलायतका बरिष्ठ सल्लाहकार माष्टर राष्ट्र राईले एनआरएन बेलायतको आगामी १३ सेप्टेम्बरमा हुने छैटौ अधिवेसनमा उपाध्यक्षपदका लागि उम्मेदवारी दिने घोषणा आईतबार साँझ अल्डरसट स्थित भेटघाट रेष्टुरेन्टमा युवा समुह युकेद्घारा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेकाहुन् ।

एनआरएन बेलायतमा केहि महत्वकांक्षी पदाधिकारीहरुको कारण बर्बादीको संघारतिर लम्किरहेको ,विगतदेखि हुँदै आएको आर्थिक अनियमितताको छानविन गरिनुपर्ने मागगर्दै संस्थालाई पारदर्शी ढंगले सञ्चालनगर्न सम्पूर्ण इच्छुक साधारण सदस्यहरूले हेर्न मिल्ने गरी सम्बन्धित वेव साइटमा आर्थिक हिसाब सार्वजनिकगरिनुपर्ने मागउठाउदै आईरहेको राईलेबताए ।

एनआरएन बेलायतमाबिधि र विधानको कुनै हेक्कानभएको दावीगदै भने,सिमितव्यक्तिहरुको मनोपोलि र आफ्नै खल्तिको पोल्टामा यो संस्था चलिराखेको अबस्था छ । त्यस्ता ब्यक्तिहरुले गर्दा संसारको अगाडी एनआरएन बेलायतले बैज्यती सहनपरेको भन्दै त्यस्ता अनैतिक व्यवहार गर्ने पदाधिकारीहरु र अवसरवादी हरुलाई लण्डनको थेम्स् नदिमाबगाएर ,बिधान सम्मत र विवादरहित चल्ने बनाउनकानिमित यो गरिमामय पदमा उम्मेदवारी दिन बाध्यभएको राईले बताए ।

विधानलाई कुल्चिएर गरिएको कुनै पनि निर्णय बेलायतबासीहरुलाई स्वीकार्य नहुने भन्दै एनआरएन बेलायतको विषेश साधारण सभा बाटै राईले उठाउदै आएको आवाज स्पष्ट छ  । एनआरएन बेलायतमा आर्थिक पारादर्शीता हुननसके पछि यो संस्थाविवादको भुङरो डुबेको थियो ।

आर्थिक अनुसन्धानका उपसंयोजकसम्म रहेका राई भन्छन, गैर आवसिय नेपालीहरुको यो संस्थामाअन्यकारणहरुको अतिरिक्त आर्थिक अनियमिताको कारण एनआरएन बेलायतविवादको दलदलेमा फसेको बताउँछन ।उनले संस्थामाआर्थिक हिनामिनाबारे निष्पक्ष छानविन समिति गठन गरि एनआरएन बेलायतको विबादलाई टुङगो लगाउने प्रतिबद्घताजाहेर गरेकाथिए ।

एनआरएन बेलायत भित्र आर्थिक पारादर्शिता अहिले सम्म हुननसक्दा एकाउण्ट फ्रिजगर्न बाध्यभएको उपसंयोजकराई बताउछन् । एनआरएन बेलायतमा हुने कोठे बैठक,गुट तथा उपगुटबन्दीहरु र आर्थिकमा आँखालाउनेहरुको अन्त्य गरी नेपाली समुदायलाई फुट्नमा हैन जुट्नमा एक हुनु पर्छ भन्ने नेपाली मन र नेपाली सोच राखेर मैले उम्मेदवार हुने निर्णय गरेको हुँ ।

एनआरएन बेलायतको बादविवादलाई अन्त्यगर्न र आफूलाई पनि विभाजित समाजलाई एकतावद्ध बनाउनुपर्छ भन्ने लागेकाले उम्मेदवारी घोषणा गरेको बताए ।

सगरमाथा ताइकन्दो स्कुलकाअध्यक्षमाआवद्ध रहि संस्थालाई विवादरहित तरिकाले चलाएको अनुभवका आधारमा एनआरएन बेलायतकालागि आफू उपयुक्त उम्मेदवार भएको उनले दाबीगदै एनआरएन बेलायतलाई विधि र विधानबुझेको नेतृत्व जरुरी परेको राईले बताए  ।  

आफ्नो प्रमुखएजेन्डा बेलायतमा रहेका युवाहरुको ज्ञान र शिपलाई नेपालमा पुरयाई नेपालका युवाहरुलाई शो ज्ञान र शिपमा समृद्घ बनाई देशलाई ठुलो सहयोग पु¥याउने राईले प्रतिवद्घतादिलाए । यो गरिमामय उपाध्यक्षको पदमा रहेर संगठनलाई सहि मार्गदिशामा हाक्ने ईच्छाशक्ति भएकोले उक्तपदमादाखिला गरेको जानकारी अवगत गराउदै र अमुल्यमतको अपेक्षा राख्दै , हरेक विषयमा  पारदर्शिता र सकारात्मक सोचको प्रत्याभूतीदिलाउन“राष्ट्र राईको उम्मेदवारीता एनआरएन बेलायतको अहिलेको आवाश्यकता”र “एक पल्टको नेपाली सधैको नेपाली”हुन सक्नु पर्छ भन्ने उनले दाबी गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %