बेलायतमा किराँतीहरुले मनाए यलम्बरहाँङ स्मृति दिवस

Read Time:6 Minute, 47 Second

रोशन मेवाहाङ्ग  

लण्डन, १८ साउन – बेलायतको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमी ग्याम्बलस् लेन, रिप्ले अवस्थितमाङखिम (पुजा घर )तथा साकेला स्थलमा किराँतहरुको प्रथम राजा यलम्बरहाँङको सम्झनामा स्मृति दिवस सम्पन्न भएको छ । 

 

यस वर्ष उनीहरुले यलेदोङ (५०७५) यलम्बरहाँङ स्मृति दिवस मनाएका हुन् । किराँतीहरुले सुम्निमा–पारुहाङ्गको तस्विर, र सेउलीको थानमा पुजागर्ने चलनरहेको कार्यक्रमको संयोजक डम्बर राईलेबताए ।

किराँत राई यायोक्खा बेलायतका अध्यक्ष पदमबहादुर राईकोे सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महामहिम जर्मनीका निमित्त पुर्व नेपाली राजदुत तथा त्रिभुवनविश्वविद्यालयका प्राध्यापक डा नवोल किसोर राई,विशेष अतिथिहरु किराँत राई यायोक्खा नेपालको सल्लाहकार तथा पूर्व अध्यक्ष प्राध्यापक श्रीमती सुमाया राई,ईलाम समाज सोसाईटीका अध्यक्ष राजेन्द्र राई,अतितिहरु   सुनुवार सेवा समाज युकेका बरिष्ठ सल्लाकार तथा पुर्व अध्यक्ष जंग सुनुवार,पासा पुछा गुटी युकेको तर्फबाट नेपाल प्रहरीका पुर्व डियसपी सिवजी श्रेष्ठ, एनआरएन बेलायतकाउपाध्यक्ष हिराधन राई, नयाँ सन्देश साप्ताहिक प्रत्रिकाको प्रधान सम्पादक तथा कानुनविद चण्डीराज राई,नेपाली समाचार डटकमका प्रधान सम्पादक विश्वास दिप तिगेला,तमुधी युकेकाअध्यक्ष सुर्य गुरुङ ,यायोक्खा कलाकार संघ अध्यक्ष निर पुमा,लण्डनबाट प्रसारण हुने नेपाली टेलिभिजनका प्रस्तोता विमला सेने र राजेन्द्र भट्ठु,गीतकार ईश्वर चाम्लिङ्ग,गीतकार मुकेश राई,गीतकार हेमकुमार राईलगायत ४ दर्जन भन्दा धेरै बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु तथा साहित्यिक स्रष्टाहरूको बाक्लो उपस्थिती रहेकोथियो ।

  प्रमुख अतिथि लगायत अतिथिहरू र यायोक्खा बेलायतका अध्यक्ष पदमबहादुर राईद्घारा सयुक्त रुपमापानशमा दिपप्रज्जलनगरी नेपाली राष्ट्रिय गानबाट थालनी भएको कार्यक्रमलाई औपचारिक रुपमा यायोक्खा बेलायतका सचिब चन्द्रवती राईले संन्चालन गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा यायोक्खा बेलायतका महासचिब चक्र राईले स्वागत मन्तव्यव्यक्त गदै किराँत राई यायोक्खा बेलायतद्घारा निर्मित यायोक्खा सांस्कृतिक कलाकार संघ बेलायतको पहिलो प्रस्तुती किराँती मिथकमाआधारित गीतिएल्वम आम्लाबुङ (सुनखरी फुल)विमोचन गरिएको थियो ।

एल्वम सुनखरीमाजम्म १० वटा गीतमा किराँतीहरुको एतिहासिक मिथक हराउनलागेको शव्दहरुको संकलन रहेको र अन्य नेपाली बाजाहरुको समिक्षण समेत रहेको यायोक्खा कलाकार संघका महासचिब किसन राईले दाबी गरे ।

  संघको पहिलो एल्बम“सुनखरी”मा समेटिएका गीतहरूले स्रोताहरूको मनजीत्न सफलहुने विश्वास ब्यक्तगर्दै यायोक्खा बेलायतका अध्यक्ष पदम राईले प्रवासमा रहेतापनि गीति लेखन कार्यलाई निरन्तरता दिन अनुरोध गदै सफलताको शुभकामना ब्यक्त गरेकाथिए । “एउटा बन्दुकको गोलीसिपाईहरुको निमित्त जति महत्वपुर्ण हुन्छन, त्यति नै एउटा मानवजिवनमा गीत संगित महत्वपुर्ण हुन्छन जस्ता भावनापोख्दा उपस्थित माहोल नै भाबुक देखिएका थिए ।

गीतिएल्बम सुनखरी भित्र संगीत, बालन्द राई, पारस मुकारुङ,विसी राई, गंगाराज राई र नरेश नाती रहेका छन भने चर्चीत गायिका मेलिना राई, रेवत राई, आभामुकारुङ,पार्वती राई,सुमी राई,प्रकाश प्राण,किसन राई,मिना राई,कृष्णा राई,दिपकचाम्लिङ, सुष्मा राई र आनन्द रानोहोछाको आवाज सुन्न सकिन्छ ।

कार्यक्रमको मध्यतिर यायोक्खा सांस्कृतिक कलाकार संघको प्रस्तुती स्थानिय कलाकारद्घारा गायन,नित्य,कवितावाचन,प्रहसन प्रस्तुत लगतै कार्यक्रमका प्रमुखअतिथि पुर्व राजदुत तथा प्राध्यापक डा नवोल किसोर राईले बेलायतमा रहेका किराँतीहरुको प्रगतीप्रतिको खुशीयाली प्रकट गदै विभिन्न विषयमा उच्चशिक्षा हाशिल गर्ने नवयुवायुवतीहरुलाई प्रगतीको शुभकामना सहित सम्मानपत्र दिदै माङंखिम तथा साकेला स्थल निमार्ण प्रारम्भिक कार्य समितीहरुलाई विशिष्ठ सदस्यताको प्रमाणपत्र,महाभुकम्पको कारण स्वदेशको भयावहस्थितीलाई मध्यनजर गर्दै सहयोग गर्ने यायोक्खा बेलायतको स्वयंसेवकहरुलाई सम्मानपत्र प्रदान गरेकाथिए ।

कार्यक्रममा यलम्बरहाङको सम्झनास्वरुप धनुकाँड प्रतियोगिता गरिएको थियो । धनुकाँडको मट्याङ्ग्रा धरानविजयपुरको जंगलमा खोज्न जाँदाकिराती राजाको भताभुङ्गे दरबार भेटिएको तर किरात समुदायले चासो नदिएको गुनासो उपस्थित अगुवाहरुले गरेकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %